त्यहाँ पनि चल्ला प्रचण्डको जादु ?
काठमाडौं । अत्यन्तै चतुर राजनीतिक खेलाडीका रूपमा परिचित एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि एक पटक अर्को पासा फ्याँकेका छन् । आफ्नो पार्टीभित्र चुलिँदै गइरहेको विवाद मिलाउन नसकेका प्रचण्डले छिन्नभिन्न रहेको माओ विचारधारा अँगाल्ने पार्टीहरूबीच कार्यगत एकताको जाल फ्याँकेका हुन् । तर, हदै लचिलो भएर कार्यगत एकताको पक्षमा उभिए पनि अरू दलहरूले भने उनको कुरालाई सहजै पत्याइहाल्ने स्थिति भने देखिँदैन ।
दुई वर्षअघि एनेकपा (माओवादी)बाट छुट्टिएर गएको नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले पछिल्लो समय अरू साना कम्युनिस्ट पार्टी र समूहसित एकता गरेर जाने गृहकार्यलाई तीव्रता दिइरहेका थिए । खासगरी, मणि थापा महासचिव रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र परी थापाले नेतृत्व गरेको नेकपा (एकीकृत)बीच एकता गर्ने विषयमा सहमति भइसकेको छ । सहमतिका लागि साठी प्रतिशत कुरा टुंगिसकेको हुँदा निकट समयमै यी तीन पार्टीबीच एकता हुने लगभग निश्चितजस्तै छ । तर, पार्टीले लिने कार्यदिशा र नेतृत्वको संख्याका बारेमा नेकपा–माओवादीभित्र केही समस्या देखिएको हुँदा त्यसलाई सच्याएर मात्र एकता गर्ने सहमति भएअनुरूप तत्काललाई एकता प्रक्रिया रोकिएको हो । नेकपा–माओवादीको राष्ट्रिय सम्मेलनअघि नै एकता गर्ने तय भए पनि केही कुराहरू नमिलेको हुँदा एकता हुनमा ढिलाइ भएको बताइन्छ । एक नेताले भने– ‘अब एकता गर्दा टाउको मिलाउने मात्र होइन, हिजोका गल्ती र कमजोरीहरूलाई स्वीकारेर एकै ठाउँमा बस्ने हो ।’
केही दिनअघि, कार्यगत एकता गर्ने सन्दर्भमा एमाओवादी अध्यक्ष प्रचण्ड, माओवादी अध्यक्ष वैद्य, क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष थापा, एकीकृतका अध्यक्ष परी थापा र नेकपा (माओवादी)का संयोजक मातृका यादवबीच सहमति हुन पुगेको थियो । ती पार्टीहरूबीच गोलमेचसभामार्फत् संविधान निर्माणमा जोड दिने, जनताका जनजीविका र राष्ट्रियताका सवालमा सशक्त रूपले कुरा उठाउने, द्वन्द्वकालमा बेपत्ता पारिएका परिवार र घाइतेको पक्षमा कुरा उठाउने र सत्य निरुपण आयोगको बारेमा कुरा उठाउनेजस्ता विषयमा सहमति भएको थियो । सबै पार्टीका अध्यक्षहरू सम्मिलित भएर आउँदो असार ७ गते एउटा रूपरेखा बनाएर अगाडि बढ्ने सहमतिसमेत भएको छ ।
ती नेताका अनुसार, अहिले कार्यगत एकता भए पनि भविष्यमा भने पार्टी एकीकरण नै गरेर जाने आधारहरू तय गरिने छन् । अहिलेको कार्यगत एकता पार्टीहरूबीच एकीकरणको प्रारम्भिक खुट्किलाका रूपमा रहेको बताइएको छ । कम्युनिस्ट पार्टीहरूबीच धु्रवीकरण अत्यन्तै आवश्यक रहेको हुँदा पनि यो पहल थालिएको बताइन्छ । यसअघि, प्रचण्डले कार्यगत एकताको पक्षमा पटक–पटक कुरा उठाउँदै आएको र छुट्टिएर गएको वैद्यहरूसित पनि घनीभूत छलफल भएको हुँदा कार्यगत एकताले मूर्त रूप लिएको बताइन्छ ।
प्रचण्डको पहलमा भएको कार्यगत एकतालाई अहिले एमाओवादीका असन्तुष्ट नेता डा.बाबुराम भट्टराईलाई एक्ल्याउने प्रचण्डको रणनीतिको रूपमा पनि अथ्र्याउन थालिएको छ । विराटनगर भेलापछि हदै असन्तुष्ट बनेका डा.भट्टराई कुनै पनि बेला पार्टी विभाजन गरेर अलग्गिने सम्भावना बढेपछि प्रचण्ड वैद्यहरूसित सामिप्यता बढाएर भित्रभित्रै एकीकरण गर्ने पक्षमा पुगेको बताइन्छ । डा.भट्टराईले नवउदारवादी लाइन समातेको हुँदा उनीबाट कम्युनिस्ट आन्दोलन नहाँकिने निष्कर्षबीच पुगेका पार्टी र समूहबीच कार्यगत एकता हँुदै एकीकरणको तहसम्मै पुग्ने सम्भावना बढेको हो ।
अहिले प्रचण्डले शान्ति प्रक्रियामा आएपछि आफूद्वारा गल्ती भएको र गल्ती सच्याउन पनि तयार रहेको बताउन थालेका छन् । तर, आफू शक्तिमा हुँदा मात्तिने र शक्तिविहीन हुँदै जाँदा लचिलो बन्न पनि पछि नपर्ने प्रचण्डको स्वभाव विगतदेखि नै भएको हुँदा उनको कुरालाई अरू पार्टीका नेताहरूले तत्काल पत्याइहाल्ने स्थिति भने नरहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply