खनालको साथ नेपाललाई
काठमाडौं । नेकपा (एमाले)को नवौं महाधिवेशनको सन्दर्भमा लामो समयसम्म कतै पनि नखुलेका अध्यक्ष झलनाथ खनालले अन्तिममा आएर वरिष्ठ नेता माधवकुमार नेपाल विचार समूहलाई सघाउने हुनुभएको छ । आइतबार दुई नेताबीच भएको छलफलपश्चात दुवै नेताले सल्लाह गरेर महाधिवेशनमा एउटै समूह उठाउने सहमति भएको हो ।
दुई नेताबीच भएको सहमतिलाई ओली समूहले अझै पनि निराधार भन्दै दुष्प्रचार गर्न छाडेको छैन । विगतमा खनाल समूहसँग निकट रहनुभएका नेता प्रकाश ज्वालाका अनुसार खनालले नेपाललाई सघाउने सहमति त अब खुला जस्तै भइसकेको छ । उहाँले भन्नुभयो– ‘दुवै नेता सल्लाह गरेर टिम घोषणा गर्ने सहमति भएको छ, त्यसैले पनि अब माधव नेपाल विचार समूहको जित सुनिश्चित भइसकेको छ ।’
दुई नेताबीचको यो सहमतिपछि केपी ओली समूहमा थप संकट उत्पन्न भएको छ । यो समूहले विगतमा आफूले जित्ने प्रमुख आधारका रूपमा खनालको समर्थन आफूहरूलाई रहेको भन्दै प्रोपोगन्डा मच्चाउँदै आएको थियो । जारी महाधिवेशनमा समूहगत छलफल सकिएर निर्वान प्रक्रिया सुरु हुँदा नहुँदै खनालले अध्यक्षका प्रत्यासी नेपाललाई सघाउने बताएपछि ओली समूह तिल्मिलाएको छ । यसै त समूहगत टोली नेता छान्ने क्रममा भएको मतदानमा नेपाल समूहभन्दा निकै पछाडि परेको ओली समूहलाई खनाल–नेपाल एकताले झन् ठूलो चस्का दिएको छ ।
त्यसो त, खनाल निकट भनेर चिनिने नेताहरू पहिल्यैबाट नेपाल समूहमा खुलेर लागिसकेका थिए । तर, भ्रम सिर्जना गर्नमा पोख्त ओली समूहले खनालको साथ आफूहरूलाई नै रहेको झूट प्रचार गरिरहेका थिए । तर, अहिले खनाललाई आफ्ना भनेर चिनिएका केही नेतालाई नेपालको पक्षमा खुल्न निर्देशन दिएर आफू पनि नेपाल पक्षमै रहेको प्रस्ट संकेत दिएपछि ओली समूहका केही नेता अहिले खनालकै मानमर्दनमा उत्रिएका छन् । ‘खनालका मान्छे नेपालतिर गइसकेका थिए, उनी एक्लो थिए’ भन्ने आत्मरतिमा ओली समूह रमाइरहेको छ ।
खनालको पनि समर्थन रहने भएपछि नेपाल नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुने पक्कापक्की भएको छ । त्यसो त देशभरका प्रतिनिधि छनोटकै क्रममा ओली समूहभन्दा धेरै अग्रता लिएका नेपाललाई अहिले पार्टीको संस्थापनकै साथ रहेपछि जित सुनिश्चित भइसकेको देखिन्छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply