ओली आज आउँदै
काठमाडौं । एमाले संसदीय दलका नेता केपी ओली स्वास्थ्य उपचार गरेर ४५ दिनपछि आज स्वदेश फर्किंदै हुनुहुन्छ । अपराह्न २:५५ बजे एअर इन्डियाबाट उहाँ फर्किंदा ठूलो मात्रामा स्वागत गर्ने तयारी भइरहेको छ ।
सात वर्षअघि दिल्लीस्थित अपोलो अस्पतालमा मृगौला फेर्नुभएका ओलीलाई पछिल्लो पटक संक्रमणले सताएको थियो । राजधानीको ग्रान्डी अस्पतालमा दुई साता उपचार गर्दा पनि पूर्ण नियन्त्रणमा नआएपछि गत फागुन १८ गते उहाँ दिल्ली जानुभएको थियो । त्यहाँको साकेतस्थित म्याक्स अस्पतालमा डा. अनन्तकुमारले २७ दिनसम्म त्यहीँ भर्ना गरेर उहाँको उपचार गर्नुभएको थियो भने त्यसपछि १७ दिन उहाँ सुल्तानपुस्थित इम्पायर अपार्टमेन्टमा आराम गरेर चिकित्सकको निगरानीमा हुनुहुन्थ्यो । ‘फलो अप’ परीक्षणहरू सन्तोषजनक देखिएका कारण चिकित्सकहरूले उहाँलाई घर फर्किन अनुमति दिएका हुन् ।
तर, ओलीलाई धेरै दौडधुप नगर्न र आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् । मिर्गाैला प्रत्यारोपण गरिसकेको बिरामीको शरीरको प्रतिरोध क्षमता कमजोर हुने भएकाले सानोतिनो रोगले पनि आक्रमण गरेपछि तुरुन्तै सञ्चो नहुने भएका कारण उहाँलाई धेरै जनसम्पर्कमा नरहन र कडा पथपहरेज गर्न उनीहरूले सुझाव दिएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply