सीकेलाई कसले सिकायो यस्तो बुद्धि ?
काठमाडौं । बिहे हुनुअगाडि नै सम्बन्ध विच्छेदको चर्चा चल्नुलाई पक्कै पनि स्वाभाविक मान्न सकिँदैन । तर, एक जना मधेसी बुद्घिजीवीले आफ्ना अगाडि यस्तो चर्चा चलाउँदा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि ‘हो मा हो’ मिलाएका छन् ।
संवैधानिक राजनितिक संवाद तथा सहमति समितिको पहलमा सिंहदरबारभित्र बिहीबार बसेको बैठकमा डा. सीके राउतले राज्यसँग छुट्टिन पाउने अधिकार आगामी संविधानमै सुनिश्चित गरिनुपर्ने सुझाव दिएका थिए । जबकि, राज्य कस्तो बनाउने, कतिवटा बनाउने भन्ने विषयमा दलहरूबीच पछिल्लो अवस्थामा छलफल नै भएको छैन । डा. बाबुराम भट्टराईको सभापतित्वमा सम्पन्न बैठकमा राउतले त्यस्तो सुझाव दिँदा महन्थ ठाकुर, विजयकुमार गच्छदारलगायतका मधेसी नेताहरू सुनेर बसिरहेका थिए ।
बैठकका सभापति भट्टराईले राउतको विचारमाथि प्रतिक्रिया दिँदै संविधान निर्माणका क्रममा राज्यसँग छुट्टिन पाउने अधिकारसमेत माथि कुरा गर्नु कुनै अनुचित नभएको र त्यसमाथि समेत बहस हुनुपर्ने बताएको राउतले आफ्नो फेसबुकका उल्लेख गरेका छन् ।
डा. राउतको यो भनाइ सार्वजनिक भएपछि उनको गतिविधि र सक्रियतालाई समेत शंकास्पद रूपमा हेर्न थालिएको छ । अमेरिकाको क्याम्ब्रिज विश्वविद्यालयवाट पीएचडी गरेका सप्तरीका राउतका मधेस राजनीतिमा केन्द्रित पाँच वटा पुस्तक प्रकाशित छन्–स्वराज्य, मधेसको इतिहास, वीर मधेसी, बैरागदेखि बचाउसम्म । अहिल्यैबाट राज्यले छुट्टिन पाउनुपर्ने धारणा राखेर स्वतन्त्र मधेसको मुद्दालाई मलजल गरेका उनी कहाँ र कसबाट सञ्चालित छन् भन्ने खुल्न सकेको छैन । बुधबारसित प्रतिक्रिया दिँदै राउतले बिहेअगाडि सम्बन्ध विच्छेदको चर्चा हुनु स्वाभाविक नै भएको प्रतिक्रिया दिए । उनले भने– ‘बिहे त कहिले हुन्छ, हुन्छ तर जन्मँदै उसले सम्बन्ध विच्छेदको कानुनी अधिकार पाएको हुन्छ ।’ खासगरी मधेस केन्द्रित मुद्दामा सक्रियता देखाएका उनले आफू राजनीतिमा भने नआउने बताए ।
गृह मन्त्रालयको उच्च स्रोतका अनुसार, राउतका गतिविधिहरू मुलुकको राष्ट्रियतालाई खण्डित पार्ने खालका देखिएका छन् । विभिन्न हतियारधारीहरूसँग सम्पर्कमा रहेको र हतियार बोकेर छुट्टै राज्यका लागि लड्नुपर्ने भन्दै उक्साउने गरेको सूचना गृहमा आइपुगेको छ ।
बाबुरामको प्रचार मोह
प्रधानमन्त्री हुँदा कहिले मुस्ताङ गाडी चढेर त कहिले गरिबको घरमा हेलिकोप्टर चढेर भए पनि बास बस्न गएर प्रचारमा रमाएका डा. बाबुराम भट्टराईले अहिले पनि त्यो प्रचारमोह छाड्न सकेका छैनन् ।
संवैधानिक–राजनितिक संवाद तथा सहमति समितिको सभापति रहेका उनले अहिले ‘संविधानमा समेट्नुपर्ने विषयका बारेमा सरोकारवालासँग छलफल’का नाममा आफ्नो प्रचार मात्र गराएका छन् । हरेक दिन विभिन्न क्षेत्र, समुदाय, जातजाति, भाषभाषी, पेसाकर्मीसँग भेट गरेर फेसबुकमार्फत त्यसको प्रचार गराउने गरेका छन् । उनले कुन दिन कसलाई भेटे भन्ने कुराले नै उनका स्वकीय सचिवका फेसबुक वाल भरिने गरेको छ ।
अघिल्लो मंगलबारयता मात्र उनले १२ वटा समूहसँग छुट्टाछुट्टै भेट गरेका छन् । उनले अघिल्लो मंगलबार राजनीतिक पार्टी र विभिन्न पेसामा आबद्घ महिलासँग र सञ्चारमाध्यमका सम्पादक तथा सञ्चालकसँग भेट गरेका थिए भने बुधबार नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, गैरसरकारी संस्थाका प्रतिनिधि र पेसाकर्मीलाई भेटेका थिए । त्यस्तै, बिहीबार युवा सभासद् तथा राजनीतिक दलका युवा नेता र मधेसी अगुवासँग भेटका उनले शुक्रबार दलित आन्दोलनका अगुवा तथा दलित सभासद्, मजदुर, किसान र सुकुम्बासीलाई भेटेका थिए । सोमबार मुस्लिम समुदायका सभासद् तथा अगुवा र लेखक/स्तम्भकारसँग उनले भेट गरेका थिए ।
यसरी बाहिर प्रचारका लागि भेट गर्नुभन्दा सहमति कायम हुन नसकेका विषयमा दलहरूबीच सहमति कायम गराउनका लागि भूमिका खेल्नुपर्ने सुझाव समितिकै सदस्यहरूले दिएका छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply