कृषिमन्त्री अख्तियारको घेरामा
काठमाडौं । कृषिमन्त्रीको पहिलो रोजाइ र आकर्षक थलो मानिँदै आएको दुग्ध विकास संस्थानमा फेरि विवाद सिर्जना भएको छ । कृषिमन्त्री हरिप्रसाद पराजुलीले गैरकानुनी रूपमा महाप्रबन्धक नियुक्त गरेपछि उनी स्वयम् अख्यितार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा परेका छन् ।
मन्त्री पराजुलीलाई सोही कारण आयोगले ताकेता गर्दै आएको छ । तर, ‘प्रिपेड निर्णय भएकाले अख्तियारले दुई पटकसम्म चेतावनी दिँदा पनि मन्त्रीज्यूले टेर्नुभएको छैन’– स्रोतले भन्यो– ‘अन्यथा अहिलेसम्म अख्तियारको निर्देशन पालना भइसक्ने थियो ।’
मन्त्री पराजुलीले पदबहाली गरेपछि पहिलो कामका रूपमा गत चैत ११ गते कामु महाप्रबन्धक रामतपेश्वर चौधरीलाई मन्त्रालयमा जगेडामा तानेर उनीभन्दा दुई तहमुनिका गंगा तिमल्सिनालाई संस्थानको महाप्रबन्धक बनाएका थिए ।
आयोगले ११औं तहका चौधरीलाई हटाएर उनीभन्दा कनिष्ट तिमल्सिनालाई महाप्रबन्धक बनाएको भन्दै सो निर्णय बदर गर्न चैत २४ गते पहिलो पटक पत्र लेखेको थियो । मन्त्री पराजुलीले एमालेकै मानिस भनेर चिनिने तर पैसा उठाउन चतुर मानिने तिमल्सिनालाई त्यति सजिलै हटाउने कुरा भएन । त्यसपछि आयोगले दोस्रो पटक ०७१ वैशाख १ गते ‘सो निर्देशन कार्यान्वयन नभएको पाइएकाले के कति कारणले कार्यान्वयन नगरिएको हो, स्पष्ट खुलाई पठाइदिनू’ भनेर पत्राचार गरेको छ ।
०७० असोजबाट कायममुकायम महाप्रबन्धकले चलाइरहेको संस्थामा संस्थान निर्देशन बोर्डको प्रावधान अनुसार खुला प्रतिस्पर्धाबाट चयन गर्नुपर्ने भए पनि हाल त्यसबारे सर्वोच्चमा मुद्दा विचाराधीन भएकाले कामुकै भरमा चलिरहेको छ । त्यसैले विनियम अनुसार महाप्रबन्धक चयन नगरेसम्म वरिष्ठतम् कर्मचारीलाई कायममुकायम महाप्रबन्धक दिनुपर्ने हुन्छ । यसअघि सोही आधारमा चौधरीलाई नियुक्ति दिइएकोमा हाल चौधरीभन्दा तलका १०औं तहका गिरिधर बज्राचार्यलाई समेत छोडेर उनीभन्दा पनि तलका तिमिल्सेनालाई नियुक्ति दिइएकाले कर्मचारीहरू मन्त्रीले गरेको राजनीतिक हस्तक्षेपको विरुद्ध आन्दोलनको तयारीमा लागेको थाहा भएको छ ।
अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले ‘कानुनविपरीत हुने सबै क्रियाकलापप्रति अख्तियारले सचेत गराउँदै आएको र आइरहने’ बताए । ‘अब के हुन्छ त ?’ भन्ने बुधबारको प्रश्नमा उनले भने– ‘हामीले गर्ने पहिलो चरणको काम गरीसक्यौं, अब गर्ने भनेको नेपाल सरकारले यसको कार्यान्वयन हो ।’ ×
यता, महाप्रबन्धक नियुक्त पाएपछि तिमल्सिना कार्यालयमा विवाद भइरहँदा भुटानतिर हानिएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply