दस्तावेजमा छलफल सुरु
काठमाडौं । आउँदो जेठको अन्तिम साता काठमाडौंमा हुने नेकपा (एमाले)को नवौं महाधिवेशनको आन्तरिक तयारी तीव्र रूपमा सुरु भएको छ । एमालेको महाधिवेशन जेठ २४ देखि ३१ सम्म हुनेछ । महाधिवेशनको तयारीका लागि हिजो बसेको मूल व्यवस्थापन समितिको बैठकले सचिवालय गठन गरेको छ ।
समितिका संयोजक ईश्वर पोखरेलको संयोजकत्वमा गठित सचिवालयका सदस्यहरूमा सबै उपसमितिका संयोजकहरू, उपत्यका, बाग्मती र नारायणी अञ्चलका संयोजकहरू रहने जनाइएको छ । सचिवालयका सदस्यहरूमा सुरक्षा उपसमितिका संयोजक विष्णुप्रसाद पौडेल, जनपरिचालनका संयोजक शंकर पोखरेल, खाद्यका संयोजक मुकुन्द न्यौपाने, आर्थिकका संयोजक सुरेन्द्र पाण्डे, आवासका संयोजक गंगालाल तुलाधर, प्रचारका संयोजक प्रदीप ज्ञवाली, अतिथि सत्कारका संयोजक भीम रावल, स्वास्थ्यका संयोजक योगेश भट्टराई, प्रमाणीकरणका संयोजक युवराज ज्ञवाली, सांस्कृतिकका संयोजक वाचस्पति देवकोटा, मञ्च व्यवस्थापनका संयोजक विष्णु रिमाल, उपत्यकाका संयोजक कृष्णगोपाल श्रेष्ठ, बाग्मतीका संयोजक पशुपति चौलागाईं र नारायणीका संयोजक काशीनाथ अधिकारी छन् । सचिवालयको सचिवमा विष्णु रिमाललाई तोकिएको छ । साथै, समितिको बैठकले महाधिवेशनका सबै दस्तावेज व्यवस्थित राख्नका लागि अभिलेखन उपसमिति र यातायात उपसमिति गठन गर्नुपर्ने निर्णय पनि गरेको छ । यसअघि महाधिवेशनको उद्घाटनका लागि भृकुटीमण्डपस्थित हल तोकिए पनि जेठ २४ सम्म त्यहाँ पुस्तक प्रदर्शनी चल्ने भएको हुँदा स्थान परिवर्तन गरिने बताइएको छ ।
यसैबीच, एमालेको नवौं महाधिवेशनमा प्रस्तुत गरिने तीन वटा दस्तावेजमाथि गएको सोमबारदेखि छलफल सुरु भएको छ । सोमबारको छलफलमा अध्यक्ष झलनाथ खनालले विषयवस्तुमा प्रवेश गराउनुभएपछि उपाध्यक्ष वामदेव गौतम, सचिव शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले भाग लिनुभएको थियो । आजदेखि कुन–कुन विषय समेटेर जाने भन्नेमा दस्तावेजहरूमाथि पुन: छलफल सुरु हुनेछ । अध्यक्ष खनालको संयोजकत्वमा गठिन दस्तावेज मस्यौदा कमिटीले राजनीतिक, सांगठनिक र विधान संशोधन गरी तीनवटा बेग्लाबेग्लै दस्तावेज तयार पार्नेछ । अध्यक्ष खनाल, महासचिव पोखरल र सचिव ज्ञवालीको संयोजकत्वमा तीनवटा कार्यदल बनाएर काम छिटो बनाउनुपर्ने गरी छलफल भइरहेको बताइएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply