बाबुराम छुट्टिने तयारीमा
काठमाडौं । पछिल्लोपटक विराटनगर सम्मेलनबाट अध्यक्ष पुष्पकमल दाहालस“ग मन कु“ड्याएर फर्केका एमाओवादी नेता डा. बाबुराम भट्टराई अन्ततः छुट्टिने मनस्थितिमा पुगेका छन् । त्यसका लागि उनले जिल्ला–जिल्लामा ढिलो गरी आक्रामक ढंगले गतिविधि बढाएका छन् ।
स्रोतका अनुसार, आफू सधैं दाहालको हेपाइ र पेलाइको सिकार भएको महसुस गरेका भट्टराईले दाहाललाई पनि आरामस“ग बस्न नदिने प्रण गरेका छन् । त्यसैअनुरूप पार्टी संगठन अस्तव्यस्त पार्ने दाउमा उनी लागेका छन् । संविधानसभा निर्वाचनमा उम्मेदवार छनोट गर्दा र निर्वाचनपछि समानुपातिक सभासद्को अन्तिम नामावली तयार गर्दा गरिएको व्यवहारलाई निम्नकोटीको ठानेका भट्टराईले दाहाललाई चुनौती दिन त्यसबेलादेखि नै जिल्ला समानान्तर कमिटी बनाउन थालेका थिए । उनले विराटनगर सम्मेलनअघि तराईका बारा, पर्सा, रौतहट र सुदूरपश्चिमको बैतडीमा समानान्तर जिल्ला कमिटी गठन गरेका थिए । यी भट्टराई पक्षको बाहुल्य भएका जिल्लाका रूपमा चिनिन्छन् । समानान्तर कमिटी गठन भएपछि विवाद मिलाउन पार्टीले दाहाल पक्षका वर्षमान पुन र भट्टराई पक्षका देवेन्द्र पौडेलसहितको एउटा कार्यदल बनाएको थियो । तर, कार्यदल बनेपछि यो क्रम रोकिनुको सट्टा झन्–झन् बढेको छ । विराटनगर सम्मेलनयतासम्म सिन्धुली, धनुषा, मकवानपुर, गोरखा, डडेल्धुरा, कैलालीलगायतका जिल्लामा समानान्तर कमिटी गठन भइसकेका छन् ।
‘यो भनेको कुनै पनि दिन एमाओवादीबाट अलग्गिने भन्ने संकेत नै हो’– भट्टराई निकट एक नेताले भने– ‘तर, त्यो दिन अहिल्यै किटान गर्न सकि“दैन ।’ एमाओवादी स्रोतका अनुसार, छुट्टिनका लागि भट्टराईले माघ ८ लाई पर्खेर बसेका छन् । माघ ८ अघि पार्टी विभाजन गर्दा संविधान निर्माणमा असर पर्ला र त्यसको दोष आफूमाथि पर्ला भन्नेमा उनी सचेत रहेको बताइन्छ ।
विप्लवको आशा
स्रोतका अनुसार, पार्टी विभाजनका लागि भट्टराईले सबभन्दा धेरै आशा नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’स“ग गरेका छन् । एमाओवादी र नेकपा–माओवादीसहितका दलहरूका बीच चलेको कार्यगत एकताका पहलप्रति यी दुवै नेता सन्तुष्ट छैनन् । उता, नेकपा–माओवादीमा पनि विवाद चुलि“दै गएको छ । अध्यक्ष मोहन वैद्यको प्रतिवेदनविरुद्ध फरक प्रतिवेदन लेखेका विप्लवले पार्टी फुटाउने चर्चा सो पार्टीमा व्याप्त छ । यो अवस्थामा यी दुई नेताको गठजोडको सम्भावनालाई पनि संवेदनशील ढंगले हेरिएको छ । यी दुई नेताबीच बाक्लि“दो भेटघाट र कुराकानीलाई पनि सोही संकेतका रूपमा अथ्र्याउने गरिएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply