मन्त्रीलाई युवराज गलपासो
काठमाडौं । एनेकपा (माओवादी)को कार्यकर्ताका हैसियतले तीन वर्षअघि राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिवमा नियुक्त युवराज लामाले नयाँ सरकार बन्दा पनि पद नछाडेपछि विवाद बढेको छ ।
युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले लामाले आफ्नो पदबाट राजीनामा दिएर वातावरण सहज बनाउन भूमिका खेल्ने अपेक्षा राखे पनि लामाले पद छाड्ने अहिलेसम्म कुनै संकेत देखाएका छैनन् । लामा सदस्य–सचिवमा नियुक्त हुँदा र अहिले धेरै राजनीतिक सन्दर्भ बदलिइसकेको र नयाँ मन्त्री पनि आएको हुँदा लामाले आफ्नो हठ नछाडेपछि एमालेको खेलकुद महासंघका अध्यक्ष समेत रहेका मन्त्री पौडेलका निम्ति उनी गलपासो बन्न पुगेका छन् ।
सदस्य–सचिव लामालाई राजीनामा दिन दबाब सिर्जना भइरहे पनि हिजोआज उनी भन्ने गर्छन्– ‘मलाई यो पदमा अध्यक्ष प्रचण्डले पुर्याउनुभएको हो । यदि उहाँले राजीनामा दिनुस् भन्नुभयो भने म दिन्छु । तर, अरूले भनेका भरमा म राजीनामा दिने पक्षमा छैन ।’ अझै एक वर्षसम्म आफ्नो कार्यकाल रहेको हुँदा आफूले राजीनामा नदिने र हटाएको खण्डमा अदालतमा जाने सदस्य–सचिव लामाले बताउन थालेका छन् । परिषद्मै रहेका र परिषद्मा जान चाहने एमाले कार्यकर्ताहरूलाई हिजोआज उनी ‘जाने भए मिलेर जाउँ, हैन भने सजिलै म पद छाड्दिनँ’ भन्ने गरेका छन् ।
यसैबीच, गएको सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)को अर्पाटमेन्ट पुरस्कार वितरण समारोहमा मन्त्री पौडेल र सदस्य–सचिव लामाबीच भनाभन चलेको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा मन्त्री पौडेलले भने– ‘मैले मेरै पार्टीबाट पनि बन्दुक बोकेर पार्टीलाई योगदान गरेको भनेर कसैलाई सदस्य–सचिव बनाउन सक्दिनँ । मेरो पार्टीको मान्छे हुन्छ, तर उसले खेलकुद बुझेको र खेलकुद चलाउन सक्ने हुनुपर्छ ।’ त्यहीबेला सदस्य–सचिव लामाले भनेका थिए– ‘उहाँले खेलकुदलाई एकतर्फी रूपमा चलाउन खोजेको संकेत मिलेको छ । खेलकुद एकताको माध्यम हो । यहाँ उहाँले फुट गराउन खोज्नुभएको छ ।’ तर, प्रमुख अतिथि प्रचण्डले भने लामाको पक्षमा बोल्दै ‘उहाँ हाम्रो पार्टीको झोला बोकेको मान्छे होइन’ भनेका थिए ।
मन्त्री पौडेलमाथि भने लामालाई हटाउन दबाब परेको छ । परिषद्को नेतृत्वमा एमाओवादी कार्यकर्ता राखेर खेलकुदमा केही गर्छु भन्नु हास्यास्पद हुने बताउँदै एमालेका कार्यकर्ताले मन्त्री पौडेलमाथि नैतिक दवाव सिर्जना गरेका छन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply