पत्रकारबीच प्रतिस्पर्धा
काठमाडौं । नेपाल पत्रकार महासंघको महाधिवेशन नजिकिँदै जाँदा अध्यक्षका उम्मेदवारको चर्चा सुरु भएको छ । प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनले आधिकारिक उम्मेदवार नतोक्दै क्रान्तिकारी पत्रकार संघले वर्तमान महासचिव ओम शर्मालाई अघि सारेको छ ।
यसअघि पाटनमा चौतारी र क्रान्तिकारीको नेतृत्वबीच मिलेर जाने सहमतिमा हस्ताक्षर भए पनि क्रान्तिकारीले शर्मालाई अघि सारेपछि क्रान्तिकारीलाई साथमा लिएर महासंघ फेरि आफ्नो पक्षमा पार्ने दाउमा रहेको चौतारी झस्किन पुगेको छ । छ जिल्लामा रोकिएको बाहेक अहिले अन्य सबै ठाउँको पार्षद् विवरण आइसकेको छ । त्यस आधारमा चौतारीले आफूलाई एक्लै ४४ प्रतिशतको हकदार आँकलन गरेको छ भने युनियनले पनि पछिल्लो नतिजाले चौतारीको हाराहारीमै आफू रहेको दाबी गरेको छ । क्रान्तिकारी आक्रामक रूपमा अघि सरेपछि अघिल्लो पटक जस्तो यस पटक दुई वाम एकै ठाउँमा आउन समस्या पर्ने हो कि भन्ने आशंका बढाएको छ ।
क्रान्तिकारीका अध्यक्ष गोविन्द आचार्यले ‘सहकार्य नतोडिने र अझ उन्नतस्तरमा गरिने’ बताए । ‘हामीले सहकार्य गर्ने चौतारीसँगै हो, तर विगतको सहकार्यको पनि समीक्षा गरौं’– उनले भने– ‘हामीले अघिल्लो पटक समेत गरी महासंघको चुनावमा सात पटक चौतारीलाई सघाएका छौं, यस पटक अध्यक्षमा हाम्रो उम्मेदवारलाई उहाँहरूले सघाउँदा त्यसबाहेकका पदमा जस्तोसुकै सहयोग गर्न पनि तयार छौं ।’
प्रेस चौतारीले उम्मेदवारको टुंगो गर्न यही चैत २८ गते केन्द्रीय कमिटी बैठक र २९ गते राजधानीमा राष्ट्रिय भेला डाकेको छ । यद्यपि, भेलामा ‘अध्यक्षको मात्र उम्मेदवार सार्वजनिक गरिने र अन्य पदमा सबै पक्षसँग तालमेल गर्नका लागि ढोका खुला राखिने’ महासचिव माधव नेपालले बताए । ‘कसको कति पार्षद् आए भनेर सबै स्थानको तथ्यांक संकलन जारी रहेको र त्यही आधारमा रणनीति बनाइनेछ’– उनले भने ।
प्रेस युनियनले चुनावकै बारेमा छलफल गर्न आज हेटौंडामा केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ । तर, स्रोतका अनुसार उम्मेदवारका आकांक्षी धेरै भएकाले तत्काल निर्णय गर्न गाह्रो हुने र केन्द्रीय समितिले उम्मेदवार तय गर्न पदाधिकारीहरूलाई जिम्मा दिने सम्भावना छ । युनियनले सधैं सहमति र सहकार्यलाई अगाडि बढाएको र बढाउने भन्दै महासचिव शिव लम्सालले ‘परिआउँदा एक्लै लड्न र आवश्यक पर्दा सहकार्य गर्न तयार रहेको’ बताए । ‘महासंघलाई साझा फोरम बनाउने हाम्रो चाहना हो, अंक गणितीय आधारमा पनि चौतारीसँग १०–१२ मतको मात्र फरक छ, तैपनि अध्यक्ष पद हामीले लिएर अन्य पदमा सरकारसँग सँगै भएकाले चौतारीसँग सहकार्य गर्न तयार छौं’– उनले भने ।
क्रान्तिकारीले पहिल्यै घोषणा गरे पनि चौतारी र युनियनलाई भने केही उम्मेदवार चयनमा केही समस्या हुने देखिएको छ । चौतारीका तर्फबाट डा. महेन्द्र विष्ट, यशोदा तिमल्सिना र बालकृष्ण चापागाईंले रहर गरेका छन् भने युनियनबाट अध्यक्ष किरण पोखरेल, पोषण केसी र विपुल पोखरेल आकांक्षी छन् ।
युनियनमा भने निकै रडाको परेको बुझिएको छ । चैत ९ बाट कार्यकाल सकिए पनि अवधिभित्रै नयाँ अधिवेशन गरेर नेतृत्व हस्तान्तरण नगरेकोमा अध्यक्ष किरण पोखरेलको आलोचना हुन थालेको छ । एउटै व्यक्तिलाई ‘चिची पनि पापा पनि’ दिन नहुने भनेर पोखरेलको विरोध भए पनि पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडु, प्रचार विभाग प्रमुख मीनेन्द्र रिजाल, उपसभापति रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, पूर्णबहादुर खड्कालगायतका नेताहरू पोखरेलकै पक्षमा रहेकाले उनको पल्ला भारी देखिएको छ । मतदाता तहमा पूर्वमहासचिव समेत भइससकेकाले पोषणको माग भए पनि पार्टीले भने उनलाई त्यति सहज स्थिति नबनाउने बताइन्छ । दुवै जनाको बीचमा कुनै सहमति नभई विवाद भएमा तेस्रो व्यक्तिका रूपमा विपुल पोखरेलको नाम अघि सार्न सकिने युनियनका एक नेताले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply