जहाँ छोराको भोज, त्यहीँ अरुको भोजन
काठमाडौं । पछिल्ला दिनमा एमालेभित्र चलिरहेको एउटा गुटका भेलाहरू हुने ठाउँ हो– बानेश्वस्थित अल्फाबिटा कम्प्लेक्स । दिल्लीबाट फर्केपछि केपी ओलीलाई साक्षी राखेर जनसंगठनका आफूपक्षीय नेता–कार्यकर्ताको भेलादेखि विचारको बहसका नाममा पत्रकारहरूलाई बोलाएर समेत त्यहीँ भेला गरिएको थियो ।
गत शुक्रबार ईश्वर पोखरेलका जेठा छोरा सिजनको विवाहको पार्टी पनि त्यहीँ आयोजना गरिएको थियो । यतिसम्म त कुनै समाचारको विषय बन्ने कुरा भएन । तर, एमालेको आसन्न नवौं महाधिवेशनमा त्यही अल्फाबिटालाई खानपानको जिम्मा दिन पार्टीभित्र लबिङ सुरु भएपछि भने दालमा केही कालो छ भन्ने अनुमान हुन थालेको छ । एमालेका एक नेताले बुधबारसँग भने– ‘निरन्तर एउटा गुटका भेलाहरू हुने, नेताका पारिवारिक कार्यक्रमहरू पनि त्यहीँ हुने अनि त्यही गुटबाट महाधिवेशनमा खानपिनको जिम्मा उसैलाई दिनुपर्छ भनेर लबिङ भएपछि के रहेछ भन्ने प्रश्न उब्जिने नै भयो ।’
आफ्नै घरमा चलाइएको अल्फाबिटा कम्प्लेक्समा अरू सेवाका अलावा ब्यांकेटको पनि व्यवस्था छ । ह्वाइट हाउस कलेजका सञ्चालक युवराज शर्माका दाजु द्वयराज शर्माले चलाउने उक्त ब्यांकेट मध्यम खालको मानिन्छ । जस्तो ईश्वर पोखरेलका छोराको पार्टीमा आठ सय मानिसका लागि प्रतिव्यक्ति भ्याटबाहेक छ सयका दरले बनाइएको ४ लाख ८० हजारको बिल कताबाट तिरियो भन्ने त्यहाँका कर्मचारीलाई पनि थाहा छैन । हाल क्यानाडामा रहेका सञ्चालक द्वयराज शर्माले उतैबाट करिब २ करोडको काम लिनका लागि एमालेका केही नेतासँग सम्पर्क गरिरहेको थाहा भएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply