छ अर्ब बढाएर विमानस्थल ठेक्का !
काठमाडौं । तीन वर्ष अघिबाट टेन्डर प्रक्रिया सुरु भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अब भने सुरु हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ निर्माण कम्पनीबीच विमानस्थल निर्माण ठेक्का सम्झौता अन्तिम तयारीमा पुगेको प्राधिकरण स्रोतले बताएको छ ।
पुरानो लागत अनुमानभन्दा झन्डै ६१ मिलियन डलर अर्थात् ६ अर्ब नेपाली रुपियाँ बढाएर ठेक्का सम्झौताको सहमति भइसकेको छ । स्रोतले भन्यो– ‘सहमति बनिसकेको छ तर दुईपक्षको हस्ताक्षर मात्र बाँकी छ ।’ चाइना एयरपोर्ट कन्स्ट्रक्सन कम्पनी (सीएसीसी)ले १ सय ४५ मिलियन डलरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सहमति यसअघि भए पनि अहिले लागत बढाएर २ सय १६ मिलियन डलर पुर्याइएको छ । २ वर्षअघिको तुलनामा अहिले लागत मूल्य बढ्नुको पछाडि ठूलै आर्थिक चलखेलको आशंका गरिएको छ । तर, प्राविधिक स्रोतले भने अहिले श्रमिकको ज्याला, सामानको मूल्य बढेको र सँगसँगै रनवे पनि कालोपत्रे गर्नेलगायतका अरू काम थपिएकाले मूल्य बढेको बतायो । स्रोतले भन्यो– ‘यो सम्झौताको सबै डिलिङ प्राधिकरणले गरेको हो, त्यसको सञ्चालिक समिति अध्यक्ष पर्यटनमन्त्री हुनुहुन्छ ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले सुरुमा सन् २०१२ मा नै टेन्डर आह्वान गरेको थियो । आह्वान गरेको छ महिनापछि खुलाइएको टेन्डरमा सबैभन्दा कम मूल्यको चिनियाँ कम्पनी सीएसीसीलाई ठेक्का परेको थियो । तर, सरकारको प्रारम्भिक अध्ययनले देखाएको भन्दा बढी लागतमा टेन्डर परेको भन्दै काम अघि बढ्न सकेको थिएन । जापानको निर्माण कम्पनीसँगको सहकार्यमा नेपाल सरकारले सुरुमा गरेको सर्वेक्षण अध्ययनले १ सय ६६ मिलियन डलर लागतको प्रक्षेपण गरेको भए पनि टेन्डर खोल्दा त्यसमा ८५ प्रतिशत बढाएर ३ सय ५ मिलियन डलरमा दिइएको थियो ।
आर्थिक चलखेलकै आशंकामा स्थानीयवासीबाट पनि व्यापक विरोध भएपछि काम रोकिएको थियो । गत वर्ष चिनियाँ कम्पनीले नेपाल सरकारकै अनुमानित लगातमा काम गर्ने गरी पत्राचारसमेत गरेको थियो ।
आर्थिक चलखेलकै आशंकामा ३ महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेन्डर प्रक्रियाका सबै कागजात कब्जा गरी छानबिन सुरु गरेको थियो ।
कांग्रेसले भौतिक योजना तथा निर्माण मन्त्रालय दिएर पर्यटन मन्त्रालय राख्न खोजे पनि एमाले अध्यक्ष झलनाथ खनालले विमानस्थल बनाउने र जहाज किन्ने जस्ता ठूला काम गरेर ‘राष्ट्र निर्माण गर्नुपर्ने भएका’ले पार्टीका वार्ताकारलाई कुनै हालतमा पर्यटन मन्त्रालय नछोड्न निर्देशन दिनुभएको थियो । अध्यक्ष खनालकै इच्छाअनुसार भीम आचार्य पर्यटनमन्त्री बनाइएपछि एक वर्षभित्र निगमसँग १३ जहाज हुने अठोटका साथ काम भइरहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply