प्रहरी स्कुलमा बालुवा हजम
काठमाडौं । नेपाल प्रहरी विद्यालय सामाखुसीमा एकपछि अर्को अनियमितता पर्दाफास भएरहेको बेला फेरी बालुवा हजम भएको समाचार छ । विद्यालय हाताभित्र चमेना गृह बनाउने भन्दै बालुवा आपूर्ती गरेर व्यापक भ्रष्टाचार गरेको स्रोतको दावी छ ।
नेपाल प्रहरीको कल्याण कोष र अभिभावकहरुको चर्को व्ययभारबाट सञ्चालन गरीएको सो स्कुलमा धापासीतिरबाट सित्तैमा बालुवा ल्याएर लग बुकमा खरीद गरीएको देखाइने र कक्ली विलका आधारमा अनियमीतता गर्ने गरेको बताइन्छ ।
लेखापाल ुनील चन्द, समादेशक सन्तोष पन्त र हवल्दार मेजर श्याम श्रेष्ठको मिलेमतोमा त्यसर िबालुवा हजम भएको बताइन्छ । धापासीतिरको खानीबाट प्रहरी लगाएर सित्तैमा साहोरे ल्याएको बालुवा खरीद गरीएको भन्दै नक्कली विल तयार पारीएपछि यसको खुलासा भएको हो ।
पछिल्लो पटक विद्यालय प्रशासनको लापरवाहीका कारण विद्यालयबाट विदार्थीहराउन थालेका छन् । गएको शुक्रवार विदालय भित्रैबाट केजीमा पड्ने पाँच बर्षका आयुस रिमाल हराएपछि हल्लाीखल्ली मच्चीएको थियो । उनका
अविभावक प्रेम रिमालले गृह मन्त्रालको गृह मन्त्रालयसम्मै पहुच भएकाले प्रहरी संयन्त्रलाई तदाकताका साथ परीचालन गरी चार घण्टापछि प्रहरीले बच्चा फेला पारे पनि बच्चामाथी कत्तीको लापरवाही हुन्छ भन्ने कुर यस घटनाबाट पुष्टी हुनछ । सामाखुसीबाट हराएको बच्चा चार घण्टाछि सडक पार गर्दै गर्दा वेवारीसे अवस्थामा फेला परेको थियो । ‘पहुचवालाको बत्ता भएकाले माथीकै पावरले गर्दा छिटो फेला पर्यो, हामी सिपाही हवल्दारको भएको वेपत्ता भएसक्थ्यो’–एक अविचभावकले गुनासो गरे । छुट्टी भइसकेपछि अविभावक लिन नआएसम्म बच्चा नपठनउनु पर्नेमा लापरवाहीसंग छोडीदीएकाले हराएको बताइन्छ । समादेशक पन्त घर विदामा चितवन गएको र निमित्त प्राचार्य ले पनि प्रशासन सञ्चालन गर्न नसकेकाले अहीले शिक्षीकाहरु १५ मिनेट ढिलो कषमा छिरेर २० मिनेछ अभि नै बाहीरीने गरेका छ् । त्यसका साथै हवल्दार मेजर श्रेष्ठले विद्यार्थीमाथी अश्लील शव्द प्रयोग गरी गाली गर्ने गरेको भन्दै आइजी सचीवालयमा उनीमाथी कारवाही चलाउन उजुरी परेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply