ईश्वरको लबिङ सुरु
काठमाडौं । नेकपा (एमाले)को आसन्न नवौं महाधिवेशनमा फेरि महासचिवमा उठ्ने गरी वर्तमान महासचिव ईश्वर पोखरेलले आन्तरिक लबिङ तीव्र पारेका छन् । पहिलो चरणमा उनीनिकट केन्द्रीय कमिटीका केही नेता महासचिवमा पोखरेलको नाममा मन्जुरी बटुल्ल स्थायी र पोलिटब्युरोमा रहेका केही नेताको घर–घरमा धाएका छन् ।
पोखरेलको नाममा समर्थन जुटाउने कामको नेतृत्व उनीनिकट मानिने केन्द्रीय सदस्य राजेन्द्र गौतमले गरिरहेको विश्वस्त स्रोतले बतायो । स्रोतका अनुसार पछिल्ला १० दिन यता उनी त्यही एजेन्डा लिएर विभिन्न नेताको घरमा पुगिसकेका छन् । महाधिवेशनको मुखमा वैचारिक बहस सुरु भइरहेको समयमा अहिल्यै पदीय दौडमा उत्रिएर हिँड्नु राम्रो होइन भन्दै गौतमलाई नेताहरूले फर्काउने गरेको बुझिएको छ । अरूको नाममा चाहिँ एउटै व्यक्ति पटक–पटक दोहोरिने कुरा राम्रो होइन भन्दै हिँड्ने तर आफ्नो हकमा त्यही शैली देखाउने भन्दै उनको आलोचना सुरु भएको छ ।
नेताहरूसँगको भेटमा पोखरेलका प्रतिनिधिहरूले घुमाउरो तरिकाले वर्तमान सचिवद्वय विष्णु पौडेल र शंकर पोखरेलको आलोचना गर्ने गरेको पनि स्रोतले बतायो । पोलिटब्युरो सदस्यहरू केशव बडाल, मुकुन्द न्यौपाने, महेन्द्र पाण्डेलगायतका केही नेताहरूको समूहले पार्टीको भावी महासचिवमा शंकरलाई अगाडि सार्ने तयारी गरेको सन्देश पाएपछि ईश्वरले आफ्नो पक्षमा लबिङ तीव्र बनाएको दाबी स्रोतको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply