महाधिवेशनका करोडका चर्चा
काठमाडौं । अस्ट्ेरलियाको परमानेन्ट रेसिडेन्टल (पीआर) लिएको आरोपमा जगेडामा रहेका अर्थ मन्त्रालयका भरत सुवेदीको सरुवाले यतिखेर एमालेको महाधिवेशन निकै गर्माएको छ । प्रधानमन्त्रीको अनुपस्थितिमा तेस्रो पटक विवादास्पद निर्णय गरेका कार्यबाहक प्रधानमन्त्री वामदेव गौतमले एकाएक सुवेदीलाई अर्थ मन्त्रालयमा सरुवा गर्ने काम गरेपछि एमालेको महाधिवेशनमा पनि सुवेदीको चर्चा भएको हो ।
सोमबार भएको मन्त्रिपरिषद् बैठकमा गौतमले अर्थमन्त्री डा. रामशरण महतको मिलेमतोमा एकाएक सुवेदीलाई सरुवा गर्ने प्रस्ताव गरेपछि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बैठक नै बहिष्कार गरेका थिए । पीआर लिने कर्मचारीलाई कारबाही गर्ने वाहवाही पाएका पण्डित कमजोर भएको मौका पारेर र प्रधानमन्त्रीको अनुपस्थितिमा गौतमले सुवेदीसँग मोटो रकम मागेर सरुवा गरेको कर्मचारीको दाबी छ ।
उसो त सोमबार एमाले महाधिवेशन हलमा पेसागततर्फका प्रतिनिधिले मोटो रकम लिएर सुवेदीको सरुवा गरेर आफ्नै पार्टी मन्त्रीलाई कमजोर पारेको भन्दै उनीहरूले गौतमविरुद्ध नाराबाजीको चेतावनी दिएपछि गौतम महाधिवेशनबाट बाहिरिएका थिए । स्रोतका अनुसार, गौतमले महाधिवेशनमा खर्च गर्न भनेर सुवेदीसँग १ करोड रुपियाँ मागेको र सुवेदी मन्त्री महतको सहकार्यमा ५० लाख रुपियाँ दिन तयार भएको बुझिएको छ ।
सामान्य प्रशासनमन्त्री पण्डितले सुवेदीको सरुवा रोकेर उनलाई सीप विकास तालिम केन्द्र खुमलटारमा सरुवा गरेपछि सरुवा नबुझेर उनी जगेडामा बसिरहेका थिए भने पीआर लिएका कर्मचारीको मामलामा प्रधानमन्त्री सुशील कोइराला पनि सकारात्मक थिए । कोइराला उपचार गर्न अमेरिका गएको मौका पारेर गौतमले महाधिवेशन खर्चको जोहो गर्दै विवादास्पद सहसचिवलाई सरुवाको निर्णय गरेर आफ्नो चरित्र अरू उदांगो पारेका छन् ।
उसो त उनले गरेको निर्णय कुन चँहिँ टिकेको छ र † अघिल्लो साता २६ सभासद्को मनोनयन गर्छु भनेर गरेको हल्ला २४ घन्टा पनि टिकेको थिएन । भोलिपल्टै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा यस्तो हुन सक्दैन भनेपछि गौतम हिस्स परेका थिए । एमाले महाधिवेशनकै सन्दर्भमा केपी ओली समूहसँग आफूलाई ४० प्रतिशत केन्द्रीय समिति चाहिन्छ भनेर बार्गेनिङ गरेका गौतमले पत्रकार सम्मेलन नै गरेर आफूले त्यस्तो माग नगरेको बताएका थिए । यस पटक उनले सुवेदीलाई मोटो रकम लिएर सरुवाको प्रयास गरे पनि एमाले महाधिवेशनमा असर पर्ने देखिएपछि उनले केही दिनलाई सरुवा रोक्न भनेको स्रोतको दाबी छ । सुवेदीको सरुवाको पत्र रोकिएको बताइएको छ । गौतमले महाधिवेशन सकिएपछि सुवेदीलाई सरुवा गरेर कार्यकर्ताको मन पनि राख्ने र सुवेदीको उपहार पनि चाख्ने योजना बनाएर सरुवा रोकेको पाइएको छ । महाधिवेशन प्रतिनिधि भने उद्घाटन सत्रमा भित्र छिर्न नपाएका कार्यकर्ताको भावनामा संवेदित भएर गौतमप्रति आक्रोशित भइरहेका बेला सुवेदीको सरुवाले अरू उत्तेजित भएका छन् । उनीहरूले महाधिवेशनस्थलमै नाराबाजी गर्ने चेतावनी दिएका छन् । महाधिवेशन हल बाहिर त उद्घाटन सत्रकै दिन उनीविरुद्ध नाराबाजी भएकै हो ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply