नेपालका १ सय ६०, ओलीका ९०
असार ७, काठमाडौ । अरनिको राजमार्गमा पर्ने र भोली उपनिर्वाचन हुने जिल्ला बाहेक अन्यत्र आज (नेकपा (एमाले) को नवौं महाधिवेशन प्रतिनिधी छानिने क्रम धमाधम भईरहेको छ । आज दिउँसो ३ बजेसम्म प्रतिनिधी छनौट को काम सम्पन्न भएको ठाउमा अध्यक्षका प्रत्यासी माधव नेपालले समूहले अर्का प्रत्यासी केपी ओली समूहलाई निकै पछाडी छाडेका छन् ।
प्रारम्भिक नतिजा अनुसार अहिले सम्म नेपाल समुहका १ सय ६० प्रतिनिधी छानिएका छन् भने ओली समूहका ९० जना आएका छन् । करिब आधा दर्जन जति अहिलेसम्म कतै पनि खुलेका छैनन । अहिलेसम्म छानिएका प्रतिनिधीहरुममा म्याग्दीमा नेपाल समूहका ३, ओली समूहका ५, धादिगंमा नेपालका १६, ओलीका १०, लमजुंगमा नेपालका ७, ओलीका ९ र १ कतै नखुलेका, कालिकोटमा नेपाल र ओली दुवैका सात–सात, ताप्लेजुंग क्षेत्र नं २ मा नेपालका ६, ओलीका १, तेह्थुममा नेपालका ८, ओलीका ३, खोटागंमा नेपालका १२ ओलीका ६, ओखलढुंगामा नेपालका ७ ओलीका २, धनकुटामा नेपालका १३ ओलीका १, रसुवामा नेपालका ४ ओलीका ३, बैतडीमा नेपालका १३ ओलीका ८, पर्सा क्षेत्र नं ५ मा नेपाल ४ ओलीको शुन्य, रौतहट महिलामा नेपाल ७ ओली शुन्य, पर्वत क्षेत्र नं २ मा नेपाल ५ ओली ३, स्याङजामा नेपाल ९ ओली ११ र कतै नखुलेका १, नवलपरासी क्षेत्र नं ५ मा नेपाल ३ ओली शुन्य, बाग्लुङमा नेपाल १० ओली ६, गुल्मीमा नेपाल नेपाल १४ ओली ६ र कतै नखुलेका ३, जनकपूर सम्र्पकमा नेपाल २ ओली शुन्य, कोशी सम्र्पकमा नेपाल २ ओली ३ र रुपन्देही दलितमा नेपाल ३ ओली २ छन् । त्यस्तै कन्चनपूरको मजदूर र दलितमा नेपाल ४ र ओली शुन्य छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply