पूर्वमन्त्री पन्तको नजर मदिरा उद्योगमा
काठमाडौं । एक महिनाअघि मन्त्रीको जिम्मेवारीबाट मुक्त भएपछि पूर्वभौतिक योजना तथा निर्माणमन्त्री छविराज पन्तको ध्यान अहिले रक्सी उद्योगतिर पुगेको छ । मन्त्री हुनु अघिदेखि नै आफ्नो नाममा बनाउन लागेको रक्सी उद्योगलाई उनले अहिले आफ्नो नाममा बनाउन लागिपरेका छन् ।
कम्पनी आफ्नो नाममा आए पूर्वमन्त्री पन्तले थप १ करोड ५० लाख रुपियाँ थप्ने प्रस्ताव गरेका हुन् । यसमा उनका साझेदार सुरेन्द्रबहादुर बस्नेतले सहमति जनाइसकेको बताइन्छ ।
तर, मदिरा उद्योग किन्न खोज्दा पूर्वमन्त्री पन्त ठगिएको बताइन्छ । स्रोतका अनुसार डुबेको ५० लाख रुपियाँ उठाउन उनले प्रहरी प्रशासन परिचालन गराएका छन् । पूर्वमन्त्री पन्तका आफन्त सुरेन्द्रबहादुर बस्नेतले पर्साको बेलवामा रहेको स्नोल्यान्ड डिस्टिलरीको सेयर किन्न प्रस्ताव गरेका थिए । सोफीलगायतका कमसल मदिरा उत्पादन गर्दै आएको सो डिस्टिलरीले नाफा कमाउने भन्दै मन्त्री पनि उद्योग चलाउन सहमत भएरै ५० लाख दिएका थिए । तर, पैसा बस्नेतले लिएपछि मदिरा उद्योगका मुख्य सञ्चालक किरण मानन्धर र उनकी छोरी करिश्मा मानन्धरले भने सेयर बेच्न मानेका छैनन् ।
स्रोतका अनुसार बस्नेतले मानन्धर परिवारसँग कम्पनीको सेयर किन्ने सहमति गरी केही पैसा पनि दिएका थिए । तर, उनले दिएको १ करोड २० लाखको चेक बाउन्स भएपछि डिस्टिलरीको सेयर बाँडफाँट हुन सकेको थिएन । चेक बाउन्स भएपछि मानन्धरले कम्पनी रजिस्ट्रारको कार्यालयमा निवेदन दिई सेयर बाँडफाँट रोक्न निवेदन दिएका हुन् । तर, मन्त्री भएलगत्तै पन्तले कम्पनी रजिस्ट्रारलाई दबाब दिएर मानन्धरको नामको सेयर अन्य व्यक्तिको नाममा बाँडफाँट गर्न लगाएपछि विवाद बढेको छ । सो डिस्टिलरीका लागि वाणिज्य बैंकमा सम्पत्ति धितो राखिएका व्यक्तिहरूले समेत कम्पनीको सेयर आफ्नो नाममा गरिदिन कम्पनी रजिस्ट्रारको कार्यालयमा निवेदन दिएका छन्, जसका कारण दुई पक्षबीच विवाद बढेको हो ।
डिस्टिलरीको ६ असोज ०६८ को डिस्टिलरी सञ्चालक समितिको बैठकमा पन्त आमन्त्रित सदस्यका रूपमा उपस्थित भएका थिए । करिब ७ करोड मूल्यांकन गरिएको उक्त डिस्टिलरीको २५ प्रतिशत सेयर पन्तलाई बेच्ने निर्णय त्यही बैठकबाट भएको थियो । तर, सो रकम लिएर डिस्टिलरीका अर्का सञ्चालक सुरेन्द्र बस्नेतले मानन्धरलाई चार वटा चेक दिएका थिए । ती सबै चेक बाउन्स भएपछि मानन्धरले सेयर दिन इन्कार गरेका हुन् । तर, बस्नेतले भने पन्तका नाममा समेत सेयर नामसारी गर्न कम्पनी रजिस्ट्रारको कार्यालयमा निवेदन दिइसकेका छन् । हाल मानन्धर पक्षले मन्त्री पन्तका साझेदार बस्नेतविरुद्ध महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । बस्नेतले भने आफूले मानन्धरले पैसा दिइसकेको दाबी गर्दै आएका छन् । बस्नेतले गत ८ माघमा कम्पनी रजिस्ट्रारको कार्यालयमा निवेदन दिई आफ्नो र पन्तको नाममा सेयर लगत अभिलेख गरिदिन निवेदन दिएका थिए । त्यसको चार दिनअघि मानन्धरले सेयर अभिलेख रोक्का राखिदिन निवेदन दर्ता गराएका थिए । दुवै पक्षबीच डिस्टिलरीको विवाद चलिरहेकै बेला पन्त गत चैतमा मन्त्री भएपछि सो मदिरा कम्पनीको सेयर अभिलेख कार्यमा पुन: विवाद चर्किएको हो । मन्त्री पन्तले भने आफ्नो ५० लाखभन्दा बढी रकम गुमिसकेको भन्दै सेयर आफ्नो नाममा गराउन खोजेका थिए । तर, पन्तले भने सो डिस्टिलरीमा आफूले पैसा लगानी नगरेको बताउँदै आएका छन् । ‘साथीहरूको पैसा फसेको हो’– हिजोआज पूर्वमन्त्री पन्तले भन्ने गरेका छन्– ‘मैले मिलाइदिनुपर्यो भनेर कम्पनी रजिस्ट्रारका कर्मचारीलाई भनेको मात्र हुँ ।’ कम्पनी रजिस्ट्रारको कार्यालयका एक अधिकृतका अनुसार सो विवाद छलफलकै क्रममा छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply