वामदेवको नाम बदनाम
काठमाडौं । आफूले ऋण दिएका व्यक्तिहरूसित महँगो ब्याज असुलेर रातारात करोडपति बन्ने महेशबहादुर सिंह केही दिनपहिले प्रहरीको फन्दामा परे पनि अरूका करोडौं डुबाउने त्यस्तै एक जना व्यक्ति भने राजधानीमा खुलेआम हिँडिरहेका छन् । कुनै बेला जुम्लाबाट १५ सय रुपियाँ लिएर काठमाडौं छिरेका गोर्खबहादुर बुढथापा त्यस्ता व्यक्ति हुन्, जो घर, जग्गा र हाउजिङ व्यवसायका नाममा सर्वसाधारणका करोडौं डुबाउने खेलमा अहिले पनि सक्रिय छन् ।
अझ, गृहमन्त्रीमा वामदेव गौतम नियुक्त भएपछि त उनको चुरीफुरी झनै बढेको बताइन्छ । हिजोआज गृहमन्त्री गौतमको नाम बेची आफ्ना कर्तुतहरू ढाकछोप गर्न र अरू व्यक्तिहरूलाई डुबाउनसमेत उनी सक्रिय रहेका छन् । घाटामा गएको जनरल फाइनान्स लिमिटेडका पूर्वसञ्चालकहरू कृष्णप्रसाद श्रेष्ठ, सिद्धी सायमीहरूको मिलेमतोमा आफ्नो धन्दा चलाइरहेका उनले अचेल भन्ने गरेका छन्– ‘अब ढुक्क भएर काम गरे हुन्छ, मैले माथिदेखि तलसम्मै सेटिङ मिलाइसकेको छु ।’
अरूलाई जग्गा दिन्छु भनी बैना थाप्ने गरेका उनले काभ्रेका हरिबोल पराजुलीलाई पनि नराम्ररी फसाएको बुझिएको छ । पराजुलीसित उनले तीन वर्षअघि काठमाडौं, दहचोकको जग्गा दिन्छु भनी १ करोड पाँच लाख रुपियाँ लिएका थिए । तर, पराजुलीलाई पास गरिदिन्छु भनी बैना बुझेको जग्गा उनले जनरल फाइनान्समा राखेर ऋण लिएको पाइएको थियो । उनले दहचोक गाविसको वडा नं. २ (ग)स्थित कित्ता नं. ३३ को १ रोपनी १४ आना १ पैसा र सोही स्थानको कित्ता नम्बर २७७ को १ रोपनी ३ आना २ पैसालगायतका जग्गा पराजुलीलाई दिने सर्तमा कागज गरी पैसा बुझेका थिए । तर, ती जग्गाहरू बुढथापाले जनरल फाइनान्समा राखेको र उक्त फाइनान्सले धितो लिलाम बिक्री गर्ने सूचना जारी गरिसकेको छ । बुढथापाले आफूलाई झुक्याएको रहस्य थाहा पाएपछि पराजुलीले पटक–पटक ताकेता गरेर ५० लाख रुपियाँ असुले पनि अझै ५५ लाख रुपियाँ बाँकी नै रहेको बताइन्छ ।
छट्टु स्वभावका बुढथापाले पराजुलीलाई कागज गरिदिएको जग्गामा डोजर लगाएर सम्याउने अनुमति पनि दिएका थिए । अनुमति पाएपछि पराजुलीले डोजर लगाएर सम्याउँदा १ लाख ६७ हजार ४ सय रुपियाँ खर्च भएको थियो । तर, त्यो पैसा पनि उनले पराजुलीलाई अहिलेसम्म दिएका छैनन् । बुढथापाले पराजुलीजस्तै सयौं व्यक्तिलाई ठगेको बताइन्छ । तर पनि, उनी अहिले आफूलाई गृहमन्त्रीको नजिकको मान्छे भन्दै, गृहमन्त्रीलाई बदनाम तुल्याउँदै हिँडिरहेका छन् । महेशबहादुर सिंहलाई प्रहरीले समाते पनि बुढथापाजस्तालाई नसमातेकोमा उनीद्वारा पीडितहरू छक्क परेका छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply