त्यहाँ पनि पतिकै प्रतीक्षा ?
काठमाडौं । लामो समयदेखि पदाधिकारीविहीन भएपछि देशैभरिका ३५ सयभन्दा बढी उच्च शिक्षालयको नियमन गर्ने जिम्मेवारी पाएको उच्च माध्यमिक शिक्षा परिषद्मा भद्रगोल भएको छ । उपाध्यक्ष र सदस्य–सचिव रिक्त भएको चार महिना बिते पनि शिक्षामन्त्री चित्रलेखा यादवले अझै पदाधिकारी नियुक्त गर्न नसकेपछि परिषद्मा भद्रगोल मच्चिएको हो ।
पहिला त्यहीँ काम गरेका आफ्ना पति श्रीकृष्ण यादवलाई उपाध्यक्ष बनाउने मन्त्रीको योजना थाहा पाएपछि पदाधिकारी नियुक्तिमा मन्त्रीको पार्टी कांग्रेसले नै अवरोध गरेको छ । यता, संयुक्त सरकार भएकाले दुईमध्ये एकको जिम्मेवारी आफ्नो पार्टीले पाउनुपर्ने भन्दै एमाले नेताहरूले माग गरेपछि मन्त्री यादव अक्करमा परेकी छन् ।
माधवकुमार नेपाल नेतृत्वको सरकारको पालामा नियुक्त उपाध्यक्ष हेमकुमार मिश्र र सदस्य–सचिव भीमलाल गुरुङको चार महिनापहिले नै पदावधि सकिएपछि अहिले नारायण कोइरालाले निमित्त सदस्य–सचिवको जिम्मेवारी सम्हालिरहेका छन् । पदाधिकारी नहँुदा रकमान्तरलगायत अन्य नीतिगत निर्णय लिन समस्या परिरहेको बताइन्छ ।
मन्त्री यादव देउवा खेमाको भएकाले दुईमध्ये एक पदमा आफ्नो मान्छे नराखी नछोड्ने र अर्को पदमा कोइराला पक्षलाई दिनैपर्ने भएकाले एमालेलाई समेट्न गाह्रो परेको बताइन्छ । तर, एमाले मन्त्रीहरूले परिषद्को पदाधिकारी नियुक्तिमा एकलौटी गरे गठबन्धनमा चुनौती दिने भन्दै दुवै पार्टीको एक–एक जनालाई नियुक्ति दिन दबाब दिएपछि उनी हच्किएको बताइन्छ ।
अहिले परिषद्को उपाध्यक्षका लागि कांग्रेसबाट मन्त्रीपति श्रीकृष्ण यादव, प्रेमनारायण अर्याल तथा एमालेबाट पद्मकन्याका प्राध्यापक डा. नारायण संग्रौला, चैतन्य शर्मालगायतले लबिङ गरिरहेका छन् भने सदस्य–सचिवमा कांग्रेसबाट नारायण कोइराला, विश्वनाथ दास तथा एमालेबाट दीपक सुबेदीले प्रयास गरिरहेका छन् । कानुनले कुनै पनि अवरोध नगरेको अवस्थामा समेत त्यत्रो ठूलो निकायमा अझै पदाधिकारी नियुक्त गर्न नसक्नुलाई मन्त्रीको लाचारीका रूपमा हेरिएको छ । परिषद् परिसरनजिकै रहेको आदर्श उच्च माविमा अध्यापनका लागि समेत गएर चर्चा बटुल्ने गरेकी उनी आफैं अध्यक्ष रहेको सो परिषद् अवलोकनका लागि समेत अध्यक्षको हैसियतले एक पटक पनि पुगेकी छैनन् । उनले परिषद्को बैठक पनि मन्त्रालयमै डाक्ने गरेकी छन् । हाल परिषद्मा ११ वटा क्षेत्रीय कार्यालयमा समेत गरी ३ सयभन्दा बढी कर्मचारी छन् भने करिब ६ लाख विद्यार्थी परिषद् मातहतका विभिन्न विद्यालयमा अध्ययनरत् छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply