उधारो पदमा बाबुराम बुरुक्क
काठमाडौं । एमाओवादीका नेताद्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराईको झगडा र मिलापका बारेमा स्वर्गीय नेता पोष्टबहादुर बोगटीले नेता–कार्यकर्ताबीच एउटा भनाइ दोहोर्याउने गर्थे– ‘हात्ती लड्दा पनि घाँसको नास, हात्ती मिल्दा पनि घाँसको नास ।’ विगतमा झगडा गरिरहने दाहाल र भट्टराई अहिले मिल्दा एमाओवादीका कार्यकर्ताले त्यही भनाइ सम्झिरहेका छन् ।
अध्यक्ष दाहालले चौतर्फी आलोचना, असफलता र चरम निराशापछि अर्को वर्षदेखि पार्टीको प्रमुख पद छोड्ने घोषणा गरेका छन् र नेतृत्व हस्तान्तरण भन्दै भट्टराईलाई जिम्मा दिने आश्वासन दिएका छन् । विगतमा आफैंलाई चकित पार्ने गरी मधेसी दलहरूको समर्थनमा भट्टराई प्रधानमन्त्री भएपछि भारतले बोकेका कारण अब यिनी जति सकिँदैन भन्ने निष्कर्षमा पुगेका दाहालले भट्टराईलाई अघि सारेर भारतसँगको सम्बन्धमा पनि सुधार गर्न चाहेका छन्, जसका केही संकेतहरू देखा परिसकेका छन् ।
यता, आफूलाई शान्ति र संविधानको लाइनको पायनियर दाबी गर्ने भट्टराई त्यही उधारो आश्वासनले उग्र रूपमा सहमतिका विरुद्धमा उभिएर पार्टी कार्यकर्ताको मन जित्ने दौडमा छन् । जंगलबाट एमाओवादीलाई मूलधारको राजनीतिमा ल्याउन महइभ्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्ने नेताले ०५२ साल सम्झिँदै ‘कहिले म झोला बोकेर हिँडें’ भन्ने त कहिले ‘मर्न तयार रहन’ कार्यकर्तालाई आह्वान गर्ने जस्ता उत्तेजक काम गरिरहेका छन् । एमाओवादीका एक गर्दा पनि अति गर्नुहुन्छ । हिजो अध्यक्षको विरोध गर्दा पनि एक छेउमा पुगेर गर्नुहुन्थ्यो । आज मिल्दा पनि अर्को छेउमा पुगेर कुरा गर्न थाल्नुभएको छ । यसबाट पार्टी र आन्दोलन नै खतरामा पर्ने सम्भावना देखिएको छ ।’
डा. भट्टराईले नेतृत्व गरेको संवाद समिति असफल भएपछि उनी समग्र प्रक्रियाकै विरुद्धमा ज्यान फालेर लागेका छन् । आफैंले सहमतिको नजिक पुर्याएका एजेन्डामा कांग्रेस–एमाले उभिँदा पनि उनी त्यसलाई कहिले प्रतिगामी त कहिले ०४७ सालको संविधान ब्युँताउन खोजेको रूपमा व्याख्या गर्दै छन् । कुरा सीधा छ, उनी आफ्नै समितिबाट सहमति बनोस् र त्यसको जस लिन पाइयोस् भन्ने चाहन्छन्, जुन अब सम्भव छैन । त्यही भएर उनी बढी आक्रोशित देखिएका छन् । विराटनगर सम्मेलन हुँदा आफू पूरै बढारिएपछि भट्टराईले ‘नयाँ शक्तिको बहस’ भन्दै ‘आवश्यक परे नयाँ पार्टी बनाउने’ घोषणा गरेका थिए । तर, पद पाउने आश्वासन पाएपछि उनले अहिले त्यसलाई पूरै भुलेका छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply