गुट बलियो बनाउन सत्ताको दुरुपयोग
काठमाडौं । सरकारको दुरुपयोग गरेर एमालेको आन्तरिक समीकरण प्रभावित पार्ने खेल तीव्र बनेको छ । आसन्न महाधिवेशनमा आफ्नो पक्षमा लाग्ने भए सरकारी नियुक्ति, जागिर, सरुवा, बढुवा जस्ता काम गरिदिने भन्दै फोहोरी काम भइरहेको एमाले कार्यकर्ताले बताएका छन् ।
यस काममा गृहमन्त्री वामदेव गौतम अग्रपंक्तिमा देखिएका छन् भने स्वास्थ्यमन्त्री खगराज अधिकारी, उद्योगमन्त्री कर्णबहादुर थापा, भूमिसुधारमन्त्री दलहरूबहादुर राना, कृषिमन्त्री हरिप्रसाद पराजुलीलगायतले ज्यान फालेर सघाइरहेका छन् । गौतमसहितका यी मन्त्रीहरू आगामी महाधिवेशनबाट बिरामी नेता केपी ओलीलाई अध्यक्ष बनाउने अभियानमा छन् । गौतमले पहिला ओलीलाई अध्यक्ष बनाएपछि उनले आफूलाई अध्यक्ष बनाइदिने सर्त भएकाले अहिले जसरी पनि आफ्ना लागि समेत ओलीलाई अध्यक्ष बनाउनुपर्ने भन्दै कार्यकर्तालाई प्रभावित गर्न साम र दामको समेत प्रयोग गर्न थालेका छन् । एमाले केन्द्रीय सदस्य योगेश भट्टराईले भने– ‘केपी ओलीलाई सहयोग गर्ने भए मात्र काम हुन्छ भन्दै सत्ताको दुरुपयोग चरम बनाइएको छ, हामीकहाँ यसका थुप्रै उदाहरणहरू आइसकेका छन् ।’
गृहमन्त्री गौतमले मन्त्रीका हैसियतले गृहबाट दैनिक रूपमा खर्च गर्न पाउने सुराकी खर्च ५० हजार पनि यसैमा प्रयोग गरिरहेका छन् । गृहमन्त्रीले सोझै भर्ना गर्न पाउने राष्ट्रिय अनुसन्धान विभागमा पनि उनले आफूलाई सहयोग गरेमा छोराछोरीलाई जागिर खुवाइदिने भन्दै पार्टीका जिल्ला तहका नेताहरूलाई प्रलोभन दिइरहेका छन् । हालै गौतमलाई भेटेका एमालेका एक कार्यकर्ताले भने– ‘जिल्लाबाट कतिपयलाई काठमाडौं बोलाइएको छ, त्यसका लागि हवाई टिकट दिइएको छ र फर्किंदा आर्थिक सहयोग पनि गरिएको छ ।’ स्मरण रहोस्, सो पक्षले देशभरका अगुवाहरूका विभिन्न भेला मदन भण्डारी फाउन्डेसनको ब्यानरमा काठमाडौंमै गरेको छ ।
प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र गृहअन्तर्गतका अरू सरुवाहरूमा पनि गुटकै आधारमा सेटिङ मिलाइएको छ । एमालेका एक–अर्का नेताले भने– ‘पार्टीलाई तहसनहस बनाउन गृह प्रशासनको पूरै दुरुपयोग गरिएको छ ।’
उता, आफ्नै स्वास्नीसँग समेत मिल्न नसकेर केही समयअघि छुट्टिएका स्वास्थ्यमन्त्री अधिकारीले क्षेत्रीय, अञ्चल र जिल्ला अस्पताल विकास समिति गठन गर्दा गुटका आधारमा एकलौटी गरेका छन् । उनले पनि महाधिवेशनमा सहयोग गर्ने सर्तमा धेरैजसो नियुक्तिहरूमा सेटिङ मिलाएका छन् भने छोरालाई भिसा नमिलेपछि उद्योगमन्त्री कर्णबहादुर थापाले कान्छी स्वास्नी च्यापेर अमेरिका उड्नुअघि उद्योगअन्तर्गत कसैलाई अध्यक्ष, कसैलाई जीएम र कसैलाई सदस्य बनाउने भन्दै लोभ्याइरहेका थिए । भूमिसुधारमन्त्री दलबहादुर रानाले सुकुम्बासी समस्या समाधान आयोग देखाएर त्यस्तै हर्कत गरिरहेको बताइन्छ ।
स्रोतका अनुसार, धेरैलाई आश्वासन दिएका कारण कतिपय नियुक्तिहरू अहिले हुने छैनन् । तत्काल नियुक्ति गरेमा अरू भड्किने भएका कारण सबैलाई झुलाइरहने नीतिअनुरूप कतिपय निकायमा एमालेको महाधिवेशनअघि नियुक्ति हुने सम्भावना छैन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply