बाबुरामकै घरभित्र झगडा
काठमाडौं । एकीकृत नेकपा माओवादीभित्र कति वटा गुट–उपगुट छन् भन्ने कुराको भेउ त्यही पार्टीका नेता–कार्यकर्ताले पनि पाउन छाडेका छन् । बाहिर–बाहिर अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराई नेतृत्वका दुई वटा गुटका चर्चा हुने गरे पनि यी दुवै गुटभित्र रहेका उपगुटले चाहिँ यो पार्टीलाई विभाजनको डिलसम्म पुर्याएका छन् । एमाओवादीका एक नेताका अनुसार फुट्ने कुरामा त कुनै शंका नै छैन, तर माघ ८ मा संविधान जारी भएपछि कि त्योभन्दा पहिल्यै भन्ने मात्र हो ।
त्यसो त दाहाल गुटबाट हालै मात्र अर्को एउटा समूह अलग्गिएको छ । दाहाललाई साथ दिँदै आएका नेताहरू लीलामणि पोखरेल, लेखराज भट्ट, हेमन्तप्रकाश वलीलगायतका नेताहरूले छुट्टै विचार समूहको निर्माण गरेका छन् । एउटै समूहमा रहे पनि दाहाल समूहमा अझै पनि नेतापिच्छेका उपगुट त अस्तित्वमा थिए नै हुँदाहुँदै दाहालसँग एकताबद्घ भएर आन्तरिक संघर्ष चलाउँदै आएको भट्टराई समूहको घरभित्र पनि विवाद उत्पन्न्न भएको छ । यो समूहभित्रको विवाद चाहिँ पार्टी कहिले फुटाउने भन्नेमा केन्द्रित रहेको स्रोतले बतायो । यो विवादमा संविधानसभामा प्रतिनिधित्व गर्नेहरू एकातिर र संविधानसभा बाहिर रहेकाहरू अर्कोतिर रहेको बताइन्छ । समूहका नेता स्वयम् भट्टराई, टोपबहादुर रायमाझीलगायतका नेता संविधान निर्माण गरेर त्यसको पनि जस लिएर पार्टी विभाजन गर्नुपर्ने पक्षमा छन् भने बाहिर रहेका देवेन्द्र पौडेल, गंगानारायण श्रेष्ठ, कुमार पौडेललगायतका नेताहरूले दाहालको पेलान सहेर बस्न नसकिने भन्दै अहिल्यै पार्टी विभाजन गर्नुपर्नेमा जोड दिएको बताइन्छ ।
दोहोरो पेलान
एकातिर अध्यक्ष दाहालको पेलानले हैरान भएका भट्टराई यतिबेला आफ्नै समूहका नेताहरूको पनि पेलानमा छन् । स्रोतका अनुसार उनी संविधानसभाबाटै संविधान निर्माण गरेर मुलुकलाई निकास दिनुपर्ने पक्षमा छन् । संविधानसभाभित्र राजनीतिक संवाद तथा सहमतिको जिम्मेवारी पनि उनैमाथि छ । त्यही भएर संस्थापनले जति नै पेले पनि संविधान निर्माणअघि पार्टी फुटाउँदा संविधान निर्माणलाई असर पर्ने हुनाले पार्टी विभाजन नगर्ने पक्षमा छन् । तर, यो निचोडलाई संस्थापन पक्षले उनको कमजोरीका रूपमा लिएर झ्न–झ्न पेल्ने गरेको बताइन्छ । अर्कातिर आफ्नै समूहका नेताले समेत संविधान निर्माणसम्म दाहालको पेलान सहन नसकिने भन्दै लबिङ सुरु गरेपछि दोहोरो पेलानले हैरान भएको बुझिएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply