सचिवको लाइन को–को ?
काठमाडौं । रिक्त १६ सचिवका लागि सिफारिस प्रक्रिया सुरु हुन लागेपछि सहसचिवहरू दौडधुपमा लागेका छन् । बढुवामा जेष्ठता र कार्यसम्पादन दुवैलाई आधार मानिने भए पनि राजनीतिक आड नभएसम्म बढुवा नहुने भएका कारण कनिष्ठ सहसचिवहरूसमेत दौडधुपमा जुटेका छन् ।
सरकारले सोमबारबाट कार्यसम्पादन मूल्याङ्कनको काम थालेर बढुवाको औपचारिक प्रक्रिया सुरु गरेको छ । बढुवाका लागि सक्रिय ४० जनामध्ये परराष्ट्रका शंकरदास बैरागीको निश्चित जस्तै छ । परराष्ट्रबाट उनीबाहेक अर्को दावेदार नै छैन । रक्षाका देवेन्द्रप्रसाद सिटौला, सूचनाका सुनिल मल्ल, अख्तियारका प्रेमकुमार राई, शान्तिका खुमराज पुँजाली, कानुन आयोगका रञ्जनकृष्ण अर्याल, सार्वजनिक खरिद कार्यालयका टंकमणि शर्मा, जल तथा ऊर्जा आयोगका ईश्वरी पौड्याल तथा राष्ट्रिय सूचना आयोगका जीवनप्रभा लामाले यसअघि नै कायममुकायम सचिवको जिम्मेवारी पाएकाले ढुक्क देखिन्छन् । यस्तै, राष्ट्रिय सर्तकता केन्द्रमा रमेशकुमार शर्मा, क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा अन्नपूर्णानन्द दास, पोखरामा दिनेश थपलिया, हेटांैडामा शंकरप्रसाद कोइराला र सुर्खेतमा विजयकुमार मल्लिकले पनि कायममुकायम चलाइरहेका छन् ।
त्यसमध्ये कनिष्ठ भए पनि कांग्रेसनिकट भएकै कारण रक्षाका सिटौला,शान्तिका पुँजाली, क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाका शंकरप्रसाद कोइराला, सतर्कताका रमेश शर्मालगायत भने जसरी पनि सचिव हुने दाउमा लागिपरेको बताइन्छ । सिटौला आफू कांग्रेसका नेता कृष्ण सिटौलाको भाइ हुँ भन्दै लागिपरेका छन् भने कोइराला भने प्रधानमन्त्री पनि कोइराला नै भएकाले जसरी पनि सचिव भइन्छ भन्दै अहिल्यैदेखि भोज खान र खुवाउन तल्लिन हुन थालेको बुझिएको छ ।
सचिव हुने दौडमा लागेका राई, थपलिया, लामा, दास र शर्मा भने राम्रँे क्षमता देखाउन सफल र वरिष्ठ समेत भएकाले कसैको चाकडी नगरे पनि सचिव बन्ने निश्चितजस्तै रहेको बताइन्छ । लोकसेवा आगोगकी अध्यक्ष कयोदेवी यमी अध्यक्ष रहने सिफारिस समितिमा मुख्य सचिव, कानुन सचिव र सामान्य प्रशासन मन्त्रालयका सचिव रहनेछन् ।
यता, अर्थ मन्त्रालयअन्तर्गत रहेर नक्कली भ्याट प्रकरणमा तदारुकताका साथ छानबिन अघि बढाएर राम्रो छवि देखाउन सफल राजन खनालको पनि बढुवा हुनुपर्ने आवाज कर्मचारी वृत्तमा उठेको छ । उनलाई यसअघि नै बढुवा नगरेर अन्याय भएको भन्दै कर्मचारीहरुबीच कुरा चल्ने गरेको छ ।
कानुन समूहअन्तर्गतका सहसचिव पनि यही अन्तर्गत बढुवा गर्नुपर्ने माग कानुन सेवाका कर्मचारीहरूले गरे पनि निजामति समूहका कर्मचारीहरूले भने त्यसमा चर्को विरोध जनाएका छन् । कानुनका सहसचिवहरू सिफारिसमा परे पनि निजामतितर्फ बढुवा गर्न नहुने एक कर्मचारीले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply