माधवको पक्षमा माहौल बढ्दै
असार २२,कठमाडौं । नेकपा एमालेको जारी नवौं महाधिवेशनमा दिन दिनै अध्यक्षका प्रत्यासी माधवकुमार नेपालका पक्षमा माहौल बन्दै गएको छ । महाधिवेशनस्थलमै गत शुक्रवार अध्यक्षका अर्का प्रत्यासी केपी समूहका्र प्रतिनिधि पर्शुराम बस्नेतले देखाएको गुण्डागर्दीले ले पनि कतै नखुलेका प्रतिनिधि बिस्तारै नेता नेपालको पक्षमा खुल्न थालेका हुन् ।
नेपालको पक्षमा माहौल बढेपछि ओली समूहले आफ्ना कायशकर्ता नभड्किऊन भनेर गोयबल्स शैलीको प्रचारलाई बढाएको छ । सो समूहले कहिले फलानो जिल्ला अध्यक्ष र त कहिले पुरै जिल्ला कमिटी ओली पक्षमा आयो भनेर भ्रम सृजना गरिरहेको छ । प्रतिनिधिलाई विश्वास दिलाउन उक्त समूहले आफ्नै समूहका प्रतिनिधिलाई ‘फलानो ओली तिर’ भन्दै गोयबल्स प्रचार गरेको छ । ओली समूहले प्रचारमा ल्याएका कतिपय नाम प्रति सम्वन्धित प्रतिनिधिले आपत्ति समेत जनाएका छन् ।
यसैवीच नेपाललाई सर्वसम्मवत अध्यक्ष बनाउन नेताहरु वीच प्रयास शुरु भएको छ । हिजो होटल सोल्टीमा बसेको बैठकमा सहमति नजुटेपछि आज पनि शिर्ष नेताहरु वीच होटल सोल्टीमा सहमतिको प्रयास भईरहेको बुझिएको छ । बार्ताका लागि नेता नेपालले नै पहल गर्नु भएको थियो ।
त्यसैगरी, अहिले महाधिवेशनमा प्रस्तुत प्रतिबेदन माथि छलफल गर्न गठित समूहगत टोलीहरुले टोली नेता छान्ने काम भई रहेको छ । अहिले सम्म जेष्ठ कम्युनिष्ट मन्च, राप्ती, गण्डकी, महासंघ र कोशीले मात्र टोली नेता छानिसकेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply