हनिमुन पुरा हुने बेलाको निर्णय
बैशाख २५,काठमाडौं । हनिमून अवधी पुरा गर्न करिव दुई हप्ता मात्र बाँकि रहँदा प्रधानमन्त्री सुशील कोईराला नेतृत्वको सरकारले बल्ल एउटा देखिने काम गरेको छ । त्यो हो– राष्ट्रीय योजना आयोगको उपाध्यक्षमा प्रा डा गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा पोखरेलललाई नियुक्त गर्ने निर्णय गरेको हो । नेपाली काँग्रेसको महासमिति सदस्य समेत रहेका पोखरेल बैकल्पिक उर्जा प्रबद्र्घन केन्द्रको कार्यकारी निर्देशक थिए । आफ्नो नीजि सचिवालय समेत गठन गर्न नसकेका कारण ‘सुस्त प्रधानमन्त्री’ भन्दै आफ्नै पार्टीभित्रवाट कोइरालाको व्यापक आलोचना हुने गरेको छ ।
यसअघि अर्थमन्त्रीले सरकारले जेठ मसान्तभित्रै नयाँ बजेट ल्याई असारमा पारित गर्ने तयारी गरेको बताए पनि राष्ट्रीय योजना आयोग नै खाली हुँदा त्यसमा विभिन्न आशंका गरिएका थिए । सरकारले संसद सचिवालसँगको परामर्समा आगामी जेठ ५ वाट बजेट अधिवेशन शुरु गर्ने तयारी गरिरहेको बुझिएको छ । बजेट अधिबेशन शुरु हुने समयको चापका कारण राष्ट्रीय योजना आयोगको उपाध्यक्ष को नियुक्ती गरिए पनि चाँडै पुर्णता दिनुपर्ने अन्य संबैधानिक आयोग, खाली रहेका १६ देशमा राजदूत नियुक्ती, प्रहरीको बढुवा लगायतका थुप्रै काम अझै अलपत्र छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply