सुपारी तस्कर हायल–कायल
काँकडभिट्टा । इलाका प्रहरी कार्यालयले भन्सारमा कडाइ गरेपछि सुपारी तस्कर र लत्ता कपडाको अवैध कारोबार गर्नेहरू त्राहीमाम भएका छन् । प्रहरीको कडाइले भन्सार राजस्वमा पनि वृद्धि भएको छ ।
प्रहरीले दिनहुँजसो ठूलो परिणाममा अवैध सामान पक्राउ गरेर भन्सारलाई बुझाउने गरेको छ । यही चैत ११ गते झापाको मेची नगरबाट भारततर्फ लैजाँदै गरेको २ हजार २ सय २० केजी अवैध सुक्खा सुपारी इप्रका काँकडभिट्टाले बरामत गरी भन्सार कार्यालयलाई बुझाएको थियो । उक्त सुपारीको मूल्य २ लाख ४४ हजार २ सय रुपियाँ बराबरको रहेको बताइन्छ । सोही दिन ३ लाख ४ सय ४० रुपियाँ मूल्य बराबरको कपडा पनि बरामत गरिएको इप्रका काँकडभिट्टाले जनाएको छ ।
त्यस्तै, गत शनिबार मात्र लुकाई–छिपाई मेची नगरपालिकबाट भारततर्फ र सोही बाटो हुँदै भारतबाट नेपालतर्फ ल्याइँदै गरेको विभिन्न किसिमका सैम्पु, साबुन, कपडा, जुत्ता, चप्पडल र हार्डवेयरका २ लाख २ हजार सात सय मूल्य बराबरका सामान सोही प्रहरी कार्यालयबाट खटिएको टोलीले बरामत गरी भन्सारलाई बुझाएको थियो । त्यसको केही दिनअघि पनि १६ लाख ५१ हजार मूल्य बराबरको सुक्खा सुपारी र ४ लाख मूल्य बराबरको लत्ताकपडा बरामत गर मेची भन्सारलाई बुझाएको इप्रका काँकडभिट्टाले जनाएको छ ।
काँकडभिट्टा नाकाबाट हुने तस्करी नियन्त्रणमा प्रहरीले सक्रियता बढाएपछि यस क्षेत्रका अवैध धन्दामा संलग्नहरू घायलकायल भएका छन् । सोमबार पनि ज्यामिरगढी गाविसको विभिन्न स्थानबाट लुकाइछिपाइ भारततर्फ र भारतबाट नेपाल लाँदै गरेको ६ हजार १ सय ७५ केजी सुक्खा सुपारी, रासायनिक मल, सुर्ती र एउटा मोटरसाइकल बण्रामद गरी भन्सार कार्यालयलाई बुझाएको छ । बरामद भएको उक्त सामानको मूल्य ८ लाख १० हजार १५० रुपियाँ बराबर भएको इप्रका काँकडभिट्टाले जनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply