सुष्माले घोचपेच गरेपछि….
काठमाडौं । ‘हामी नेपाल–भारतीबीच ऊर्जा उपयोगका बारेमा धेरै राम्रो कुराकानी गर्छौं तर जब ऊर्जा व्यापार सम्झौताको कुरा आउ“छ, तब भीम रावलजी जस्ता नेताले नै मान्नुहुन्न…..।’
एमाले प्रतिनिधिमण्डलस“गको कुराकानीको सुरुमै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नामै लिएर बोलेपछि एमाले उपाध्यक्ष भीम रावल नबोलिरहन सकेनन् । ‘एक्स्लेन्सी’ भन्दै उनले अंग्रेजीमा धाराप्रवाह कुरा थालेपछि आइतबार बिहान बौद्धस्थित ह्यात होटलमा विदेशमन्त्री स्वराज र एमाले प्रतिनिधिमण्डलबीचको वार्ताले नया“ मोड लियो । वास्तवमा दुई पक्षबीचको कूटनीतिक कुराकानीमा यसरी कसैको नाम लिएर कुरा गरिन्न । तर, मन्त्री स्वराजले जानाजान आफ्नो नाम लिएपछि रावलले तर्कसहित आफ्ना कुरा राख्नुभएको थियो ।
‘म ऊर्जा व्यापार सम्झौताको विरोधी होइन । तर, राष्ट्रिय हितका विषयमा जसरी अरू देशस“ग कुरा गर्दा तपाईंको देशमा राष्ट्रिय सहमति खोजिन्छ, त्यसैगरी हाम्रो देशमा पनि सबै पक्षबीच सहमति हुनुपर्छ भन्ने मेरो मान्यता हो’– रावलले स्वराजलाई भनेको उद्धृत गर्दै स्रोतले भन्यो– ‘कुनै पनि देशले आफू हेपिएर, ठगिएर वा घाटामा परेर सम्झौता गर्दैन र त्यस देशका जनताले उक्त कुरालाई स्वीकार गर्दैनन् । यसबाट न सम्झौता कार्यान्वयन हुन्छ, न त दुई देशबीचको सम्बन्ध नै सुदृढ हुन्छ ।’
भएको के रहेछ भने उपाध्यक्ष रावलले ऊर्जा मन्त्रालयले हतार–हतार भारतस“ग ऊर्जा व्यापार सम्झौता गर्न लागेको थाहा पाएपछि एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओलीस“ग भेटेरै आपत्ति जनाउनुभएको रहेछ । बालकोटस्थित उहा“कै घरमा पुगेर ‘यस्तो सम्झौता गर्दा विवाद हुन्छ, विवादास्पद बु“दा राखेर सम्झौता गर्न लागिएको छ’ भन्दै ओलीस“ग उहा“ले सकभर केन्द्रीय कमिटीको, नत्र पदाधिकारीको बैठक बोलाउन माग पनि गर्नुभएको थियो । ओलीले ती दुवै काम नगरे पनि संसदीय दलको कार्यालयमा ‘जसरी पनि भारतस“ग ऊर्जा सम्झौता गर्नैपर्छ’ भनेर लागिपरेका उपप्रधानमन्त्री वामदेव गौतम र ऊर्जामन्त्री राधा ज्ञवालीलाई बोलाएर छलफल गर्नुभएको थियो । उक्त दिन ओलीले उपाध्यक्ष रावल र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई देखाउ“दै ‘उहा“हरू दुई जनालाई नसोधी कुनै पनि निर्णय नगर्नू’ भन्नुभएको स्रोतले बतायो । तर, त्यसबीचमा ऊर्जामन्त्री ज्ञवालीले दुवै जनास“ग कुनै छलफल नगरेपछि उपाध्यक्ष रावल र महासचिव ईश्वर पोखरेलले ज्ञवालीस“ग सोधपुछ पनि गर्नुभएको थियो । स्रोतले भन्यो– ‘यी सबै कुराको जानकारी भारतीय पक्षलाई रहेछ । त्यही भएर त्यत्रो प्रतिनिधिमण्डलका बीचमा भीम रावलको नामै लिएर स्वराजले घोचपेच गर्नुभयो ।’
उपाध्यक्ष रावल र मन्त्री स्वराजबीच व्यक्तिगत रूपमा चिनजान थिएन । कहिलेकाही“ व्यक्तिगत चिनजान हु“दा प्रसंगवश त्यसरी नाम उल्लेख गरे पनि औपचारिक वार्तामा भने नाम उल्लेख गर्नुलाई गम्भीर रूपमा लिइन्छ । वार्तामा सहभागी एक नेताले बुधबारलाई बताए अनुसार, एमालेलाई भारतीय पक्षले ‘तिमीहरूका सबै गतिविधिबारे हामी जानकार छौं’ भन्ने सन्देश दिनका लागि रावलको नाम उल्लेख गरिएको थियो ।
विदेशमन्त्री स्वराजलाई गाडीसम्म बिदाइ गर्न आउ“दा पनि रावल र उहा“बीच केही कुराकानी भइरहेको सहभागीले देखेका थिए ।
सुजाथाका कुरा सुष्माले काटिन्
कार्यबाहक अध्यक्ष वामदेव गौतमले नेतृत्व गरेको एमालेको टोलीस“गको कुराकानी सुरु गर्दै भारतीय विदेशसचिव सुजाथा सिंहले आफ्नो तर्फबाट पठाइएको ऊर्जा व्यापार सम्झौता जस्ताको तस्तै पारित हुनुपर्नेमा विशेष जोड दिनुभएको थियो । उहा“को भनाइ थियो– ‘लगानीकर्ताले नाफा त खोज्छ नै । यदि उसको लगानी सुरक्षित भएन र नाफा कमाइ हुने भएन भने लगानीकर्ता किन आउ“छ ? भारतको मात्र किन कुरा गर्नु, दुनिया“का सबै लगानीकर्ताको अवस्था यही हो ।’
तर, विदेशमन्त्री स्वराजले भने आफ्नै विदेशसचिवको भनाइ खण्डित गर्दै एमाले टोलीलाई आश्वस्त बनाउन खोज्नुभएको थियो । उहा“को भनाइ थियो– ‘जलस्रोत नेपालको सम्पदा हो । यसबाट तपाईंंहरू जलविद्युत् निकाल्नूस् । त्यसका लागि आफैं गर्नुहुन्छ, भारतीय लगानीकर्ता ल्याउनुहुन्छ वा अरू कुनै मुलुकबाट ल्याउनुहुन्छ, त्यो तपाईंहरूको स्वतन्त्रताको कुरा हो । तपाईंहरूले उपयोग गरेर बा“की रहेको विद्युत् हामीले लिने हो । त्यो पनि उपहारका रूपमा होइन, किनेर लिने हो । यति स्पष्ट कुरा हु“दाहु“दै यसमा विवाद गर्नुपर्ने के छ र ?’ स्वराजको उक्त कुरालाई एमालेका नेताहरूले प्रशंसा गरेका थिए । एमाले टोलीस“गको छलफलबाट आफू धेरै विषयमा स्पष्ट भएको भन्दै स्वराजले खुसी प्रकट गर्नुभएको थियो ।
समय नै नलिई भेटघाटको हल्ला
शनिबार अपरान्ह तीन बजे मल्ल होटलमा स्वराज र उपप्रधानमन्त्री गौतमबीच भेटघाट हुने भनेर सञ्चारकर्मीलाई बोलाइए पनि उक्त भेटघाट नै तय भएको रहेनछ । स्वराजको भ्रमणमा आएको हु“ भन्ने एक जना यादव थरका भारतीयले एमालेका सुनसरी जिल्लास्तरीय नेता जगदीश कुसियतस“ग गौतमको ‘समय मिलाएका’ रहेछन् । तर, आधा घन्टाअघि पुगेका गौतमले थप आधा घन्टा कुर्दा पनि स्वराज नआएपछि हल्लीखल्ली मच्चिएको थियो र गौतम खाली हात फर्किनुपरेको थियो ।
आइतबारको भेटमा स्वराजले आफ्नो तर्फबाट कुनै गल्ती नभएको एमाले प्रनिनिधिमण्डललाई सुनाउनुभयो । ‘त्यो मिस कम्युनिकेसन पनि थिएन, कम्युनिकेसन ग्याप पनि थिएन’– बैठकको सुरुमै स्वराजको भनाइ थियो– ‘त्यो नन–कम्युनिकेसन थियो, हामीले समय नै तय गरेका थिएनौं ।’ आफ्नो हुस्सुपना सम्झेर गौतम मौन बसेका थिए ।
आधा नेपाली, आधा हिन्दी
एमालेको टोलीले ह्यात पुग्नुअघि आपसमा अंग्रेजीमा बोल्ने सल्लाह गरेको थियो । तर, टोली नेता गौतमलाई अंग्रेजी आउने कुरा भएन । त्यही भएर बरु उहा“ले नेपालीमा बोल्ने र भीम रावलले अंग्रेजीमा उल्था गरिदिने कुरा भएको थियो । तर, औपचारिक परिचय सुरु गर्दैगर्दा स्वराजले म अधिकांश नेपाली बुझ्छु भनेपछि बैठकमा प्रयोग गर्ने भाषामा गोलमाल भएको थियो । टोली नेता गौतमले नेपालीमा बोले पनि बीचबीचमा हौसिएर हिन्दीमा कुरा गर्नुभएको थियो ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply