दोष पन्छाउन नेताहरूबीच प्रतिस्पर्धा
माधवले भने– ‘म जिम्मा लिन्छु’
काठमाडौं । ‘यो सबै गर्ने माधवजी हो, केको मलाई दोष दिनुहुन्छ ? उहाँ तयार नभएको भए यो चारबुँदे हुने नै थिएन । अनि अहिले टन्टा पनि हुने थिएन ।’
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेललाई कांग्रेसकै एक नेताले चारबुँदेको दोष थोपरेपछि पौडेलले त्यो दोष सरक्कै एमाले वरिष्ठ नेता माधव नेपालतिर सारे । गत शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले) र एनेकपा (माओवादी)को बैठकमा चारबुँदेको दोष कांग्रेसका उपसभापतिले आफूमाथि लगाएपछि नेपालले भन्नुभयो– ‘हो, त्यो चारबुँदेमा मेरो समर्थन मात्र होइन, भूमिका पनि थियो तर त्यसमा उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक एमाओवादी हुने भन्ने कहाँ लेखिएको छ ?’
संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भइराखेको अवस्थामा एक प्रमुख दल माओवादीले निर्वाचनको वैधानिकतामाथि नै प्रश्न उठाएर चारैतिर गतिरोध उत्पन्न गरेका बेला त्यसबाट निकास दिन चारबुँदे गरिएको स्मरण गराउँदै सो बैठकमा नेता नेपालले चारबुँदेको दोष आफू जिम्मा लिन तयार रहेको बताएको स्रोतले बतायो ।
नेपालले त्यसो भनिरहँदा उहाँकै पार्टीका अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनालले चुपचाप सुनिरहेको तर कुनै प्रतिक्रिया नदिएको स्रोतले बतायो । चारबुँदे सहमति गर्दा संविधानसभा निर्वाचनको अध्ययन, उच्चस्तरीय राजनीतिक संयन्त्र गठन जस्ता विषयमा सहमति भएको थियो ।तर, एमाओवादीले अहिले संविधान निर्माणमा तगारो हाल्ने नियतका साथ उच्चस्तरीय राजनीतिक गतिरोध उत्पन्न गरेको छ । यही मागसहित दुई महिना पहिले उसले लगातार १६ दिनसम्म संसद् अवरुद्ध गरेको थियो ।
त्यसबेला भएको चारबुँदे सहमतिबमोजिम कांग्रेस–एमाले उच्चस्तरीय संयन्त्र निर्माणमा लचिलो बनेका थिए । संविधानसभामा हुने काम–कारबाहीलाई प्रभावित नगर्ने गरी संयन्त्र निर्माण गर्न सकिने संकेत कांग्रेस, एमालेले दिएपछि ‘ब्याक’ भएको एमाओवादीले अहिले फेरि नयाँ किचलो सुरु गरेको छ । सो पार्टीमा नेताहरूले संयन्त्रको अध्यक्ष आफ्नो पार्टीलाई नदिएसम्म संसद् चल्न नदिने उर्दी जारी गरेका छन् ।
एमाओवादीले उत्पन्न गरेका एकपछि अर्को बखेडा हेर्दा ऊ संविधान निर्माणमा कत्ति पनि इमान्दार छैन भन्ने बुझ्न सकिन्छ । संविधान निर्माणलाई पनि प्रभावित पार्ने गरी राजनीतिक सभाको माग गरेर राजनीतिक वातावरण धमिल्याउन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई उचाल्नमा एमाओवादीकै हात थियो भन्ने तथ्य कसैको सामु छिपेको छैन । आफूले माग गरेको राजनीतिक सभा नेकपा–माओवादीले आफैं बहिष्कार गरेपछि अक्करमा परेको एमाओवादी अहिले फेरि पुरानै संयन्त्रको मुद्दा चर्काएर राजनीतिक वातावरण धुमिल पार्ने खेलमा लागेको छ ।
यतिबेला प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जानुभएको छ । उहाँ फर्केर आएलगत्तै नेपालीहरूको महान् चाडको चटारो सुरु हुन्छ । त्यसो भएको हुनाले यो बीचमा सहमतिको कुनै ठोस प्रयत्न हुने सम्भावना क्षीण छ । समयको यो चटारोले माघ ८ मा संविधान निर्माण गर्ने दलीय प्रतिबद्धतामाथि प्रश्नचिन्ह खडा गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply