देउवाको बेग्लै चालबाजी
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्राय: एउटै थलोमा धेरै समयसम्म अडिएर बस्दैनन् । कांग्रेसको पार्टी कार्यालय सानेपामा आक्कलझुक्कल मात्रै जाने नेता देउवा सदनमा पनि कमै उपस्थित हुनेमध्ये पर्दछन् । अझ, कुनै समूहको आन्दोलनमा गएर समर्थन जनाउने त देउवाका लागि अपवादको विषय हो ।
तर, कांग्रेस नेता तिनै देउवाले आन्दोलन स्थगित हुनुपूर्व पर्यटन व्यवसायीहरूको आन्दोलनलाई स्थलमै गई समर्थन जनाए । ३४ दिनसम्म लम्बिएको पर्यटन व्यवसायीहरूको आन्दोलनलाई समर्थन गर्न अरू पार्टीका नेताहरू पनि गएका थिए । त्यही सिलसिलामा देउवा पनि समर्थन गर्न पुगेका थिए । त्यस्ता आन्दोलनहरूमा समर्थन गर्न सायदै पुग्ने गरेका देउवा भने किन पर्यटन व्यवसायीहरूको आन्दोलनलाई समर्थन गर्न गए त ? त्यसको भित्री रहस्य अर्कै रहेको बुझिएको छ ।
नेपाल पर्यटन बोर्ड एमालेका मन्त्रीले सम्हाले पनि नेता देउवा भने आफ्ना पार्टीका कार्यकर्तालाई प्रमुख कार्यकारी अधिकृत बनाउने सुरसारमा थिए । त्यसका लागि उनले होमवर्क पनि गरेको बुझिएको छ । आफ्ना मान्छेलाई बोर्डमा पुर्याउन उनले सम्पूर्ण शक्ति र स्रोतसमेत परिचालन गरेको बुझिएको छ । कामु प्रमुख कार्यकारी अधिकृत सुवास निरौलालाई नहटाई अरूका नियुक्तिका लागि बाटो नखुल्ने भएको हुँदा निरौला हटाऊ आन्दोलनमा उत्रिएका पर्यटन व्यवसायीहरूको पक्षमा देउवा उभिन पुगेको स्रोतको भनाइ छ ।
यसैबीच, आन्दोलनमा उत्रिएका पर्यटन व्यवसायीहरूले आन्दोलन स्थगित गरे पनि पर्यटन बोर्डको काम अहिलेसम्म सुचारु हुन सकिरहेको छैन । पर्यटन व्यवसायीहरूले उठाएको माग पूरा गर्न सम्बन्धित मन्त्रालय तयार भएर केही काम अघि बढे पनि बोर्ड भने अहिलेसम्म बन्दकै स्थितिमा छ । बोर्ड पुन:संरचना गर्न गठित समितिमा आन्दोलनकारी पक्षबाट समेत सदस्य थपेर काम अघि बढे पनि बोर्डभित्रको अवरुद्धपन अझै हटिसकेको छैन ।
संयुक्त पर्यटन समन्वय समितिका संयोजक रमेश धमलाले सरकारसित वार्ता चलिरहेको बताए । अहिले चलिरहेको वार्ता सकारात्मक हुँदै गएकाले एक दुई दिनभित्रै ठोस निष्कर्षमा पुग्ने उनले बताए । आन्दोलनमा उत्रिएका व्यवसायीहरूको मागलाई सम्बोधन गर्ने दिशातिर सरकार अघि बढे पनि बन्द अवस्थामा रहेको बोर्ड खुलाउनतिर कुनै पहल नभएकोमा भने आश्चर्य उत्पन्न भएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply