खनाल चीन प्रस्थान
काठमाडौं । एमाले अध्यक्ष झलनाथ खनाल १० दिन लामो भ्रमणका लागि आज चीन प्रस्थान गर्नुभएको छ । त्यहाँ उहाँले कुन तहको कुन नेतालाई भेट्नुहुनेछ भन्ने अझै तय छैन ।
अध्यक्ष खनाललाई बिदाइ गर्न वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरू त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष खनालले आफ्नो भ्रमणबाट दुई देशका साथै दुई कम्युनिस्ट पार्टीबीचको सम्बन्ध सुदृढ हुने आशा व्यक्त गर्नुभएको थियो ।
स्रोतका अनुसार अध्यक्ष खनाललाई चिनियाँ कम्युनिस्ट पार्टीले त्यहाँ आफ्ना कार्यकर्तालाई दिने तालिम अवलोकन गर्न र त्यसमा सहभागी बनाएर अन्तक्र्रिया गर्नका लागि निम्ता दिएको हो । यसअघि पनि युवराज ज्ञवाली र शंकर पोखरेलको नेतृत्वमा एमालेबाट र शक्ति बस्नेत र राम कार्कीको नेतृत्वमा एमाओवादीबाट यस्तै टोलीले भाग लिइसकेका छन् ।
सोमबार केन्द्रीय कमिटीको बैठकमा बोल्दै केन्द्रीय सदस्य भानुभक्त ढकालले भने– ‘अध्यक्ष कमरेड महाधिवेशन सारेर चीन जाँदै हुनुहुन्छ । त्यहाँका कम्युनिस्ट पार्टीका महासचिव सी जिङपिङसँग भेट होस् । तर, त्यहाँ गएर तालिममा भाग लिएर आउने काम चाहिँ नहोस् ।’ महाचिव ईश्वर पोखरेलले खनालको भ्रमणप्रति असन्तुष्टि राख्दै बैठकमा ‘अध्यक्षले चीनसँगको सम्बन्ध सुध्रिन्छ भनेर निकै जोड दिइएपछि’ भन्दै व्यंग्य गरेका थिए ।
अपरान्ह ४:१० बजे काठमाडौंबाट कुन्मिङतर्फ उडेको अध्यक्ष खनालको टोली १९ सदस्यीय छ । टोलीमा पहिला जाने तय भएका सचिव विष्णु पौडेल संविधानसभाको विवाद निक्र्यौल समितिको सभापति भएपछि व्यस्तताका कारण समावेश हुनुभएको छैन । टोलीले तीन दिन बेइजिङमा बिताउनेछ भने बाँकी दिन बाहिर हुनेछ । टोली जेठ २ गते स्वदेश फर्किनेछ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply