ममता फरार
कठमाडौं । आफ्नो चारबर्से कार्यकालमा साझा प्रकाशनलाई रसातलमा पुर्याउन मुख्य भूमिका खेल्न अध्यक्ष एवम् महाप्रबन्धक ममता झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गर्न निर्देशन दिए पनि उनी अहिलेसम्म कतै भेटिन सकेकी छैनन् ।
समाचार अनुसार, आयोगले अध्यक्ष झालाई निलम्बन गर्न राष्ट्रिय सहकारी विकास बोर्डलाई गएको चैत २३ गते निर्देशन दिएको थियो । साझाको अध्यक्ष बोर्डले नै नियुक्त गर्दै आइरहेको छ । अख्तियारको निर्देशनपछि बोर्डका व्यक्ति झालाई निलम्बनको पत्र बुझाउन हात्तीवनस्थित उनको घरमा अहिलेसम्म तीन पटक पुगिसकेका छन् । तर, उनी अचेल घरमा भेटिन छाडेकी छन् । आफ्नो निलम्बनको पत्र बुझ्नुपर्ने भएको हुँदा उनी घरमा नबसेर अन्यत्रै बस्न थालेको बताइन्छ । कार्यालयमा निलम्बनको पत्र बुझाउन सकिने भए तापनि झा करिब डेढ महिनादेखि कार्यालय नआएकी हुँदा कार्यालयमा बुझाइने सम्भावना नरहेको बताइन्छ ।
बरु, निलम्बित अध्यक्ष झाले अख्तियारलाई नै चुनौती दिँदै ‘मलाई निलम्बनले केही फरक पार्दैन’ भन्दै आफ्ना निकटस्थहरूलाई बताउने गरेकी छन् । व्यावहारिक रूपमा राष्ट्रिय सहकारी विकास बोर्डअन्तर्गत रहे पनि नीतिगत रूपमा शिक्षा मन्त्रालयमा गाभिएको साझा प्रकाशनका निलम्बित अध्यक्ष झा शिक्षामन्त्री चित्रलेखा यादवको शरणमा रहेकी बताइन्छ । निलम्बित अध्यक्ष झालाई बर्खास्त गर्नुपर्ने माग राखेर साझाका कर्मचारीहरू आन्दोलनमा उत्रिए पनि शिक्षामन्त्री यादवकै आशीर्वादका कारण उनले राजीनामा नदिई बसेका थिए । तर, अख्तियारले अनियमित कार्य गरेको बताउँदै झालाई निलम्बन गरेको थियो ।
झा निलम्बित हुँदा साझाका कर्मचारीहरूको पहिलो र मुख्य माग पूरा भए पनि ४२ दिनदेखि आन्दोलनरत कर्मचारीहरू अझै आन्दोलनमै छन् । अख्तियारले अध्यक्ष झालाई निलम्बन गरे पनि सरकारले आफ्ना मागहरूलाई सम्बोधन नगरेकोमा कर्मचारीहरू रुष्ट छन् । लामो समयदेखिको आन्दोलनका कारण अहिले साझाका सबै काम ठप्प छन् भने जनक शिक्षा सामग्री केन्द्रबाट पाउने पुस्तक बिक्री वितरणको जिम्मा पनि खोसिएको छ । यस्तो स्थितिमा साझा डुब्नेबाहेक अरू स्थिति नरहेकाले अहिले देशका प्रतिष्ठित साहित्यकारहरू साझा बचाउ अभियानमा लागेका छन् । साझाका पूर्वमहाप्रबन्धक विष्णुविभु घिमिरेको अध्यक्षतामा ५१ सदस्यीय साझा बचाउ संघर्ष समिति गठन भएको छ । साझामा करिब दुई हजार साहित्यकारहरूको सेयर रहेको हुँदा साझा बचाउने अभियानमा लेखकहरू पनि लागेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply