केन्द्रीय सदस्यका आकांक्षीको लर्को
काठमाडौं । नेकपा (एमाले)को नवौं राष्ट्रिय महाधिवेशन १९ असारदेखि भुकुटीमण्डपमा सुरु हुँदैछ । सहमतिमा नेतृत्व चयनको सम्भावना टरेपछि भूगोलबाट महाधिवेशन प्रतिनिधि छनोटमै खेमामा उभिएकाहरू केन्द्रीय नेतृत्वमा आउन पनि खुलेर प्रतिस्पर्धामा उत्रिएका छन् ।
एमालेमा यसपटक केन्द्रीय सदस्यका आकांक्षी तटस्थ पाउन मुस्किल छ । मेचीमा नेपाल समूहबाट नरेश खरेल, युवराज कार्की, रविन कोइराला, तिलकुमार मेयाङ्बो, गणेश काम्बाङ, मणि सुब्बा, डम्बरसिंह सम्बाहाम्फे केन्द्रीय सदस्यका आकांक्षी देखिएका छन् भने ओली पक्षबाट हिक्मत कार्की, देवराज घिमिरे, देवेन्द्र दाहाललगायत छन् ।
यस्तै, कोशीमा नेपाल पक्षबाट राजेन्द्र राई (भोजपुर), राजेन्द्र राई (धनकुटा), जीवन घिमिरे, धर्म पौडेल, रेवती भण्डारी, हरि राई, यशोदा अधिकारी, भगवती चौधरीलगायत केन्द्रीय सदस्यका आकांक्षी छन् भने ओली समूहबाट भने राजेन्द्र गौतम, कृपाशुर शेर्पा र शेरधन राईको तयारी छ ।
सगरमाथामा नेपाल समूहबाट जगन्नाथ खतिवडा, यज्ञराज सुनुवार, पीके राई, रामचन्द्र यादव, गोविन्द न्यौपाने, लीलानाथ श्रेष्ठ, आङ्निमा शेर्पा, झलक शेर्पा, सत्यनारायण यादव र राजन राईको तयारी छ भने ओली समूहबाट विशाल भट्टराई, रामप्रीत पासवानले केन्द्रीय सदस्य उठ्ने योजना बनाएका छन् ।
जनकपुरमा नेपाल समूहबाट रामदयाल मण्डल, रत्नेश्वर गोइत, सत्यनारायण मण्डल, योगनारायण यादव, सत्रुघन महतो, गणेश पहाडी, गंगा नेपाल, खड्ग खत्री, राजनाथ साह केन्द्रीय सदस्यको तयारीमा छन् भने ओली समूहबाट केशव देवकोटा, श्रीप्रसाद साह, मनोज देवकोटालगायतको नाम चर्चामा छ ।
नारायणीमा नेपाल समूहबाट नागेन्द्र चौधरी, ललित बस्नेत, विरोध खतिवडा, कल्याणी खड्का, डा. वंशीधर मिश्र, रामकुमार भट्टराई, गोमा तिमिल्सना, मुनु सिग्देल, चिरञ्जीवी आचार्य, पुरुषोत्तम पौडेल र कृष्ण खनालको चर्चा छ भने ओली पक्षबाट काशीनाथ अधिकारी, देवी ज्ञवाली, कृष्ण दाहाल, रामेश्वर राना, अनन्त पौडेल, मुकुन्द न्यौपाने, केदार न्यौपाने र जगन्नाथ थपिलयाको चर्चा छ ।
बाग्मतीमा नेपाल पक्षबाट पशुपति चौलागाईं, गंगालाल तुलाधर, लालकुमार केसी, शेरबहादुर तामाङ, झम्क नेपाल, तोकबहादुर वाइबा, राजेन्द्रप्रसाद लोहनी, राजेन्द्र पाण्डे, देवशंकर पौडेल, कमला सुबेदी, सुवास कर्माचार्य, गुरु बुर्लाकोटीलगायत अरू धेरै आकांक्षी छन् भने ओली समूहबाट गोकुल बाँस्कोटा, बिदुर सापकोटा, रामहरि सुवेदी, सरेश नेपाल, केशव पाण्डे, पार्वत गुरुङ, आनन्द पोखरेल, कैलाश ढुंगेल, खेम लोहनीको चर्चा छ ।
उपत्यकामा पनि केन्द्रीय सदस्यका आकांक्षी कम छैनन् । नेपाल पक्षबाट जीवनराम श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, डा. बिजय पौडेल, वसन्त मानन्धर, सुरेन्द्र मानन्धर, राजेन्द्रमान श्रेष्ठ, विश्वनाथ प्याकुरेल, नारायण ढकाल, सुशीला नेपाल, माधव पौडेल, कृष्णलाल महर्जन, सोम मिश्र, मधुसुदन पौडेललगायत धेरै आकांक्षी छन् भने ओली समूहबाट रामेश्वर फुयाँल, रामवीर मानन्धर, महेश बस्नेत, राजेन्द्र राजथलाको चर्चा छ ।
यस्तै, गण्डकीबाट ओली पक्षबाट रवीन्द्र अधिकारी, खगराज अधिकारी, टुकराज सिग्देल, चक्र पराजुली, जगत विक, टुका हमालको चर्चा छ भने नेपाल समूहबाट त्रिलोचन ढकाल, तुलबहादुर गुरुङ, चूडामणि जंगली, जमिन्द्रमान घले, सीता ओली, श्रीनाथ बराल, चित्रबहादुर थापा, पीएल श्रेष्ठ, सोभियत ढकाल, शंकरनारायण श्रेष्ठ, पद्मा अर्याल, कृष्णा नेपालीलगायतको केन्द्रीय सदस्य बन्ने योजना छ ।
लुम्बिनीबाट ओली समूहका रामनाथ ढकाल, खिमलाल भट्टराई, तिलक महत, केन्द्रीय सदस्यका आकांक्षी छन् भने नेपाल समूहबाट घनश्याम भुसाल, बेदुराम भुसाल, गोकर्ण विष्ट, ठाकुर गैरे, विष्णु पन्थी, कृष्ण पौडेल, रवीन्द्र अधिकारी, बैजनाथ चौधरी, सोम पाण्डे, भोजप्रसाद श्रेष्ठ, नरेन्द्र क्षेत्री र तुल्सी चौधरीलगायतको चर्चा छ ।
यस्तै, धवलागिरिबाट नेपाल पक्षमा श्रीमाया थकाली, इन्द्रलाल सापकोटा, हीरा केसी, कल्पना चापागाईं, रामजी शर्मा, गणेश पौडेलको चर्चा छ भने ओली समूहबाट विकास लम्साल र गणेश तिमिल्सिनाको चर्चा छ ।
राप्तीबाट नेपाल समूहमा लक्ष्मण आचार्य, हरिप्रसाद घर्ती, घनश्याम पाण्डे, उदय बोहरा, ठगेन्द्र पुरी, नन्दलाल शर्मा, शेरबहादुर केसी र मेटमणि चौधरीको चर्चा छ भने ओली समूहबाट गोकुल घर्ती र भागवत विश्वासीको केन्द्रीय सदस्य हुने आकांक्षा छ ।
भेरीमा नेपाल समूहबाट दलबहादुर सुनार, गोविन्द कोइराला, गौरा प्रसार्इं, अमरबहादुर थापा, राजबहादुर बुढा, निरज आचार्य, रत्न खत्री, योगेन्द्र शाही, सूर्य ढकाल, टेकबहादर खाँड, विष्णु रिजाल केन्द्रीय सदस्यका दाबेदार छन् भने ओली समूहबाट देवराज भार, यामलाल कँडेल, विनोदकुमार शाह, लक्ष्मीप्रसाद पोखरेल, लक्ष्मण ज्ञवाली, भैरवसुन्दर श्रेष्ठ र श्याम ढकालको चर्चा छ ।
यस्तै, कर्णालीबाट ओली समूहका गोरखबहादुर बोगटी र धनबहादुर बुढाको चर्चा छ भने नेपाल समूहबाट देवीलाल थापा, कुर्मराज शाही, चन्द्रबहादुर शाही, गोपाल बम र तीर्थ बुढाको चर्चा छ ।
सेतीबाट ओली समूहबाट कर्णबहादुर थापा, दयालबहादुर शाही र गौरी वलीको चर्चा छ भने नेपाल समूहबाट गरिमा शाह, प्रेम आले, हर्कबहादुर सिंह, शेरबहादुर कुँवर, महेश्वर पाठक, भरत साउद, प्रकाश शाह र कमल तिमिल्सेनाको चर्चा छ ।
महाकालीबाट नेपाल समूहका उर्वादत्त पन्त, रामकुमार ज्ञवाली, डा. दीपकप्रकाश भट्ट, गणेश ठगुन्ना र डा. तारा जोशीको चर्चा छ भने ओली समूहका विक्रम शाही र दामोदर भण्डारी प्रतिस्पर्धाको तयारीमा छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply