महाधिवेशनको लोगो सार्वजनिक
काठमाडौं । नेकपा (एमाले)ले हिजो नवौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । महाधिवेशन आयोजक मूल व्यवस्थापन समितिले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष झलनाथ खनालले उक्त लोगो सार्वजनिक गर्नुभएको हो । लोगोमा प्रस्तुत रातो रङले पार्टीको क्रान्तिकारी–रूपान्तरणकारी चरित्रलाई अभिव्यक्त गर्छ भने सुनौलो रङले पार्टीले निर्माण गर्न चाहेको समृद्ध नेपालको भावनालाई प्रतिनिधित्व गर्छ । नीलो रङले शान्तिप्रतिको प्रतिबद्धतालाई झल्काउाछ भने राष्ट्रिय झन्डाको साङ्केतिक विम्बले राष्ट्रियताप्रतिको पार्टीको निष्ठालाई व्यक्त गर्दछ ।२२ दिनपछि सुरु हुने नवौं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशन सफलतापूर्ण सम्पन्न गर्न गठित व्यवस्थापन समितिअन्तर्गतका उपसमितिहरूले तयारी अन्तिम चरणमा पुगेको जनाएका छन् भने महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनको पाटोको काम पनि लगभग सकिएको छ ।समितिका संयोजकसमेत रहनुभएका अध्यक्ष खनालले महाधिवेशनको व्यवस्थापकीय काम निरन्तर अगाडि बढिरहेका बताउनुभयो । यसबीच अतिथि सत्कार उपसमिति, सुरक्षा तथा स्वयम्सेवक व्यवस्थापन उपसमिति, महाधिवेशन स्थल व्यवस्थापन उपसमिति, प्रचार, कार्यालयलगायत उपसमितिहरूले आफ्ना तयारीलाई तीव्रताका साथ अगाडि बढाइरहेको उल्लेख गर्दै उहााले पत्रकार सम्मेलनमा नवौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन ६० मुलुकका भाइचारा तथा मित्र पार्टीलाई निमन्त्रणा गरिएको पनि बताउनुभयो । हिजो सम्पन्न भएको केन्द्रीय कमिटी बैठकले अध्यक्ष झलनाथ खनालद्वारा प्रस्तुत राजजीतिक प्रतिवेदन सर्वसम्मतका साथ पास गरेको थियो । असार १६ गतेअघि नेपाली समाजमा अझै सामन्ती चरित्र हावी छ भन्ने नेता केपी ओली धार र समाज पँुजीवादी चरणमा प्रवेश गरेको भन्ने माधव नेपाल धारबीच मत भिन्नता थियो । त्यस्तै, नेपाल समूहले ०६२/६३ को आन्दोलनलाई जनक्रान्ति मानेको थियो भने ओली समूहले समान्य आन्दोलन मात्रै । तर, यी दुवै फरक विचारमा नेपाल समूहले विजय हासिल गरेको छ । नेपाल समूहकै विचार केन्द्रीय कमिटीबाट पारित भएर महाधिवेशन हलमा प्रस्तुत हुँदैछ । महासचिव ईश्वर पोखरेलले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन पनि पारित भइसकेको छ । सांगठनिक प्रतिवेदनमा रहेको प्रतिनिधित्वको सन्दर्भमा हिजो बसेको वैठकले अन्तिम निर्णय लिएको थियो । यो निर्णयअनुसार अब भूगोलबाट २ सय संगठित सदस्य बराबर १ र मजदुर, महिला, दलितका साथै पिछडिएको क्षेत्रबाट १ सय ५० संगठित सदस्य बराबर १ जना प्रतिनिधि चुनिएर महाधिवेशनमा भाग लिन आउने छन् । विधान संशोधनसम्बन्धी प्रस्तावमा केही विषयमा भिन्नभिन्न मत प्रकट भएपछि केन्द्रीय कमिटीले एउटा कार्यदल बनाएर त्यसलाई टुंग्याउने जिम्मेवारी दिएको छ । अध्यक्ष झलनाथ खनालको संयोजकत्वमा गठित ११ सदस्यीय कार्यदलमा महासचिव ईश्वर पोखरेल, सचिवहरू युवराज ज्ञावली, विष्णु पौडेल र शंकर पोखरेल, पोलिटब्युरो सदस्यहरू सुरेन्द्र पाण्डे, प्रकाश ज्वाला, प्रदीप ज्ञवाली, बेदुराम भुसाल, विष्णु रिमाल र केन्द्रीय सदस्य भीम रावल रहनुभएको छ । हँसिया हथौडा अंकित झन्डामा कलम पनि राख्नुपर्ने प्रस्ताव बैठकमा पेस भएपछि अधिकांश केन्द्रीय सदस्यले आपत्ति जनाएका थिए । त्यस्तै, पदाधिकारीको संख्या विगतकै जस्तो कायम गर्ने कि बढाउने, केन्द्रीय समिति प्रस्ताव भएअनुसार १ सय २५ सदस्यीय बनाउने कि अझै बढाउने भन्नेमा पनि बैठकमा थरीथरीका धारणा आएका थिए । यी सबै धारणा र सुझाव समेटेर अन्तिम निर्णय गर्ने अधिकार पनि केन्द्रीय कमिटीले कार्यदललाई दिएको छ । त्यस्तै, पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद हुनुपर्नेमा अधिकांशको एउटै राय भएको बताइन्छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply