चौधरीलाई थप खुसी
काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी समूहलाई बिहेको चटारोले छाडेको छैन । यही बेला उद्योगपति विनोद चौधरीलाई थप खुसी थपिएको छ । उनको सम्पत्ति एक वर्षमा २० अर्ब बढेको फोब्र्स पत्रिकाले सार्वजनिक गरेको छ ।
सो समूहका अध्यक्ष तथा विश्वको धनाढ्यको सूचीमा रहेका नेपालका अर्बपति चौधरीका माइला छोरा राहुल चौधरीको विवाह भारतको प्रतिष्ठित व्यापारिक घरानाकी छोरी सुरभी खेतानसँग माघ २१ गते सम्पन्न भए पनि बेहुला पक्षको भोज आगामी फागुन १८ गते राखिएको छ ।
चौधरी परिवार यतिबेला १८ गतेको विवाह भोजमा व्यस्त छ । निम्तालुहरूलाई निम्ता बाँड्ने काम धमाधम भइरहेको बताइन्छ । विवाह समारोह भने जयपुरको रंगबाघ होटलमा सम्पन्न भएको थियो । विवाहमा अन्तराष्ट्रिय गन्यमान्यहरूको सहभागिता थियो । बंगलादेशका पूर्व राष्ट्रपति हुसेन मोहम्मद एर्शादको प्रमुख आतिथ्यता रहेको वैवाहिक समारोहमा भारतका चर्चित कलाकारहरू विनोद खन्ना, अनु मल्लिकलगायतको उपस्थिति थियो । नेपालबाट पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । नेपालबाट बढीजसो व्यापारिक घरानाका व्यक्तिहरू सहभागी भएको उक्त वैवाहिक समारोहमा प्रधानमन्त्री सुशील कोइरालाकी जनसम्पर्क सल्लाहकार मृदुला कोइराला, नर्भिक हस्पिटलका डाक्टर भरत रावत, पूर्वप्रधानसेनापति रुकमांगद कटवाल र पूर्वप्रम शेरबहादुर देउवाकी पत्नी आरजु राणा उपस्थित थिए । नेपालबाट प्रतिष्ठित व्यापारीहरू उपेन्द्र महतो, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे, प्रसिद्ध पाण्डे, चण्डी ढकाल, बनवारीलाल मित्तल, पवन गोल्यान, सुहृदराज घिमिरे, रामचन्द्र संघाई, सत्तिस मोर, वसन्त मिश्र, पुनमचन्द अग्रवाल, गजेन्द्रबहादुर श्रेष्ठ, राजेन्द्र अर्याल, पवन मित्तल, मुरलीधरण, अनिल बस्नेत, हेम रावल, भुवनचन्द भट्टलगायत पनि सो वैवाहिक समारोहमा भाग लिन जयपुर पुगेका थिए ।
चौधरी अझै धनी
यसैबीच, विश्वका अर्बपतिहरूको सूचीमा नेपालका उद्योगपति विनोद चौधरी १५९ स्थानमाथि उक्लिएका छन् । अमेरिकी म्यागेजिन फोब्र्सले हिजो सार्वजनिक गरेको सूचीमा चौधरी १३०६औं स्थानमा छन् ।
फोब्र्सका अनुसार चौधरीको सम्पत्ति १ अर्ब ३० करोड डलर अर्थात् १ खर्ब ३० अर्ब रुपियाँ पुगेको छ । यसअघि उनी १४६५औं स्थानमा थिए । त्यसबेला उनको सम्पत्ति १ अर्ब १० करोड डलर थियो । चौधरी फोब्र्सले सार्वजनिक गर्ने विश्वका अर्बपतिहरूको सूचीमा पर्ने एक मात्र नेपाली हुन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply