बाबुरामले भने– ‘खिचडी त आउला !
काठमाडौं । महाधिवेशन गरेको दुई वर्ष नबित्दै एमाओवादीले राष्ट्रिय सम्मेलन किन गर्न लागिएको होला ? पार्टीपंक्तिलाई पराजयको कारण केलाउन र संगठन सुदृढ बनाउन भने पनि दुई वर्षअघि छुट्टिएको मोहन वैद्य नेतृत्वको माओवादीलाई भने अर्कै सन्देश दिएको छ ।
जसलाई भेट्यो उसैलाई ठीक्क पार्न माहिर एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एकातिर आफ्नै पार्टीमा नयाँ शक्तिको बहस निकालेका बाबुराम भट्टराईलाई ‘चिन्ता नगर्नूस्, म मेरो प्रतिवेदनमा ल्याउँछु’ भनिरहेका छन् भने अर्कातिर मोहन वैद्यलाई पनि ‘पर्खनूस्, म हेटौंडाको कार्यदिशा सच्याउँछु’ भन्ने सन्देश दिइरहेका रहेछन् । यो कुरा गत बिहीबार साँझ डा. भट्टराईले आफ्ना छिमेकीसमेत रहेका अर्का एक वामनेतासँग बाँडेका थिए । डा. भट्टराईको भनाइ थियो– ‘के गर्ने ? म आफैं अन्योलमा परेको छु । मसँग मेरै कुरा ठीक भन्नुहुन्छ, उता वैद्यजीसँग पनि त्यस्तै भन्नुहुँदोरहेछ ।’ उनले अगाडि भने– ‘वैद्यजीसँग त हेटौंडाको कार्यदिशा नै गलत भयो, म सच्याएर ल्याउँछु पो भन्नुभएको छ रे ।’ यसअघि बालाजु, खरिपाटी र पालुङटारमा पनि दाहालले आफू र वैद्य दुवैको चित्त बुझाउन खोज्दा पार्टीमै समस्या परेको भन्दै उनले दिक्दारी प्रकट गरे– ‘फेरि पनि त्यस्तै खिचडी प्रतिवेदन त आउला ।’
बाबुराम अन्योलमा
अध्यक्ष दाहालको दोहोरो चरित्र थाहा पाए पनि सांगठनिक शक्ति कमजोर भएका कारण के गर्ने भन्नेमा डा. भट्टराई अन्योलमा छन् । आफूले नयाँ विचारअघि सारे पनि त्यसका आधारमा संगठन बनाउन सक्ने अवस्था छैन । त्यही भएर पेलिएरै भए पनि पार्टीमै बस्नुबाहेक उनीसँग अरू उपाय छैन ।
एमाओवादीले वैशाख १८ गतेदेखि विराटनगरमा सम्मेलन गर्दैछ । त्यसबाट केन्द्रीय समिति सदस्य पनि छानिने भएकाले उनलाई झन् समस्या परेको छ । शुद्ध सैद्धान्तिक कुरा गर्दा तलबाट निर्वाचित भएर आउने कुरा उनले आफैं उठाएका थिए । तर, त्यसले अन्तत: उनलाई नै समस्यामा पर्ने देखिएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply