खनालको साथ नेपाललाई
काठमाडौं । नेकपा (एमाले)को नवौं महाधिवेशनको सन्दर्भमा लामो समयसम्म कतै पनि नखुलेका अध्यक्ष झलनाथ खनालले अन्तिममा आएर वरिष्ठ नेता माधवकुमार नेपाल विचार समूहलाई सघाउने हुनुभएको छ । आइतबार दुई नेताबीच भएको छलफलपश्चात दुवै नेताले सल्लाह गरेर महाधिवेशनमा एउटै समूह उठाउने सहमति भएको हो ।
दुई नेताबीच भएको सहमतिलाई ओली समूहले अझै पनि निराधार भन्दै दुष्प्रचार गर्न छाडेको छैन । विगतमा खनाल समूहसँग निकट रहनुभएका नेता प्रकाश ज्वालाका अनुसार खनालले नेपाललाई सघाउने सहमति त अब खुला जस्तै भइसकेको छ । उहाँले भन्नुभयो– ‘दुवै नेता सल्लाह गरेर टिम घोषणा गर्ने सहमति भएको छ, त्यसैले पनि अब माधव नेपाल विचार समूहको जित सुनिश्चित भइसकेको छ ।’
दुई नेताबीचको यो सहमतिपछि केपी ओली समूहमा थप संकट उत्पन्न भएको छ । यो समूहले विगतमा आफूले जित्ने प्रमुख आधारका रूपमा खनालको समर्थन आफूहरूलाई रहेको भन्दै प्रोपोगन्डा मच्चाउँदै आएको थियो । जारी महाधिवेशनमा समूहगत छलफल सकिएर निर्वान प्रक्रिया सुरु हुँदा नहुँदै खनालले अध्यक्षका प्रत्यासी नेपाललाई सघाउने बताएपछि ओली समूह तिल्मिलाएको छ । यसै त समूहगत टोली नेता छान्ने क्रममा भएको मतदानमा नेपाल समूहभन्दा निकै पछाडि परेको ओली समूहलाई खनाल–नेपाल एकताले झन् ठूलो चस्का दिएको छ ।
त्यसो त, खनाल निकट भनेर चिनिने नेताहरू पहिल्यैबाट नेपाल समूहमा खुलेर लागिसकेका थिए । तर, भ्रम सिर्जना गर्नमा पोख्त ओली समूहले खनालको साथ आफूहरूलाई नै रहेको झूट प्रचार गरिरहेका थिए । तर, अहिले खनाललाई आफ्ना भनेर चिनिएका केही नेतालाई नेपालको पक्षमा खुल्न निर्देशन दिएर आफू पनि नेपाल पक्षमै रहेको प्रस्ट संकेत दिएपछि ओली समूहका केही नेता अहिले खनालकै मानमर्दनमा उत्रिएका छन् । ‘खनालका मान्छे नेपालतिर गइसकेका थिए, उनी एक्लो थिए’ भन्ने आत्मरतिमा ओली समूह रमाइरहेको छ ।
खनालको पनि समर्थन रहने भएपछि नेपाल नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुने पक्कापक्की भएको छ । त्यसो त देशभरका प्रतिनिधि छनोटकै क्रममा ओली समूहभन्दा धेरै अग्रता लिएका नेपाललाई अहिले पार्टीको संस्थापनकै साथ रहेपछि जित सुनिश्चित भइसकेको देखिन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply