मन्त्रीलाई युवराज गलपासो
काठमाडौं । एनेकपा (माओवादी)को कार्यकर्ताका हैसियतले तीन वर्षअघि राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिवमा नियुक्त युवराज लामाले नयाँ सरकार बन्दा पनि पद नछाडेपछि विवाद बढेको छ ।
युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले लामाले आफ्नो पदबाट राजीनामा दिएर वातावरण सहज बनाउन भूमिका खेल्ने अपेक्षा राखे पनि लामाले पद छाड्ने अहिलेसम्म कुनै संकेत देखाएका छैनन् । लामा सदस्य–सचिवमा नियुक्त हुँदा र अहिले धेरै राजनीतिक सन्दर्भ बदलिइसकेको र नयाँ मन्त्री पनि आएको हुँदा लामाले आफ्नो हठ नछाडेपछि एमालेको खेलकुद महासंघका अध्यक्ष समेत रहेका मन्त्री पौडेलका निम्ति उनी गलपासो बन्न पुगेका छन् ।
सदस्य–सचिव लामालाई राजीनामा दिन दबाब सिर्जना भइरहे पनि हिजोआज उनी भन्ने गर्छन्– ‘मलाई यो पदमा अध्यक्ष प्रचण्डले पुर्याउनुभएको हो । यदि उहाँले राजीनामा दिनुस् भन्नुभयो भने म दिन्छु । तर, अरूले भनेका भरमा म राजीनामा दिने पक्षमा छैन ।’ अझै एक वर्षसम्म आफ्नो कार्यकाल रहेको हुँदा आफूले राजीनामा नदिने र हटाएको खण्डमा अदालतमा जाने सदस्य–सचिव लामाले बताउन थालेका छन् । परिषद्मै रहेका र परिषद्मा जान चाहने एमाले कार्यकर्ताहरूलाई हिजोआज उनी ‘जाने भए मिलेर जाउँ, हैन भने सजिलै म पद छाड्दिनँ’ भन्ने गरेका छन् ।
यसैबीच, गएको सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)को अर्पाटमेन्ट पुरस्कार वितरण समारोहमा मन्त्री पौडेल र सदस्य–सचिव लामाबीच भनाभन चलेको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा मन्त्री पौडेलले भने– ‘मैले मेरै पार्टीबाट पनि बन्दुक बोकेर पार्टीलाई योगदान गरेको भनेर कसैलाई सदस्य–सचिव बनाउन सक्दिनँ । मेरो पार्टीको मान्छे हुन्छ, तर उसले खेलकुद बुझेको र खेलकुद चलाउन सक्ने हुनुपर्छ ।’ त्यहीबेला सदस्य–सचिव लामाले भनेका थिए– ‘उहाँले खेलकुदलाई एकतर्फी रूपमा चलाउन खोजेको संकेत मिलेको छ । खेलकुद एकताको माध्यम हो । यहाँ उहाँले फुट गराउन खोज्नुभएको छ ।’ तर, प्रमुख अतिथि प्रचण्डले भने लामाको पक्षमा बोल्दै ‘उहाँ हाम्रो पार्टीको झोला बोकेको मान्छे होइन’ भनेका थिए ।
मन्त्री पौडेलमाथि भने लामालाई हटाउन दबाब परेको छ । परिषद्को नेतृत्वमा एमाओवादी कार्यकर्ता राखेर खेलकुदमा केही गर्छु भन्नु हास्यास्पद हुने बताउँदै एमालेका कार्यकर्ताले मन्त्री पौडेलमाथि नैतिक दवाव सिर्जना गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply