महाधिवेशन स्थलमैपर्शुरामको गुण्डागर्दी
असार २१, काठमाडौं । पार्टीभित्र गुण्डा प्रवृतिलाई संरक्षण गर्दा पार्टीको स्तर कुन हदसम्म गिर्दे रहेछ भन्ने उदाहरण नेकपा एमालेको नवौं महाधिवेशनको खुला सत्रमा मा त दुनियाँले देखे नै हिजो बन्द सत्रमा देशभरवाट आएका प्रतिनिधिले पनि देख्नु पर्यो ।
अपराध कर्ममा विगत देखि नै संलग्न रहदै आए पनि आफूलाई केपी ओली समूहको विशेष संरक्षण रहेको बताउदै हिड्ने पर्शुराम बस्नेतको गुण्डागर्दीको कारण हिजो केहीबेर बन्द सत्र नै स्थगित भयो । मदन भण्डारी अध्ययन केन्द्रले निकालेको माधव नेपाल विचार समूहका नेताहरुको विचार समेटिएको पुस्तक बस्नेत नेतृत्वको अराजक जत्थाले च्यातेपछि स्थिति केहीबेर तनावपुर्ण बनेको थियो । जवकि त्यहाँ बामदेव गौतमको कृति, युवासंघको बुलेटिन पनि विमोचन गरेर बाँडिएको थियो । ती सामाग्री बाँडिएपछि मात्र केन्द्रले अध्यक्ष मण्डलसँग अनुमति लिएर माधव समूहका नेताको विचार समाविष्ट पुस्तक वितरण गरेको थियो ।
सो घटना पछि आइन्दा यस्ता घटना नदोहोरिउन भनेर १६ बुँदे आचार संहिता बनाईएको थियो । घटनामा संलग्नलाइ कार्वाही गर्न कुनै तत्तपरता देखाउनुको सट्टा अध्यक्ष मण्डल कि विद्या भण्डारीले घटना दुखद भएको भन्दै माफी मागेकि थिइन ।
मोरंग घर भएका यी उनै बस्नेत हुन् जो गुण्डागर्दीमा कुख्यात मानिन्छन् । हैसियत भन्दा बढी सम्पति कमाएको भन्दै केही महिना अघि उनी पक्राउ परेपनि युवा संघका अध्यक्ष महेश बस्नेत ले धरौटी रकम जोरजाम गरेर छुटाएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply