झलनाथका नाममा सर्प उत्पादन
काठमाडौं । देशका प्रतिष्ठित नेता वा समाजसेवीहरूको मृत्युपश्चात् कुनै प्रतिष्ठान खोलिएको कुरा त सुनिँदै आएको हो । देशका निम्ति योगदान गर्नेहरूका नाममा सम्मानस्वरूप प्रतिष्ठान खोलिनुलाई सकारात्मक रूपमै लिइन्छ । तर, एक जना पूर्वप्रधानमन्त्रीका नाममा भने उनी जीवित छँदै प्रतिष्ठान खडा भएको छ ।
नेकपा (एमाले)का पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको सम्मानमा एउटा फरक किसिमको स्वास्थ्य विज्ञान प्रतिष्ठान खोलिएको छ । एमाले सर्लाहीका नेता रेवती पन्तको अध्यक्षतामा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरिएको हो । गत संविधानसभा निर्वाचनमा सर्लाही क्षेत्र नं. १ बाट उम्मेदवार बनेका एमालेका तत्कालीन अध्यक्ष खनाल निर्वाचनभन्दा केही अघि कांग्रेस छाडेर एमाओवादी बनेर चुनाव लडेका शम्भुलाल श्रेष्ठसँग झिनो मतले पराजित भएका थिए । खनालको नाममा स्थापित प्रतिष्ठान उनले पराजय भोगेको क्षेत्रमा नै राखिने पन्तले बताए । सर्लाहीको परवानीपुरमा प्रतिष्ठान स्थापना गरिने बताउँदै पन्तले भने– ‘दोस्रो संविधानसभाको निर्वाचनमा जेएन कमरेड सर्लाहीबाट चुनाव लड्नुभयो । उहाँले सर्लाहीबाट चुनाव लड्दा स्थानीय जनताले पनि आफ्नो क्षेत्रमा केही विकास हुने अपेक्षा राखेका थिए । जनताको त्यही अपेक्षा पूरा गराउन हामीले यो प्रतिष्ठान स्थापना गरेका हौं ।’
खनालको नाममा स्थापित उक्त प्रतिष्ठानको उद्देश्य अरू नेता वा समाजसेवीहरूका नाममा खोलिएका स्वास्थ्य प्रतिष्ठानभन्दा केही फरक छ । उक्त प्रतिष्ठानले तराईमा समस्याका रूपमा रहेको सर्पको टोकाइबाट पीडित भएकाहरूको उपचारमा प्रयोग हुने एन्टी स्नेक भेनम उत्पादनमा जोड दिनेछ । अहिले तराईका सर्लाही, महोत्तरी र धनुषालगायतका जिल्लामा सर्पको टोकाइबाट बर्सेनि दुई सय जनाभन्दा बढीको मृत्यु हुने गरेको छ । पन्तले भने– ‘अहिले नेपालमा एन्टी स्नेक भेनम भारतबाट आउने गरेको छ । तर, अबको एक दुई वर्षपछि भने एन्टी स्नेक भेनम आउन छाड्छ । र, त्यतिबेला हामी आफैंले उत्पादन गर्नुपर्ने हुन्छ । हामीले उत्पादन गर्न नसक्दा सयौंले ज्यान गुमाउनुपर्छ । त्यसका लागि अब यो प्रतिष्ठानले काम गर्नेछ ।’
उक्त एन्टी स्नेक भेनम उत्पादनका लागि जुन प्रजातिको सर्पको आवश्यकता पर्छ, त्यस प्रजातिको सर्प नेपाल र भारतको सीमित क्षेत्रमा मात्र पाइन्छ । नेपालमा त महोत्तरीको बर्दिवास र सर्लाहीको कालिन्जोर क्षेत्रमा मात्र त्यस्तो प्रजातिको सर्प पाइने गरेको पन्तले बताए । उनका अनुसार, प्रतिष्ठानको कार्यालय रहने परवानीपुरमा नै उक्त प्रजातिको सर्प पालेर एन्टी स्नेक भेनम उत्पादन गरिनेछ । एन्टी स्नेक भेनम उत्पादन गर्न अर्बौं रकम लगानी लाग्ने भएको हुँदा त्यसमा राज्यले नै पहल गर्नुपर्ने बताउँदै पन्तले भने– ‘अहिले त हामीले ठूलो लगानी गरेका छैनौं । तर, यसका लागि ठूलै लगानी चाहिन्छ ।’
उक्त प्रतिष्ठानको उपाध्यक्षमा देवेन्द्र राय, महासचिवमा नवराज भण्डारी, सचिवमा प्रकाश थापा, सहसचिवमा अच्युत खनाल, कोषाध्यक्षमा निरज भण्डारी र सदस्यहरूमा देवेन्द्र गौतम, बेची लुंगेली, रेवती खड्का, शर्मिला प्रधान, विभा नेपाल, जंगबहादुर थापा र भरत थापा छन् । प्रतिष्ठानका सबै पदाधिकारी र सदस्यहरू सर्लाहीकै हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply