कर्णलाई माओवादी कति प्यारो !
काठमाडौं । मन्त्री भएपछि एमाओवादीनिकट कर्मचारीहरूलाई मौका दिइएको आरोप झेल्दै आएका उद्योगमन्त्री कर्णबहादुर थापाले पुन: एक पटक एमाओवादी निकटस्थ एक जना उपसचिवलाई मन्त्रालयको महत्त्वपूर्ण महाशाखामा ल्याएका छन् । ती भाग्यमानी उपसचिव हुन्– कमरेड भीमप्रसाद भट्टराई ।
केही दिनअघि मात्रै मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा आएका भट्टराई एमाओवादी निकटस्थ कर्मचारी युनियनमा सम्बद्ध छन् । यसअघि उनी श्रम तथा यातायात मन्त्रालयमा कार्यरत थिए । त्यसपछि उनी सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएर आएका थिए । सामान्य प्रशासनमा रहेकै बेला बढुवा भएका उनी हालै मात्र उद्योगको कर्मचारी प्रशासन महाशाखामा ल्याइएका हुन् ।
सूत्रका अनुसार, भट्टराईलाई उद्योग मन्त्रालयमा ल्याउनका लागि एमालेनिकट एक जना कर्मचारीले सिफारिस गरेका थिए । अहिले निर्वाचन आयोगमा कार्यरत एमालेनिकट एक सहसचिवले भट्टराईको नाम सिफारिस गरेको बुझिएको छ । मन्त्री थापाको खुसीका साथ मन्त्रालयमा सरुवाका लागि स्वीकृति दिएको बुझिएको छ । अहिले एमाओवादीसम्बद्ध कर्मचारीलाई किन मन्त्री थापाले ल्याए र एमालेसम्बद्ध कर्मचारीले नै किन उनलाई सिफारिस गरे भन्नेबारे खोजी भइरहेको बताइन्छ ।
यसअघि पनि मन्त्री थापाले आफ्नो स्वकीय सचिवमा एमाओवादीनिकट कर्मचारीलाई नै भर्ना गरेका थिए । मन्त्री थापाले नियुक्त गरेका एमाओवादी समर्थक धामी थरका ती कर्मचारीलाई किन पीए बनाइयो ? भन्नेमा चर्को विरोध भएको थियो ।
अहिले पनि एमाले निकटस्थ कर्मचारीहरू विभिन्न ठाउँमा जगेडामा राखिएका छन् । नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो मन्त्रालयमा छानीछानी पार्टीसम्बद्ध कर्मचारीहरूलाई नै मौका दिइरहेका छन् । तर, एमाले मन्त्री थापाले भने किन एमाओवादीसम्बद्ध कर्मचारीप्रति मोह दर्साएका हुन् ? एमालेका कर्मचारीहरू नै अहिले चकित परेका छन् ।
One response to “कर्णलाई माओवादी कति प्यारो !”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Mantri thapa le ramro gareka raichhan . Congress le je garo Tehi garnai parchha ra . Ani karmachari ko kam rajniti garne hoena keko congress , k ko amale k maobadi ! Tini haru jagir Khana gayaka Hun jaha bhayapani jagir Khaya bhaigoni! Karmachari lai party p m garaunai hudaina !