सीपी तीर्थव्रतमा
काठमाडौं । श्रीमतीका कारण पटक–पटक विवादमा पर्दै आएका माओवादी नेता सीपी गजुरेल त्यही कारण फेरि विवादमा तानिएका छन् । बाहिर धर्मकर्मको विरोध गर्ने तर व्यवहारमा श्रीमतीको कुनै पनि आग्रह टार्न नसकेर धर्मभीरु बन्नुपर्ने बाध्यताले गजुरेललाई विवादमा तान्ने गरेको हो ।
गत साउनमा श्रीमतीको पछिल्तिर लाइनमा उभिएर भक्तपुरको डोलेश्वर मन्दिर दर्शन गरेको तस्बिर सार्वजनिक भएपछि चर्चामा आएका गजुरेल पछिल्लो पटक पार्टीका कसैले थाहा नपाउने गरी तीर्थाटन गरेर फर्किएका छन् । चैत महिनाभर म्याग्दीको बेनीमा लाग्ने तातोपानी मेला भर्न जान श्रीमतीले कर गरेपछि पार्टीसँग म्याग्दी वरपरका जिल्लामा प्रशिक्षणमा सहभागी हुने बहाना देखाएर गजुरेल तातोपानी नुहाउन पुगेका थिए । तातोपानी नुहाएर केही दिन श्रीमतीलाई उतै राखेर उनी वरपर कास्की, मनाङलगायतका जिल्लामा कार्यकर्तालाई प्रशिक्षण दिएर काठमाडौं फर्किएका थिए ।
त्यसअघि श्रीमतीकै कारण आफ्ना चालकलाई दलित भएकै कारण जागिरबाट हटाउन पनि उनी पछि परेका थिएनन् । यो प्रकरण अहिले पनि पार्टी कार्यालय बुद्धनगरमा सेलाएको छैन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply