सीपी तीर्थव्रतमा
काठमाडौं । श्रीमतीका कारण पटक–पटक विवादमा पर्दै आएका माओवादी नेता सीपी गजुरेल त्यही कारण फेरि विवादमा तानिएका छन् । बाहिर धर्मकर्मको विरोध गर्ने तर व्यवहारमा श्रीमतीको कुनै पनि आग्रह टार्न नसकेर धर्मभीरु बन्नुपर्ने बाध्यताले गजुरेललाई विवादमा तान्ने गरेको हो ।
गत साउनमा श्रीमतीको पछिल्तिर लाइनमा उभिएर भक्तपुरको डोलेश्वर मन्दिर दर्शन गरेको तस्बिर सार्वजनिक भएपछि चर्चामा आएका गजुरेल पछिल्लो पटक पार्टीका कसैले थाहा नपाउने गरी तीर्थाटन गरेर फर्किएका छन् । चैत महिनाभर म्याग्दीको बेनीमा लाग्ने तातोपानी मेला भर्न जान श्रीमतीले कर गरेपछि पार्टीसँग म्याग्दी वरपरका जिल्लामा प्रशिक्षणमा सहभागी हुने बहाना देखाएर गजुरेल तातोपानी नुहाउन पुगेका थिए । तातोपानी नुहाएर केही दिन श्रीमतीलाई उतै राखेर उनी वरपर कास्की, मनाङलगायतका जिल्लामा कार्यकर्तालाई प्रशिक्षण दिएर काठमाडौं फर्किएका थिए ।
त्यसअघि श्रीमतीकै कारण आफ्ना चालकलाई दलित भएकै कारण जागिरबाट हटाउन पनि उनी पछि परेका थिएनन् । यो प्रकरण अहिले पनि पार्टी कार्यालय बुद्धनगरमा सेलाएको छैन ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply