ओली स्वदेश फिर्ता काम गर्न सक्ने दाबी
काठमाडौं । १ महिना ३ दिन लामो उपचारपछि एमाले नेता केपी ओली मंगलबार स्वदेश फर्किनुभएको छ । गत माघ २० गते संसदीय नेता निर्वाचित भएयता लगातार जस्तो उपचारका क्रममा स्वदेश र विदेशका अस्पतालमा बसिरहनुभएका ओलीले अब आफू काम गर्न सक्ने गरी फर्केको जानकारी पनि दिनुभएको छ ।
गत वैशाख १७ गते काठमाडौंमा उपचार असम्भव भएपछि हवाई एम्बुलेन्समार्फत ओलीलाई मेनेन्जाइटिसको उपचारका लागि थाइल्यान्डको राजधानी बैंककतर्फ लगिएको थियो । त्यहाँस्थित बुमरुमगार्ड अस्पतालमा उपचारपछि डिस्चार्ज गरिनुभएका उहाँ थेरापीका लागि थप दुई साता बैंककमा बस्नुभएको थियो ।
नेता ओली सात वर्षअघि प्रत्यारोपण गरिएको मिर्गाैला, शरीरमा प्रतिरोधी क्षमता कमजोर हुँदा उत्पन्न फंगस र पछिल्लो चरणमा मेनेन्जाइटिसका कारण ओलीले संसदीय दलको नेता भएयता एक पटक पनि न संसदीय दलको अध्यक्षता गर्न सक्नुभएको छ, न त केन्द्रीय कमिटीको बैठकमा भाग लिन नै सक्नुभएको छ । नवौं महाधिवेशनको सन्दर्भ पारेर देशव्यापी कार्यकर्ता भेला, बैठक र जमघटहरू भइरहँदा ओली भने ती कुनैमा पनि उपस्थित हुन सक्नुभएको छैन । घरैमा कार्यकर्ता भेटघाट र दिल्लीबाट फर्किएपछि एकाध सार्वजनिक कार्यक्रममा भाग लिँदा गम्भीर बिरामी परेपछि उहाँलाई हवाई एम्बुलेन्समार्फत बाहिर लानुपरेको थियो ।
यता, ओलीको अनुपस्थितिमा उहाँका नाममा भेला र बैठकहरू भइरहे पनि अर्को थरी नेता–कार्यकर्ताले भने स्वास्थ्यकै कारण ओली अध्यक्षमा नउठ्ने अड्कल गरेका छन् । बिरामी ओलीलाई आराम गर्न दिनुको साटो चुनावमा धकेलेर आफूलाई सुरक्षित बनाउनका लागि केही नेताहरूले भगीरथ कोसिस गरिरहेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply