ईश्वरको अर्को नौटंकी
काठमाडां । पार्टीभित्रका नामुद कलाकार भन्नासाथ चिनिने एमाले महासचिव ईश्वर पोखरेल कलाकारितामा कतिसम्म पोख्त रहेछन् भन्ने उदाहरण आफू स्वयम्ले सोमबार उद्घाटित गरेका छन् । आफ्नो विचार सार्वजनिक गर्ने नाममा आफूनिकट केही पत्रकारलाई बोलाएर उनले लिखित कुण्ठा त व्यक्त गरे नै, सँगसँगै आफूलाई अब्बल कलाकारका रूपमा पनि प्रमाणित गराए ।
छोराको बिहेदेखि गुटका भेलासम्म अल्फाबिटामा हुँदै आएकोमा पोखरेलले सोमबारको कार्यक्रम तीनकुनेस्थित सिद्धार्थ कटेजमा राखेकोमा पत्रकारले समेत आश्चर्य मानेका थिए । कार्यक्रममा २२ बुँदे आफ्नो लिखित विचारसहित प्रस्तुत भएका पोखरेलले अन्तिम बुँदामा आफूलाई केहीे साथीहरूले खुट्टा किन कमाउने ? तपार्इंकै अध्यक्षतामा नयाँ टिम निर्माण चाहिँ किन गर्न नहुने भनेर सोध्ने गरेको भन्दै कुण्ठा व्यक्त गरेका हुन् ।
बढीजसो पार्टीका युवा नेताहरूको गालीगलौजमा खर्चिएको उनको लिखतमा उनी स्यवम्ले आफ्नो विगत बिर्सिएको वा अर्को चमत्कारी नाटक मञ्चन गरेको सहजै अनुमान लगाउन सकिन्छ । युवाहरूलाई पारसमणिको संज्ञा दिएका उनले भनेका छन्– ‘आफूले फलामलाई छोए सुन हुन्छ र सुनलाई छोए फलाम पनि सुन हुन्छ भ्रम उहाँहरूमा छ ।’ उनले अगाडि लेखेका छन्– ‘आफूलाई काँधमा बोक्नेलाई भर्भराउँदो युवा देख्ने र अलिकति आलोचनात्मक चेत राख्नेबित्तिकै उनीहरूप्रति पूर्वाग्रह राख्ने कतिपय नेताका कारण नेतृत्वको विकासमा समस्या उत्पन्न भएको छ ।’ यसो भनेर उनले माधव नेपालप्रति लक्षित गर्न खोजेका थिए । जबकि हिजो माधव नेपालसँग रहुन्जेल उनले माधवलाई नै सुन देख्थे, आज २० बर्से सिन्डिकेटमा हस्ताक्षरर गरेर केपी ओली गुटमा गएपछि ओलीलाई नै सुन देख्न थालेका छन् । कार्यक्रममा नेता पोखरेलको प्रस्तुतिले ओली समूह रक्षात्मक अवस्थामा पुगेको छनक दिएको थियो । डनवाद र धनवादको कुरा कोट्याएर किन तपार्इंहरू रक्षात्मक बन्नुभएको हो ? भन्ने पत्रकारहरूको प्रश्नमा उनी नाजवाफ भएका थिए ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply