प्रज्ञा प्रतिष्ठानमा कसलाई के जिम्मा ?
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त प्राज्ञहरूको विभागीय जिम्मेवारी बाँडफाँट गरिएको छ । मंगलबार प्रतिष्ठानका कुलपति प्रा.गंगाप्रसाद उप्रेतीको अध्यक्षतामा बसेको बैठकले प्राज्ञहरूलाई रुचि अनुसारको जिम्मेवारी दिएको हो ।
कुलपति उप्रेतीले समाजशास्त्र तथा मातृभाषा विभागको जिम्मेवारी आफूसँग राखेका छन् भने उपकुलपति डा.विष्णुविभू घिमिरेले संस्कृति विभाग पाएका छन् । यसैगरी अरुभन्दा बढी जनसम्पर्क र कामको चाप भएको मानिने काव्य विभाग प्रमुख अमर गिरी बनेका छन् भने आख्यान विभाग प्रमुखको जिम्मा मातृका पोखरेलले पाएका छन् । काव्य विभागले ‘कविता’ नामक त्रैमासिक पद्य पत्रिका निकाल्छ भने आख्यान विभागले ‘समकालीन साहित्य’ नामक गद्य पत्रिका निकाल्छ । मातृभाषा साहित्य विभाग प्रमुखमा श्रवण मुकारुङ, समालोचना विभाग प्रमुखमा डा.ज्ञानु पाण्डे, भाषा विभाग प्रमुखमा डा.हेमांगराज अधिकारी, दर्शनशास्त्र विभाग प्रमुखमा प्रा.दिनेशराज पन्त, अनुवाद विभागमा प्रा. डा.उषा ठाकुर र लोकवार्ता विभाग प्रमुखमा नर्मदेश्वरी सत्यालले जिम्मेवारी पाएका छन् ।
सदस्य–सचिव प्रा.डा.जीवेन्द्रदेव गिरीले भने कुनै विभाग लिएका छैनन् । दैनिक प्रशासनिक काम चलाउनुपर्ने भएको हुँदा उनले कुनै विभाग नलिएका हुन् । गत भदौ २२ गते प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञहरू नियुक्त भएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply