ईश्वरको लबिङ सुरु
काठमाडौं । नेकपा (एमाले)को आसन्न नवौं महाधिवेशनमा फेरि महासचिवमा उठ्ने गरी वर्तमान महासचिव ईश्वर पोखरेलले आन्तरिक लबिङ तीव्र पारेका छन् । पहिलो चरणमा उनीनिकट केन्द्रीय कमिटीका केही नेता महासचिवमा पोखरेलको नाममा मन्जुरी बटुल्ल स्थायी र पोलिटब्युरोमा रहेका केही नेताको घर–घरमा धाएका छन् ।
पोखरेलको नाममा समर्थन जुटाउने कामको नेतृत्व उनीनिकट मानिने केन्द्रीय सदस्य राजेन्द्र गौतमले गरिरहेको विश्वस्त स्रोतले बतायो । स्रोतका अनुसार पछिल्ला १० दिन यता उनी त्यही एजेन्डा लिएर विभिन्न नेताको घरमा पुगिसकेका छन् । महाधिवेशनको मुखमा वैचारिक बहस सुरु भइरहेको समयमा अहिल्यै पदीय दौडमा उत्रिएर हिँड्नु राम्रो होइन भन्दै गौतमलाई नेताहरूले फर्काउने गरेको बुझिएको छ । अरूको नाममा चाहिँ एउटै व्यक्ति पटक–पटक दोहोरिने कुरा राम्रो होइन भन्दै हिँड्ने तर आफ्नो हकमा त्यही शैली देखाउने भन्दै उनको आलोचना सुरु भएको छ ।
नेताहरूसँगको भेटमा पोखरेलका प्रतिनिधिहरूले घुमाउरो तरिकाले वर्तमान सचिवद्वय विष्णु पौडेल र शंकर पोखरेलको आलोचना गर्ने गरेको पनि स्रोतले बतायो । पोलिटब्युरो सदस्यहरू केशव बडाल, मुकुन्द न्यौपाने, महेन्द्र पाण्डेलगायतका केही नेताहरूको समूहले पार्टीको भावी महासचिवमा शंकरलाई अगाडि सार्ने तयारी गरेको सन्देश पाएपछि ईश्वरले आफ्नो पक्षमा लबिङ तीव्र बनाएको दाबी स्रोतको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply