रानाभाटको राजमा उस्तै
काठमाडौं । नेपाल प्रहरीको बालाजु वृत्तमा कार्यरत डीएसपी अर्जुन रानाभाटको अनियमितता झनै बढेको छ । उनले ‘कमाइ हुने स्थानमा बल्ल आइपुगेको’ भन्दै मातहतका युनिटलाई सक्दो उठाएर आफूलाई बुझाउन गोप्य निर्देशन दिएको बुझिएको छ ।
उनले यसअघिका डीएसपी गंगा पन्तको पालामा हर्ताकर्ता बनेका सई सुरेश पन्तलाई नै अधिकांश डिलिङमा पठाउने गरेका छन् । गंगाले जाने बेलामा ‘यो मेरो भाइ हो, यसले २–४ पैसा यही बसेर कमाओस्, सरले विचार गरिदिनुहोला’ भनेर गएकाले उनले पनि पन्तलाई नै हर्ताकर्ता बनाएको बताइन्छ । गुन्डा, माफिया र अन्य अवैध कारोबारीसँग लेनदेन मिलाउन सक्ने खुबी भएकैले पूर्वडीएसपी पन्तले झैं डीएसपी रानाभाटले पनि सई पन्तलाई च्यापेको बताइन्छ । पन्तले गस्तीमा रहेका प्रहरीले आफूलाई दूध, ग्यास, तरकारीलगायतका चिजबिज कोसेलीस्वरूप ल्याइदिएमा ड्युटीमा पनि कडाइ नगर्ने गरेका छन् ।
रानाभाटले पनि सोही स्थानमा दरबन्दी भएकालाई बाहिर खेद्ने र भक्तपुरमा दरबन्दी भएका सई पन्तलाई भने च्याप्ने गरेपछि असन्तुष्टि छाएको छ । उठाउने धन्दामा मुख्य सहयोगी भूमिका निर्वाह गरेकाले रानाभाटले पनि पन्तलाई च्यापेको चर्चा छ ।
त्यसो त सो क्षेत्रमा आपराधिक क्रियाकलापले प्रश्रय पाएको छ । सोमबार राति बालाजु कुमारीस्थानस्थित गोरखकाली स्कुल आसपास पसल तोडफोड गरी चोरी हँुदा पनि प्रहरी रमिते बनेको छ । स्थानीय व्यापारी लालकाजी श्रेष्ठ र विष्णु श्रेष्ठको पसल तोडफोड गरी चोरले लुटपाट गरे पनि २ मिनेटमा पुग्ने स्थानमा रहेको सीआरभी भ्यानले चोर पक्रन सकेन । २४ सै घन्टा गस्तीमा बस्ने सो क्षेत्रका प्रहरीको ध्यान भने रेस्टुरेन्ट र होटलमा मात्र केन्द्रित हुने गरेको बताइन्छ । स्थानीय जनताले आपराधिक क्रियाकलाप बढेको भन्दै थप गम्भीर हुन आग्रह गर्दा डीएसपी रानाभाटले सुनेको नसुन्यै गर्ने गरेको बताइन्छ ।
इन्स्पेक्टर प्रेमसागर केसीले दुई ठेकेदारबीचको आन्तरिक लेनदेनको विवादमा फौजबहादुर पाण्डेसँग पैसा खाएर थिङ थरका उनका साझेदारलाई जे पनि गर्न सक्ने भन्दै धम्की दिएपछि उनी सो क्षेत्र छोडेर गृहजिल्ला नुवाकोट गएर बस्न बाध्य भएको बताइन्छ ।
सो वृत्तको महिला सेलले अधिकांश घरायसी झगडा मिलाउने नाममा छोडपत्रसमेत गराउन तल्लीन हुने गरेको छ । सेल इन्चार्ज रस्मिला पैंजुले पैसाको लेनदेन गरी केस मिलाउने र सो रकम डीएसपी रानाभाटसम्म पुर्याउनमा लागेको स्रोतले बतायो । यता मंसिर ८ गते बालाजु केरकार प्रमुख विष्णुकुमारी गुरुङले चक्रपथ माइक्रोबस व्यवसायी समितिका कल्याण कार्कीलाई अनावश्यक लान्छना लगाई ‘बढी कुरा गरे जेसुकै केसमा पनि फसाइदिने’ भन्दै धम्की दिएपछि कार्की उनी विरुद्ध मोबाइलको कल डिटेलसहित महानगरीय प्रहरी परिसर, महानगरीय आयुक्त र राष्ट्रिय मानवअधिकार आयोगसमेत पुगेका छन् । यता, रानाभाटले भने अनियमितता नभएको, काजमा रहेकाहरूको केही दिनमै सरुवा हुन लागेको र केही दिनमै सुरक्षा व्यवस्था सुदृढ पार्ने दाबी गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply