अदालतलाई नै गुमराह
काठमाडौं । देश र जनताको सेवा गर्छु भन्ने कसम खाएर नेपाल प्रहरीमा भर्ना भएका एक जना प्रहरी अधिकृतले आफ्नै श्रीमतीमाथि वर्षौंदेखि शारीरिक र मानसिक यातना त दिँदै आएका छन् नै, सम्मानित अदालतसमक्ष पनि झूटठो बकपत्र पेस गरेका छन् ।
सिन्धुली जिल्ला दुधौली घर भएका प्रहरी इन्स्पेक्टर चन्द्रबहादुर थापाले आफूलाई कहिले बिहे गरेर पनि बिहे गरेको होइन भन्ने, कहिले अंश दिएर मिलापत्र गरिसकें भन्दै हिँड्ने र घरमा लगेर कुटपिटसमेत गर्ने गरेपछि आजित भएकी इन्दिरा निरौलाले न्यायका लागि चहार्नुपर्ने सबै ढेका चाहरिसकेकी छन् । सिन्धुली जिल्ला अदालतबाट, महानगरीय प्रहरी हनुमान ढोका, विभिन्न महिला अधिकारवादी संघसंस्थामा उजुरी दिइसकेकी छन् । सबैतिर उजुरी दिँदै हिँडेपछि त्यसलाई रोक्न भन्दै प्रहरी निरीक्षक थापाले गत भदौमा निषेधाज्ञा जारी गरिपाऊँ भन्दै पाटन पुनरावेदन अदालतमा निवेदन दिएका थिए । उक्त निवेदनको ३ नम्बर बुँदामा उनले आफूले इन्दिरासँग उनको मागबमोजिमको अंश दिई छोडपत्र गरेर २०७० वैशाख ६ मा ओखलढुंगाकी मेनका सुबेदीसँग विवाह गरेर र हाल पनि निरौलाले विभिन्न निकायमा उजुरी दिएर दु:ख दिएको उल्लेख गरेका छन् । जबकि, सुबेदीसँग उनको बिहे २०७० फागुन २४ मा नै भएको ओखलढुंगा सिद्धिचरण नगरपालिकाले जिल्ला प्रशासन कार्यालय ओखलढुंगालाई बुझी पठाएको पत्रमा उल्लेख छ । त्यति मात्र होइन्, उनले निरौलालाई अंशसमेत दिएका छैनन् । निरौला नै आफूलाई अंश होइन, श्रीमान्सँग बस्न पाऊँ भन्ने माग गर्दै आएकी छन् । अंश दिइसकेको भनेपछि पनि थापाले दुधौलीस्थित घरमा लगेर आफूलाई कुटपिट गरेको निरौलाले बताएकी छन् । पछि बिहे गरेको भनिएकी सुबेदी भने सैनिक जवानकी श्रीमती भएको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply