एमालेमा आउने बाटैमा अड्किए
काठमाडौं । ‘म ६८ वर्ष पुगिसकेँ । अब एमालेमा आएर मैले सक्रिय राजनीति गर्ने त्यही दुई वर्ष हो । सत्तरी वर्ष पुगेपछि एमालेमा सक्रिय राजनीति गर्न पाइँदैन । जीवनको यो उत्तराद्र्धमा मैले एमालेमा आएर केही फाइदा लिने कुरा पनि हुँदैन । विगतमा आफूले रगत, पसिना बगाएको यही पार्टीमा आएर मािथल्लो कमिटीबाट बिदा हुने इच्छा छ ।’
अचेल पूर्व एमाले नेता राधाकृष्ण मैनाली यस्तै अभिव्यक्ति दिन्छन् र आफू एमालेमा आउन आतुर रहेको बताउँछन् । तर, एमाले नेतृत्वले नै तदारुकता नदेखाउँदा उनी जस्ता एमालेमा आउन चाहनेहरू बीचैमा रोकिएका छन् ।
विगतमा अनेक कारणले एमाले परित्याग गरेका मैनालीजस्ता अरू थुप्रै नेता/कार्यकर्ताहरू एमालेमै फर्किने मनस्थितिमा छन् र उनीहरूले भित्री रूपमा पहल पनि गरिरहेका छन् । एमालेका शीर्षस्थ नेताहरूलाई भेटेर आफू फर्किनका लागि अनुकूल वातावरण र सम्मानजनक स्थान दिन अनुरोधसमेत गर्दै आइरहेका छन् । तर, एमालेमै क्रियाशील सयौं नेता/कार्यकर्तालाई व्यवस्थापन गर्न पार्टीले नसकिरहेका बेला पुन: एमाले बन्न चाहनेहरूका लागि कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती नेतृत्वसामु रहेको बताइन्छ ।
पूर्व एमाले नेता मैनाली एमालेको नवौं महाधिवेशनमा नै प्रतिनिधि भएर आउन चाहेका थिए । उनले तत्कालीन अध्यक्ष झलनाथ खनाललाई भेटेर आफूलाई प्रतिनिधि बनाउन आग्रह गरेका थिए र खनालले उनलाई प्रतिनिधिमा मनोनीत गर्ने आश्वासन पनि दिएका थिए । तर, एमाले महाधिवेशनमा विवाद उत्पन्न भएपछि मनोनीत गर्नुपर्ने ५ प्रतिशत प्रतिनिधि मनोनयन नै भएन । त्यही कारण, मैनाली मनोनीत हुनबाट वञ्चित भए र प्रतिनिधि हुन पाएनन् । तर, अहिले उनी एमालेमा आउन उत्सुक भए पनि उनको मागलाई सम्बोधन गर्न एमालेले नसक्नेजस्तो देखिएपछि उनको एमाले–प्रवेशको तिथि अहिलेसम्म जुर्न सकेको छैन ।
त्यस्तै, एमालेबाट बिरक्तिएर एमाओवादीमा प्रवेश गरेका अर्थशास्त्री तथा पूर्वसांसद डा. डिल्लीराज खनालले एमाओवादीबाट विद्रोह गरेर राष्ट्रिय प्रगतिशील एकता मञ्च गठन गरेका छन् । कतिपयले उनको अध्यक्षतामा गठन भएको उक्त मञ्चलाई एमालेमा फर्किने पूर्वाभ्यासका रूपमा लिएका छन् । आगामी मंसिरको दोस्रो सातासम्ममा उक्त मञ्चले राष्ट्रिय भेला गरेर अघि बढ्ने डा. खनालले बताए । एकीकृत वाम आन्दोलनलाई टेवा दिन र समयमै संविधान बनाउन दबाब दिनका लागि आफूहरूले उक्त मञ्च स्थापना गरेको उनको भनाइ थियो । एमाओवादीबाट विद्रोह गरेर बसेका डा. खनालले भने– ‘एमाओवादीले जनतालाई दु:ख दिने राजनीतिक संस्कार र प्रवृत्तिलाई बढावा दिने काम मात्रै गर्यो । संघीयताको नाममा द्वन्द्व फैलाउने काम मात्रै भयो । र, जातीय राज्यको सिर्जनातिर उन्मुख हुँदै प्रकारान्तरले दक्षिणपन्थी भासतिर भासिने कार्य भएको हुँदा हामीले माओवादीबाट विद्रोह गरेका हौं ।’
एमाले छाडेर हिँडेका जितवीर तामाङ, संघीय लोकतान्त्रिकमा गएका ठूला संख्याका एमाले नेताहरू पनि एमालेमै फर्किने तयारीमा छन् । तर, एमालेमा फर्किंदा आफ्नो हैसियत के हुने हो, त्यसको टुंगो भएपछि मात्रै उनीहरू एमालेमा फर्किने बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply