बाबुराम छुट्टिने तयारीमा
काठमाडौं । पछिल्लोपटक विराटनगर सम्मेलनबाट अध्यक्ष पुष्पकमल दाहालस“ग मन कु“ड्याएर फर्केका एमाओवादी नेता डा. बाबुराम भट्टराई अन्ततः छुट्टिने मनस्थितिमा पुगेका छन् । त्यसका लागि उनले जिल्ला–जिल्लामा ढिलो गरी आक्रामक ढंगले गतिविधि बढाएका छन् ।
स्रोतका अनुसार, आफू सधैं दाहालको हेपाइ र पेलाइको सिकार भएको महसुस गरेका भट्टराईले दाहाललाई पनि आरामस“ग बस्न नदिने प्रण गरेका छन् । त्यसैअनुरूप पार्टी संगठन अस्तव्यस्त पार्ने दाउमा उनी लागेका छन् । संविधानसभा निर्वाचनमा उम्मेदवार छनोट गर्दा र निर्वाचनपछि समानुपातिक सभासद्को अन्तिम नामावली तयार गर्दा गरिएको व्यवहारलाई निम्नकोटीको ठानेका भट्टराईले दाहाललाई चुनौती दिन त्यसबेलादेखि नै जिल्ला समानान्तर कमिटी बनाउन थालेका थिए । उनले विराटनगर सम्मेलनअघि तराईका बारा, पर्सा, रौतहट र सुदूरपश्चिमको बैतडीमा समानान्तर जिल्ला कमिटी गठन गरेका थिए । यी भट्टराई पक्षको बाहुल्य भएका जिल्लाका रूपमा चिनिन्छन् । समानान्तर कमिटी गठन भएपछि विवाद मिलाउन पार्टीले दाहाल पक्षका वर्षमान पुन र भट्टराई पक्षका देवेन्द्र पौडेलसहितको एउटा कार्यदल बनाएको थियो । तर, कार्यदल बनेपछि यो क्रम रोकिनुको सट्टा झन्–झन् बढेको छ । विराटनगर सम्मेलनयतासम्म सिन्धुली, धनुषा, मकवानपुर, गोरखा, डडेल्धुरा, कैलालीलगायतका जिल्लामा समानान्तर कमिटी गठन भइसकेका छन् ।
‘यो भनेको कुनै पनि दिन एमाओवादीबाट अलग्गिने भन्ने संकेत नै हो’– भट्टराई निकट एक नेताले भने– ‘तर, त्यो दिन अहिल्यै किटान गर्न सकि“दैन ।’ एमाओवादी स्रोतका अनुसार, छुट्टिनका लागि भट्टराईले माघ ८ लाई पर्खेर बसेका छन् । माघ ८ अघि पार्टी विभाजन गर्दा संविधान निर्माणमा असर पर्ला र त्यसको दोष आफूमाथि पर्ला भन्नेमा उनी सचेत रहेको बताइन्छ ।
विप्लवको आशा
स्रोतका अनुसार, पार्टी विभाजनका लागि भट्टराईले सबभन्दा धेरै आशा नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’स“ग गरेका छन् । एमाओवादी र नेकपा–माओवादीसहितका दलहरूका बीच चलेको कार्यगत एकताका पहलप्रति यी दुवै नेता सन्तुष्ट छैनन् । उता, नेकपा–माओवादीमा पनि विवाद चुलि“दै गएको छ । अध्यक्ष मोहन वैद्यको प्रतिवेदनविरुद्ध फरक प्रतिवेदन लेखेका विप्लवले पार्टी फुटाउने चर्चा सो पार्टीमा व्याप्त छ । यो अवस्थामा यी दुई नेताको गठजोडको सम्भावनालाई पनि संवेदनशील ढंगले हेरिएको छ । यी दुई नेताबीच बाक्लि“दो भेटघाट र कुराकानीलाई पनि सोही संकेतका रूपमा अथ्र्याउने गरिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply