प्राकृतिक विपत्तिको सामना
सिन्धुपाल्चोकको मांखाको जुरे पहाड भत्किँदा ठूलो जन–धनको क्षति भएको छ । अहिलेसम्म १७ जनाको ज्यान गुमेको पुष्टि भए पनि मानवीय क्षतिको यकिन संख्या पत्ता लाग्न सकेको छैन । सयौं स्थानीय बासिन्दा पहिरोमा परी हराइरहेका छन् कैयौं विस्थापित भएका छन् । उनीहरुको घरबार पहिरोले बगाएको छ । पहाड भत्केर सुनकोशीको वहाव रोकिएपछि सिर्जना भएको संकट नेपाली सेनाले बम विस्फोट गरेर खुलाएपछि कम भएको छ । तर, स्थानीय बासिन्दाको संकट र त्रासदी भने घट्न सकेको छैन । सरकारले सक्दो प्रयास गरेर पीडित जनताको उद्दार गर्न र राहत दिनका लागि कोसिस गरिरहेको छ । सरकारका अधिकारीहरुले घटनास्थलमा पुगेर जानकारी हासिल गरेका छन् । तर, यतिले पर्याप्त हुने कुरा भएन । आफन्त गुमाएको पीडा त छँदैछ, खाने गास र बस्ने बासको पनि ठेगान नहुादा स्थानीय बासिन्दाले जिन्दगीमा कहिल्यै पनि कल्पना नगरेको भुक्तमान भोग्नुपरेको छ । संखुवासभामा पनि यही बेला पहिरो गएर पाँच जनाको मृत्यु भएको समाचार सार्वजनिक भएको छ ।
नेपाल अधिकांश भूभाग पहाडबाट बनेको छ । वर्षा लाग्नासाथ पहाडमा पहिरो र तराईमा बाढीको त्रासदी फैलिहाल्छ । अलि धेरै पानी पर्ने हो भने एकै दिनमा कैयौं ठाउँमा भीषण पहिरो गएका र त्यसबाट ब्यापक जनधनको क्षति भएका समाचारहरुले सञ्चारमाध्यमहरु भरिन्छन् । वास्तवमा प्राकृतिक रुपमा आउने विपत्तिलाई रोक्न सकिँदैन । तर, त्यसलाई न्यूनीकरण गर्न चाहिं सकिन्छ । अहिले पहाडतिरको समस्यालाई हेर्ने हो भने गाउँगाउँमा बाटो पुर्याउँदा बैज्ञानिक रुपमा त्यसको रेखांकन हुन नसक्दा पनि समस्या देखिएको छ । बाटो पुर्याउने नाममा पर्याप्त प्राविधिक पक्षहरुको ख्यालै नगरी डोजर चलाउने वा खन्ने जस्ता कामले जमिनको सन्तुलन विग्रन गएको पाइन्छ । यसबाट ठाउँठाउँमा समस्या देखा परेको पाइन्छ । तर, सिन्धुपाल्चोकको समस्या त त्यस्तो पनि होइन । भूगर्वविद् र नदी विशेषज्ञहरुले प्राकृतिक रुपमा कैयौं वर्षको अन्तरालपछि यस्तो हुन्छ भन्ने निष्कर्ष निकालेका छन् । तर, फेरि पनि नदी किनारामा अव्यवस्थित रुपमा बसिरहेका सहरहरु र बनेका संरचनाहरु यस्तो विपद्का लागि सहयोगी बन्ने गरेका छन् । नदीबाट वस्ती र जनतालाई सुरक्षित बनाउनका लागि पहिला मानिसबाट नदीलाई सुरक्षित बनाउनुपर्छ । नदीको प्राकृतिक बाटोमा असर पर्ने गरी वस्ती वस्दा त्यसले विनाशलीला निम्त्याएको हामी देख्न पाउँछौं । पहाडमा पहिरोबाट बँच्नका लागि वनविनाशमा रोकथाम, जथाभावी ढुंगा निकासीमा रोक, व्यवस्थित सडक, नदी किनारामा संरचना निर्माणमा रोक जस्ता काम गर्न जरुरी छ भने तराईका नदीमा आवश्यक मात्रामा तटबन्धन निर्माण गरेर जनतालाई बाढीबाट बचाउन सकिन्छ ।
कुनै पनि विपत्ति कतिबेला आउँछ भन्ने कुरा सामान्यत: थाहा हुादैन । तर, प्राकृतिक विपत्ति कतिबेला आउँछ भन्ने कुरा राज्यलाई मोटामोटी रुपमा थाहा हुन्छ । जस्तो– खडेरीको मौसममा बढी आलगागी हुन्छ र बर्षाको मौसममा बाढी पहिरो आउँछ भन्ने पूर्वजानकारी नै हुन्छ । त्यसका लागि प्राकृतिक प्रकोपहरुसँग लड्ने सामथ्र्य राज्यले निर्माण गर्नुपर्छ । प्रधानमन्त्री र गृहमन्त्रीका तहमा बनेका उच्चस्तरका समितिहरुलाई औपचारिकतामा सीमित गर्नु हुँदैन र तिनलाई कामकाजी बनाउनुपर्छ । अहिले पनि सुनकोशीमा समस्या पर्नासाथ नेपाली सेनाले तदारुकताका साथ उद्दार कार्य गरेको छ । प्राकृतिक विपद व्यवस्थापनका लागि नेपाली सेना जस्तो संस्थालाई बढीभन्दा बढी क्रियाशील बनाउनुपर्छ । आवश्यक स्रोत–साधन, तालिम र निर्देशन दिएर उसलाई राष्ट्रमाथि आइपर्ने यस्ता संकटमोचन गर्नमा सक्षम बनाउनुपर्छ । देशभित्र कुनै द्वन्द्व भएका बेला स्वाभाविक रुपमा सेनाको ध्यान त्यसतर्फ जान्छ । त्यति हुँदाहुँदै पनि संसारभरका सैनिकहरुसँग प्राकृति विपत्तिसँग जुध्ने सामथ्र्य हुन्छ र त्यसरी नै तयार गरिएको हुन्छ । झन् शान्तिका बेलामा त सेना नियमित काममा मात्रै हुने भएकाले राष्ट्र निर्माण र प्राकृतिक विपक्ष व्यवस्थापनमा उसको भूमिका बढी अपेक्षित र प्रभावकारी हुन्छ । सरकारकै एक अंग भएका कारण सरकारका तर्फबाट नेपाली सेनाले यसमा भूमिका निर्वाह गर्न सक्छ र गर्नुपर्छ ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply