बाबुरामको फोनले विप्लव हैरान
काठमाडौं । ‘नयाँ वैचारिक शक्तिको खाँचो’ को नयाँ बहस सुरु गरेर पार्टी नेतृत्व परिर्वनका लागि अध्यक्ष पुष्पकमल दाहालसामु धुर्की लगाउँदै आएका नेता बाबुराम भट्टराईले आफंैसँग फुटेर बनेको नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवसँग हिमचिम बढाउन खोजे पनि सफल भएका छैनन् । बाबुरामले भेट्नका लागि पटक–पटक गरेका आग्रह विप्लवले सुने नसुनेझैं गरी टार्ने गरेका छन् ।
पछिल्लो समयमा यी दुई नेताबीच भेटघाट र कुराकानी बाक्लै हुने गरेको समाचार सार्वजनिक भए पनि त्यसमा कुनै सत्यता नरहेको कुरा विप्लवले आफू निकटस्थहरूसँग बताउने गरेका छन् । विप्लवले निकटस्थहरूसँग आफूलाई बाबुरामले गरेको फोनको कल डिटेल र म्यासेज पनि देखाउने गरेको विश्वस्त स्रोतले बतायो । स्रोतका अनुसार उनले विप्लवलाई बीसौं पटक फोन गरिसकेका छन्, पटक–पटक म्यासेज पठाएर पनि एकपल्ट भेट्न आग्रह गरेका छन् । ‘तर, विप्लवले कहिल्यै हुन्न पनि भनेका छैनन्, भेट पनि दिएका छैनन्’– स्रोतको दाबी छ । विप्लवसँग हिमचिम बढेको समाचार पनि बाबुराम समूहले गोयबल्स शैलीमा प्रचार गरेको बताइन्छ । ‘दाहाललाई गलाउन सकिन्छ कि भनेर उनीहरूले हरेक हत्कण्डा अपनाएका छन्, माओवादीनिकट स्रोतले भन्यो– ‘तर, उनी आफैं कमजोर हुँदै गएका छन् ।’
बाबुराम झन् कमजोर
यसै पनि सांगठनिक रूपले पार्टीमा निकै कमजोर रहेका बाबुरामलाई पछिल्लो समयमा उनले धेरै भर गरेका नेताले पनि साथ दिन छाडेका छन् । संसदीय राजनीतिक मोर्चामा उनले सबैभन्दा बढी काखी च्यापेका मधेसका नेता प्रभु साहले पनि उनलाई छाडिसकेको स्रोतले बतायो । नयाँ शक्तिको आवश्यकताको बहसमा छलफल गर्न बाबुरामले हरेक हप्ता जस्तो आफूनिकट केन्द्रीय सदस्यहरूसँग आफ्नै निवासमा बैठक गर्ने गरेका छन् । तर, ती कुनै पनि बैठकमा साह नगएको बुझिएको छ । राम कार्कीले यसअघि नै उनको साथ छाडिसकेका छन्, बाबुरामले कार्कीलाई बोलाउन पनि छाडिसकेका छन् । अहिले उनलाई साथ दिनेमा प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार बनाइएका देवेन्द्र पौडेल, स्वकीय सचिव बनाइएका गंगानारायण श्रेष्ठ र टोपबहादुर रायमाझी मात्र छन् । रायमाझीलाई पनि आफ्नो मनत्रीमण्डलमा भौतिक योजना तथा निर्माणमन्त्री बनाएका थिए ।
नयाँ शक्ति बहसमा नजाने
पार्टीका सबै विचारलाई बहसका रूपमा स्वीकार्ने यसअघिको निर्णयविपरीत यस पटक भने बाबुरामको नयाँ शक्तिको आवश्यकतासम्बन्धी बहसलाई भने अध्यक्ष दाहालले बहसमा लैजान नदिने भएका छन् । आगामी वैशाख १८ गतेबाट बोलाइएको राष्ट्रिय भेलामा नयाँ विचारलाई बहसका रूपमा लैजाने तयारी बाबुरामले गरिरहेका छन् । तर, दाहालले बाबुरामको नयाँ विचार बहसमा जाँदैन भनेर आफू निकटहरूलाई आश्वस्त पारिसकेका छन् ।
भेला सर्ने
एमाओवादीले पछिल्लो समयमा पार्टीभित्र देखिएका सबै समस्या समाधान गर्न भन्दै वैशाख १८ गते राष्ट्रिय भेला बोलाएको भए पनि उक्त समयमा भेला आयोजना नहुने भएको छ । भेलामा आउने प्रतिनिधि भूगोलबाट चुनिएर आउनुपर्ने व्यवस्था गरिएको छ । त्यसका लागि फागुन मसान्तभित्र सबै गाउँ, क्षेत्र र जिल्लाको सम्मेलन सक्नुपर्ने भनिएको थियो । तर, नसकिएपछि सो म्याद चैत १५ सम्मका लागि बढाइएको थियो । थपिएको समयमा पनि अधिवेशन गरी नसकिएपछि पुन: चैत मसान्तसम्मका लागि समय थपिएको छ । स्रोतले भन्यो– ‘हुन त हाम्रो पार्टीमा कहिले पो भनेको समयमा यस्ता भेला, बैठक हुने गरेका छन्, त्यसमा पनि अबको एक महिनामा राष्ट्रिय भेला हुने त कुनै गुन्जायस नै छैन ।’ कहिले पनि जिल्लाको त कुरै छाडौं धेरै ठाउँमा गाउँ सम्मेलन पनि नभएको स्रोतले बतायो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply