बैठक मात्रै, ‘छलफल हुँदैन’
काठमाडौं । सोमवार बसेर स्थगित भएको नेकपा (एमाले) केन्द्रीय कमिटीको चौथो बैठक पुन आज पार्टी कार्यलय बल्खुमा बस्दैछ । प्रमुख तीन राजनीतिक दलको बैठक, संविधानसभाको बैठक लगायतका कारण देखाएर बैठक आजका लागि सारिएको थियो ।
महाधिवेशन लगत्तै बसेको पहिलो बैठकमै पेश भएका एजेण्डा नै चौथो बैठकमा समेत पेश भएका छन् । हरेक पटक बैठकका एजेण्डा तीनै हुन्छन तर ती एजेण्डा माथि छलफल नै चलाईएको छैन । मुख्यगरी स्थायी कमिटी, पोलिट्व्यूरोलगायत पार्टीका सांगठानिक संरचनाको गठन, केन्द्रिय सदस्यहरुको जिम्मेवारी बाँटफाँट काम यथाशक्य सम्पन्न गर्नु छ भने विधान छापिए पनि त्यसमा उत्पन्न सववाद पनि बैठकले सल्ट्याउनुपर्ने छ ।
यी विषयमा गृहकार्य गनुपर्ने भन्दै यस अघि कात्तिक २२ मा बसेको बैठक एक महिनाका लागि स्थगित गरिएको थियो । तर, एक महिनाको यो समयमा न त शीर्ष नेताहरुको तहमा ती विषयमा छलफल भए न त पदाधिकारी बैठकमै । केन्द्रिय कमिटी बैठक बस्नु एक दिन अघि अध्यक्ष केपी ओलीले आफ्नै निवासमा पदाधिकारी बैठक बोलाए पनि भोलीपल्टको बैठकका एजेण्डा बारे कुरै उठाउनु भएन । एक पदाधिकारीले भने–‘हामीलाई त बैठकका एजेण्डामै छलफल गर्नुहोला भन्ने लागेको थियो तर उहाँले एक घन्टा भाषण छाट्दा पनि त्यसबारे चुईसम्म बोल्नु भएन । सबै समय संविधान निमार्ण प्रकृयामा भएको प्रगति र दलहरुसँगको बार्ताबारे कुरा राख्नुभएको थियो ।
सोमवार १ घन्टा बसेको बैठकमा पनि ती एजेन्डा माथि कुरै निस्केन । ११ बजे बोलाईए पनि १ बजे शुरु भएको बैठकमा अध्यक्ष ओलीले बालकोटको पदाधिकारी बैठकमा जस्तै समसामयिक राजनीतिक घटनाक्रमबारे एक घन्टा लामो भाषण गरेर ३ बजे तीन दलको बैठकमा जानु छ भन्दै आज सम्मका लागि बैठक स्थगित गर्नु भएको थियो । बैठकलाई सम्वोधन गर्ने क्रममा उहाँले मंसीर ८ मै नयाँ संविधान जानरी गरिने र कुनै हालतमा नयाँ संविधान जारी गर्न नसके अन्तरिम संविधानलाई केही परिमार्जन गरेर भने पनि जारी गरि छाड्ने बताउनु भएको थियो । उहाँले यहि बैठकवाट स्थायी कमिटी, पोलिट्व्यूरो गठन र केन्द्रिय सदस्यको जिम्मेवारी बाँटफाँट गरिने समेत बताउनु भएको थियो ।
गत कात्तिक १४ गते बसेको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले दर्ता गराउनु भएको ध्यानाकर्षण पत्रको पनि अध्यक्ष ओलीले अबको बैठकमा जवाफ दिनु पर्ने छ । सुकुम्वासी समस्या समाधान आयोगमा मनोनयन, संसदीय समितिका सभापतिहरुको चयन, संविधान सभामा २६ को मनोनयन, मन्त्रीहरुको हेरफेर लगायतका काम संस्थागत र प्रक्रयासंगतनभएको भन्दै नेता नेपालले ध्यानकर्षण पत्र दर्ता गराउनु भएको थियो ।
दलको बैठकमा पनि तिनै कुरा
संसदीय दलको नेता समेत रहनुभएका अध्यक्ष ओलीले हिजो बसेको दलको बैठकमा पनि सभासद्हरूलाई पदाधिकारी र केन्द्रीय कमिटी बैठकमा राखेकै कुरा राख्नुभएको थियो । उहाँको भनाइको मुख्य जोड संवाद समितिले संविधानसभामा पठाएको प्रतिवेदन फेरि संवाद समितिमा फर्काउनु हुन्न भन्ने थियो । बैठकमा सहभागी एक सभासद्ले नेता ओलीको भनाइ उद्धृत गर्दै भने–‘प्रतिवेदन फेरि संवाद समितिमै फर्काउनु भनेको अरु तीन महिना समय खेर फाल्नु मात्र हो ।’
बैठकलाई बरिष्ठ नेता झलनाथ खनाल, माधबकुमार नेपाल, उपाध्यक्ष विद्या भण्डारीले सम्वोधन गर्नुभएको थियो । अर्का उपाध्यक्ष वामदेव गौतम भने ‘मेरो भन्नु केही छैन’ भन्दै पन्छिनुभएको थियो । बैठकमा बरिष्ठ नेता खनालले आफू पटक–पटक नेपाल, भारत मात्र होइन, हालै अमेरिका पुगेर उपचार गरेर २० वर्ष आयु थपेर आएको बताउनुभएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply