उपचुनावमा को–को ?
काठमाडौं । आगामी असार ८ गते हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्र र जिल्लाबाट सम्भावित उम्मेदवारको नाम केन्द्रमा आउन थालेपछि नेकपा (एमाले)मा चुनावी सरगर्मी सुरु भएको छ । कांग्रेसमा भने चारमध्ये तीन क्षेत्रमा सभापति सुशील कोइराला र एकमा वरिष्ठ नेता शेरबहादुर देउवाको गोजीबाट टिकट वितरण हुने भएकाले चुनावी माहौलले छोएको छैन । एमाओवादीलाई चुनावभन्दा हालै सम्पन्न विराटनगर सम्मेलनले पार्टीमा उत्पन्न गरेको समस्याले नै सताएको छ ।
एमालेका वरिष्ठ नेता माधवकुुमार नेपालले छाडेको काठमाडौ–२, उपाध्यक्ष वामदेव गौतमले छाडेको बर्दिया–१, प्रधानमन्त्री एवम् कांग्रेस सभापति कोइरालाले छाडेको चितवन–४ र वरिष्ठ नेता देउवाले छाडेको कैलाली–६ मा उपनिर्वाचन हँुदैछ । एमालेको गत वैशाख २२ गते बसेको स्थायी कमिटी बैठकले १० दिनभित्र क्षेत्र र जिल्लाबाट सम्भावित तीन जनाको नाम केन्द्रमा पठाउन निर्देशन दिएको थियो । सोही अनुसार कैलाली र बर्दियाले नाम पठाइसकेका छन् । कैलाली–६ बाट एमालेले महेश्वर पाठक, नेपालु चौधरी र सुशीला बुढाथोकीको नाम सिफारिस गरेको छ भने बर्दिया–१ बाट श्याम ढकाल, शालिकराम अधिकारी र कौशिलासिंह ठकुरीको नाम सिफारिस भएको छ । काठमाडौं–२ मा भने आज क्षेत्रीय कमिटीले नाम सिफारिस गर्ने जिल्ला अध्यक्ष निर्मल कुइँकेलले बताए । क्षेत्रले बुद्धभक्त चित्रकार, नवराज पराजुली, सुवर्ण श्रेष्ठ, कृष्णहरि थापा र सरिता न्यौपानेमध्येबाट नाम सिफारिस गर्ने सम्भावना रहेको बताइन्छ । केन्द्रमा भने नारायण ढकालको पनि चर्चा छ । चितवन–४ बाट पनि केही दिनमै नाम सिफारिस हुने अञ्चल सहसंयोजक नागेन्द्र चौधरीले बताए । त्यहाँबाट दिलकुमारी रावल, रामजी सापकोटा, विजय सुवेदी, विष्णु तिवारीमध्येबाट नाम सिफारिस हुने बताइन्छ । एमालेबाट बर्दिया– १ बाट श्याम ढकाल, कैलाली– ६ बाट महेश्वर पाठक र चितवन– ४ बाट दिलकुमार रावलको सम्भावना बढी भए पनि काठमाडौं– २ बाट भने कसलाई टिकट दिने भन्ने अन्योल छ ।
कांग्रेसले काठमाडांै–२ बाट प्रतिमा गौतम, दीपक कुइँकेल र लोकेश ढकालमध्ये एक, चितवन–४ मा टेकबहादुर गुरुङ र दिनेश कोइरालामध्ये एक, बर्दिया–१ बाट सोदे विष्ट र कैलाली–६ बाट किशोर बम र नरनारायण साह मनुमध्ये एकलाई उठाउने चर्चा छ । माओवादीले काठमाडांैमा कसलाई उठाउने भन्ने अझै छलफल नै नगरेको बताइन्छ । चितवनमा चित्रनारायण श्रेष्ठ, बर्दियामा केशव पौडेल र कैलालीमा लेखराज भट्टलाई उठाउने चर्चा छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply