बाबुरामले भने– ‘खिचडी त आउला !
काठमाडौं । महाधिवेशन गरेको दुई वर्ष नबित्दै एमाओवादीले राष्ट्रिय सम्मेलन किन गर्न लागिएको होला ? पार्टीपंक्तिलाई पराजयको कारण केलाउन र संगठन सुदृढ बनाउन भने पनि दुई वर्षअघि छुट्टिएको मोहन वैद्य नेतृत्वको माओवादीलाई भने अर्कै सन्देश दिएको छ ।
जसलाई भेट्यो उसैलाई ठीक्क पार्न माहिर एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एकातिर आफ्नै पार्टीमा नयाँ शक्तिको बहस निकालेका बाबुराम भट्टराईलाई ‘चिन्ता नगर्नूस्, म मेरो प्रतिवेदनमा ल्याउँछु’ भनिरहेका छन् भने अर्कातिर मोहन वैद्यलाई पनि ‘पर्खनूस्, म हेटौंडाको कार्यदिशा सच्याउँछु’ भन्ने सन्देश दिइरहेका रहेछन् । यो कुरा गत बिहीबार साँझ डा. भट्टराईले आफ्ना छिमेकीसमेत रहेका अर्का एक वामनेतासँग बाँडेका थिए । डा. भट्टराईको भनाइ थियो– ‘के गर्ने ? म आफैं अन्योलमा परेको छु । मसँग मेरै कुरा ठीक भन्नुहुन्छ, उता वैद्यजीसँग पनि त्यस्तै भन्नुहुँदोरहेछ ।’ उनले अगाडि भने– ‘वैद्यजीसँग त हेटौंडाको कार्यदिशा नै गलत भयो, म सच्याएर ल्याउँछु पो भन्नुभएको छ रे ।’ यसअघि बालाजु, खरिपाटी र पालुङटारमा पनि दाहालले आफू र वैद्य दुवैको चित्त बुझाउन खोज्दा पार्टीमै समस्या परेको भन्दै उनले दिक्दारी प्रकट गरे– ‘फेरि पनि त्यस्तै खिचडी प्रतिवेदन त आउला ।’
बाबुराम अन्योलमा
अध्यक्ष दाहालको दोहोरो चरित्र थाहा पाए पनि सांगठनिक शक्ति कमजोर भएका कारण के गर्ने भन्नेमा डा. भट्टराई अन्योलमा छन् । आफूले नयाँ विचारअघि सारे पनि त्यसका आधारमा संगठन बनाउन सक्ने अवस्था छैन । त्यही भएर पेलिएरै भए पनि पार्टीमै बस्नुबाहेक उनीसँग अरू उपाय छैन ।
एमाओवादीले वैशाख १८ गतेदेखि विराटनगरमा सम्मेलन गर्दैछ । त्यसबाट केन्द्रीय समिति सदस्य पनि छानिने भएकाले उनलाई झन् समस्या परेको छ । शुद्ध सैद्धान्तिक कुरा गर्दा तलबाट निर्वाचित भएर आउने कुरा उनले आफैं उठाएका थिए । तर, त्यसले अन्तत: उनलाई नै समस्यामा पर्ने देखिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply