खनाल चीन प्रस्थान
काठमाडौं । एमाले अध्यक्ष झलनाथ खनाल १० दिन लामो भ्रमणका लागि आज चीन प्रस्थान गर्नुभएको छ । त्यहाँ उहाँले कुन तहको कुन नेतालाई भेट्नुहुनेछ भन्ने अझै तय छैन ।
अध्यक्ष खनाललाई बिदाइ गर्न वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरू त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष खनालले आफ्नो भ्रमणबाट दुई देशका साथै दुई कम्युनिस्ट पार्टीबीचको सम्बन्ध सुदृढ हुने आशा व्यक्त गर्नुभएको थियो ।
स्रोतका अनुसार अध्यक्ष खनाललाई चिनियाँ कम्युनिस्ट पार्टीले त्यहाँ आफ्ना कार्यकर्तालाई दिने तालिम अवलोकन गर्न र त्यसमा सहभागी बनाएर अन्तक्र्रिया गर्नका लागि निम्ता दिएको हो । यसअघि पनि युवराज ज्ञवाली र शंकर पोखरेलको नेतृत्वमा एमालेबाट र शक्ति बस्नेत र राम कार्कीको नेतृत्वमा एमाओवादीबाट यस्तै टोलीले भाग लिइसकेका छन् ।
सोमबार केन्द्रीय कमिटीको बैठकमा बोल्दै केन्द्रीय सदस्य भानुभक्त ढकालले भने– ‘अध्यक्ष कमरेड महाधिवेशन सारेर चीन जाँदै हुनुहुन्छ । त्यहाँका कम्युनिस्ट पार्टीका महासचिव सी जिङपिङसँग भेट होस् । तर, त्यहाँ गएर तालिममा भाग लिएर आउने काम चाहिँ नहोस् ।’ महाचिव ईश्वर पोखरेलले खनालको भ्रमणप्रति असन्तुष्टि राख्दै बैठकमा ‘अध्यक्षले चीनसँगको सम्बन्ध सुध्रिन्छ भनेर निकै जोड दिइएपछि’ भन्दै व्यंग्य गरेका थिए ।
अपरान्ह ४:१० बजे काठमाडौंबाट कुन्मिङतर्फ उडेको अध्यक्ष खनालको टोली १९ सदस्यीय छ । टोलीमा पहिला जाने तय भएका सचिव विष्णु पौडेल संविधानसभाको विवाद निक्र्यौल समितिको सभापति भएपछि व्यस्तताका कारण समावेश हुनुभएको छैन । टोलीले तीन दिन बेइजिङमा बिताउनेछ भने बाँकी दिन बाहिर हुनेछ । टोली जेठ २ गते स्वदेश फर्किनेछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply