दोषजति वामदेव र शंकरलाई
काठमाडौँ । नवौँ महाधिवेशनमा देशभरबाट छानिएर आएका प्रतिनिधिको संख्या आफ्नो पक्षमा निकै कमजोर देखेपछि अध्यक्षका प्रयासी केपी ओली समूहभित्रको एउटा समूहले त्यसको सम्पूर्ण दोष सोही समूहका हर्ताकर्ता वामदेव गौतमलाई लगाएको छ ।
एमालेले केही जिल्लाबाहेक सबै ठाउँमा एकै दिन असार ७ गते प्रतिनिधि छान्ने निर्णय गरेको थियो । सोही निर्देशन अनुसार सहमति र प्रतिस्पर्धाबाट प्रतिनिधिको परिणाम आउने क्रम शनिबार दिउँसोबाटै भएको थियो । उक्त दिन करिब चार सय प्रतिनिधिको नामावली बाहिर आएको थियो । बाहिर जे जस्तो प्रचारबाजी गरे पनि उक्त परिणाममा ७० प्रतिशत प्रतिनिधि अध्यक्षका प्रत्यासी वरिष्ठ नेता माधव नेपालको पक्षमा देखिएपछि ओली समूहको एउटा भित्री समूहको गोप्य बैठक नयाँ बानेश्वरस्थित एक होटलमा बसेको थियो । उक्त बैठकको नेतृत्व शंकर पोखरेलले गरेको बुझिएको छ । स्रोतका अनुसार उक्त प्रारम्भिक परिणाम हेरेरै सो समूह नेपालले महाधिवेशनमा डेढ सयदेखि दुई सयको मत अन्तरले जित्ने निष्कर्षमा पुगेको थियो ।
नतिजा त्यस्तो आउनुमा मुख्य कारण अरू केही नभएर वामदेव गौतम नै भएको निष्कर्ष पनि त्यो भेलामा निकालिएको विश्वस्त सूत्रले बतायो । गौतमका उत्ताउला अभिव्यक्तिले कार्यकर्ता उल्टै भड्किएको भन्दै सहभागीहरूले उनको सत्तोसराप गरेको बताइन्छ । उता गौतम, सो समूहबाट फेरि पनि महासचिवका उम्मेदवार ईश्वर पोखरेललगायत भने शंकर पोखरेलसँग चिढिएको बताइन्छ । आफूलाई ‘महान् विचारक’ भन्ने तर सार्वजनिक रूपमा विधानविपरीतका कुरा गर्दै हिँडेको आरोप उनीहरूले पोखरेलमाथि लगाएका छन् । पोखरेलले ‘विधान अनुसार नेपाल अध्यक्षमा उठ्नै नपाउने भनेर’ लाटोले पनि नपत्याउने र जग हँसाउने कुरा गरेको उनीहरूले निष्कर्ष निकालेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply