पछाडी परेपछि ओली समूह भौतिक आक्रमणमा
असार ७, काठमाडौं । एमालेको नवौं महाधिवेशनका प्रतिनिधी छनौटको प्रारम्भिक परिणाममा निक्कै पछाडी परेपछि अध्यक्षका प्रत्यासी केपी ओली समूहले अर्को समूहमाथि भौतिक आक्रमण गर्ने,मतदाता नामावलीवाट अर्को समूहका सदस्यको नामै छुटाउने जस्ता हर्कत देशभर शुरु गरेको छ ।
यस्ता गतिविधीमा सरकारका मन्त्रीहरुको समेत संलग्नता देखिएको बताईन्छ । सेती– काठमाडौं सम्पर्क कमिटीको प्रतिनिधी चयनको काम भईरहेका बेला उद्योग मन्त्री कर्ण बहादुर थापाको निर्देशनमा गएको टोलीले अर्का पक्षका कार्यकर्तामाथि कुटपिट गरेका थिए । यस्तै कार्यशैलीका कारणपटक पटक विवादमा आईरहने विद्यार्थी नेता ऐनबहादुर महर, प्रयाग खड्का लगायतकोे नेतृत्वमा गएको टोलीले कुटपिट गरेको थियो । त्यहाँ प्रतिनिधी छनौटको काम स्थगित गरिएको छ । त्यस्तै डोल्पामा सांसद धनबहादुर बुुढाको नेतृत्वको समूह प्रतिनिधी चयनका लागि भईरहेको बैठकमै आक्रमण उत्रेको थियो । सुर्खेतमा पनि ओली पक्ष भौतिक आक्रमणमा उत्रेको थाहा भएको छ । कास्कीमा योजनाबद्ध ढंगले नेपाल पक्षका ८ जना सदस्यको नाम छुटाईए पछि त्यहाँ पनि विवाद उत्पन्न भएको छ
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply